स्वास्थ्य

    Showing १-१० of ३,६६७ items.
  • कोरोना भाइरस : कोभिड सङ्क्रमणपछि ‘कम्तीमा पाँच महिना सुरक्षित’

    बीबीसी । एक पटक कोरोनाभाइरसबाट सङ्क्रमित भएको व्यक्ति कम्तीमा अर्को पाँच महिनासम्म सङ्क्रमण हुनबाट बच्ने पब्लिक हेल्थ इङ्गल्यान्डको एउटा अध्ययनले देखाएको छ।वैज्ञानिकहरूले कोरोनाभाइरस सङ्क्रमण हुने सम्भावना कहिल्यै सङ्क्रमण नभएका व्यक्तिको दाँजोमा एक पटक सङ्क्रमित भएका व्यक्तिलाई ८३ प्रतिशतले कम हुने पत्ता लगाएका छन्।तर विज्ञहरूले कोरोनाभाइरसको सङ्क्रमण दोहर्‍याएर हुनसक्ने र अरूलाई सार्न सक्ने सम्भावना रहेको बताएका छन्।नयाँ अध्ययनको नेतृत्व गरेकी प्राध्यापक सुसन हप्किन्सले अध्ययनको नतिजाले निको भएका सङ्क्रमितहरू यसअघि सोचिए भन्दा लामो समय बच्न सक्ने बताइन्।तर उनले यसको अर्थ दोहर्‍याएर हुनै नसक्

    • प्रकाशित मितिः माघ १, २०७७
    • १०४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ' चिसो मौसम छ, प्यारालाइसिस हुन सक्छ है '

        डा. खगेन्द्र ओली शरीरको कुनै एक भाग, हात, खुट्टा, मुख अथवा शरीरको पूरै भाग लाटो, बोधो भएर निदाए जस्तो, झमझमाए जस्तो गरेर हिडडुल गर्न वाचलाउन नसकी कार्य सम्पादनमा सन्तुलन र समन्वय गुमाउनुलाई प्यारालाइसिस भनिन्छ ।यसलाई तराइतिर लकवापनि भनिन्छ । यो समस्या प्रायः ६५ बर्षभन्दा बढी उमेर भएका पुरुष व्यक्तिहरुलाई बढी मात्रामा हुने गर्दछ । करिब २० प्रतिशत मानिसहरुलाई वंशानुगत प्यारालाइसिसपनि हुन सक्छ ।यो समस्याले विश्वमा प्रत्येक सेकेन्ड एक जना मानिसको ज्यान लिने गर्दछ । विश्वमा अपांग(disable)हुने कारणहरु मध्ये प्यारालाईसीस प्रमुख कारण हो । कसरी हुन्छ त प्यारालाइसिस् ?मस्तिष

    • प्रकाशित मितिः पुष २८, २०७७
    • ३२७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पृथ्वी जयन्तीमा धनकुटामा नेपाली सेनाको पद यात्रा

    धनकुटा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाको बरख गण सल्लेरी धनकुटाले साँगुरीगढी देखि धारापानी हँुदै फेदिसम्म सोमवार बृहत पद यात्राको आयोजना गरेको छ ।  नेपालको आन्तरिक पर्यटन र इतिहासलाई प्रबद्र्धन गर्ने कार्य अन्तर्गत एकीकरणका पदमार्गहरु, गढि (यक) हरुको संरक्षण, सम्बद्र्धन गर्ने उद्देश्यले बृहत पद यात्राको आयोजना गरेको बरख गण सल्लेरी धनकुटाका गणपति भगवान थापा मगरले जानकारी दिए । पदयात्राको  सुरुवातमा पुर्वि पृतनापति उपरथि सन्तोष कुमार ढकालले रिबन काटेर उद्धघाटन गरेका थिए । बृहत पदयात्रामा धनकुटा र सुनसरीका गरी दुई सय बढि विभिन्न सरोकारवालाहरु, पर्यट

    • प्रकाशित मितिः पुष २७, २०७७
    • १०२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • झापामा प्रभावहीन हात्तीपाइलेविरुद्धको औषधि

    दमक/ विगत ९ वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सरकारले निःशुल्क वितरण गर्दै आएको छ । सरकारले करोडौं खर्च गरेर हात्तीपाइले रोगविरुद्धको औषधि खुवाए पनि परिणाम भने झापामा सन्तोषजनक देखिएको छैन । झापामा हात्तीपाइले रोगविरुद्धको औषधिको प्रभावकारिता निरन्तर विफल देखिएकाले आम नागरिकलाई औषधि खुवाउने अभियान झापामा सञ्चालन गर्नुपर्ने भएको सरोकारवालाहरूले बताएका छन् । स्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत जीवन चौँलागाईंले नतिजा सन्तोषजनक नआएकाले झापामा अहिले सर्वे सुरु भएको बताए । उनका अनुसार यसको प्रभावकारिताबारे थाहा पाउन गरिने सर्वेमा पहिलो पटक दमक र अर्जुनधारा नगरपालिकामा गरिएको छ । औषध

    • प्रकाशित मितिः पुष २७, २०७७
    • १३२ पटक पढिएको
    • भूमिराज पराजुली
  • मिक्लाजुङ–६ मा वडा स्वास्थ्यचौकी

    मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ६ खाँबेझोडामा वडा स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी वडा स्वास्थ्य चौकीको उद्घाटन गरिएको मिक्लाजुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बुद्धीलाल निरौलाले बताए । वडा स्वास्थ्य चौकी उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राईले नागरिकहरुको सबै भन्दा ठूलो धन भनेकै स्वास्थ्य भएकाले सबैको पहुचमा स्वास्थ्य सेवा पु¥याउन पालिकाको अभियान रहेको बताइन । गाउँपालिका क्षेत्रका नागरिकहरुलाई अत्यावश्यकीय स्वास्थ्य सेवा पु¥याउन गाउँपालिका लागि परेको बताईन । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँ

    • प्रकाशित मितिः पुष २६, २०७७
    • १६७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नि:शुल्क स्वास्थ्य शिविरमा नौसय बढीले सेवा लिए

    भण्टाबारी । सुनसरीको कोशी गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोशी गाउँपालिकाको आयोजना तथा नेपाल मुस्लिम डाक्टर्स एण्ड परामेडिक्स एसोसिएसनको सहकार्यमा शनिबार सो शिविर सम्पन्न भएको हो ।उक्त शिविरमा कोशी गाउँपालिकालगायत क्षेत्रका गरी ९३९ जनाले स्वास्थ्य चेकजाँच गराएको कोशी गाउँपालीका स्वास्थ्य शाखा प्रमुख जमिल अख्तरले जानकारी दिए । निशुल्क स्वास्थ्य परिक्षण शिविरमा बिराटनगरलगायत विभिन्न स्थानबाट आएका विभिन्न रोगका विशेषज्ञहरूले सेवा दिएको उनको भनाइ छ ।वरिष्ठ फिजिसियन डाक्टर सय्यद वकार अहमद , खालिद हुसेन, प्रवेज कोसर, फरमुद अन्सारी, वरिष्ठ सर्जन आमिर अफाक, युरोलोजिष्ट इकबाल अहमद

    • प्रकाशित मितिः पुष २६, २०७७
    • ११४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बीपी गेटका ल्याव सेण्टरको ठगी धन्दा: एडिए परीक्षणमा फरक–फरक शुल्क

    विजयपुर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट अगाडिका ल्याव सेण्टरहरूले एडिए जाँचमा ठगी गरिरहेको पाइएको छ । हरेक ल्यावले फरक–फरक शुल्क लिने गरेका छन् ।वास्तविक शुल्क कति हो भन्ने नै बिरामी तथा बिरामीका आफन्तलाई थाहै हुँदैन । ब्लाष्ट दैनिकलाई प्राप्त कागजातका अनुसार प्रतिष्ठानको गेट अगाडिको बिर्तामोड डाइग्नोष्टिक सेण्टर पोलिक्लिनिकले २ हजार ५ सय र सप्तकोशी डाइग्नोष्टिक सेण्टरले एक हजार ५० रुपैयाँ लिएको पाइएको छ । बीपी प्रतिष्ठानभित्र एडिएको जाँच नहुने भएपछि बाहिरका ल्याव सेण्टरले मनोमानी शुल्क लिने गरेका छन् । जसका कारणले बिरामी तथा बिरामीका आफन्तहरू कति शुल्क तिर्नुपर्ने हो भन्ने अन

    • प्रकाशित मितिः पुष २६, २०७७
    • ५०९ पटक पढिएको
    • खिलानाथ विक
  • डा. चौधरीका चार पुस्तक बिमोचित

    विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजार्नी विभागका प्रमुख डा. पशुपती चौधरीद्वारा लिखित तथा सम्पादित चार पुस्तक शुक्रबार बिमोचन भएका छन् । प्रतिष्ठानको अडिटोरियम हलमा भएको कार्यक्रममा भाषाविद् प्रा.डा. टंक न्यौपानेले पुस्तकहरु विमोचन गरेका हुन् । उनको पहिलो पुस्तक ‘ढाडको दुखाई, समस्या र समाधान’ रहेको छ । त्यो पुस्तकमा ढाड किन दुख्छ ? कति घातक हुन्छ ? उपचारको पद्धती कस्तो हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ? भन्ने जस्ता विषयहरु समेटिएको डा.चौधरीले वताए । अर्को पुस्तक ‘हाडजोर्नी समस्या, समाधान र अन्य समसामयिक विषयमा मेरो विचार’ रहेको छ । यो पुस्तकमा पनि के, क

    • प्रकाशित मितिः पुष २४, २०७७
    • १५६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नयाँ कोरोना देखिएका देशबाट झापा फर्किए चार नागरिक

    दमक/ नयाँ कोरोना देखिएको मुलुक बेलायतबाट झापाका विभिन्न नगर र गाउँपालिकाका एक महिलासहित चारजना नागरिक घर आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको कचनकवल गाउँपालिका र अर्जुनधारा नगरपालिकाका एक महिलासहित चारजना एकसाताअघि मात्रै गाउँ आइपुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कचनकवलका १, अर्जुनधाराका एक महिलासहित दुई र गाउँपालिका नखुलेका एकजना गरी चारजना नेपाल आएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिए । चारैजनालाई उच्च निगरानीमा राखिएको छ । फोकल पर्सन चांैलागाईंका अनुसार चौध दिनसम्म अनिवार्य क्वारेण्टिनमा बस्न भनिएको छ भने लक्षण देखिए तत्काल स्वास्थ्य शाखा

    • प्रकाशित मितिः पुष २४, २०७७
    • ३२१ पटक पढिएको
    • भूमिराज पराजुली
  • वड- वडामा अपाङ्गता स्वास्थ्य शिविर र रेविज खोप

    पथरी शनिश्चरे/ मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशन्सँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुका लागि आजबाट विशेषज्ञ चिकित्सकमार्फत निःशुल्क स्वास्थ्य जाँच शिविर सुरु गरेको छ ।अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम व्यवस्थापन समितिमार्फत वडा वडामा शिविर सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत वुधबार वडा नम्वर १ मा शिविर सम्पन्न भएको छ । शिविरमा निःशुल्क स्वास्थ्य जाँचका साथै अपाङ्गता परिचयपत्र निर्माण तथा नविकरणको काम समेत गरिएको छ । नगर प्रमुख एवम् अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम व्यवस्थापन समितिका संयोजक दिलीपकुमार राईले शिविरको उ

    • प्रकाशित मितिः पुष २३, २०७७
    • १३४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved