धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब वाह्य चिकित्सकको सिफारिसमा पनि प्रयोगशाला तथा रेडियोलोजिकल परीक्षण गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिष्ठानका अनुसार बिरामीहरूले सहज, छरितो र समयमै सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यसअघि अस्पताल सेवा अन्तर्गत मात्र उपलब्ध प्रयोगशाला तथा रेडियोलोजिकल परीक्षण अब अन्य प्रतिष्ठानबाहिरका चिकित्सकहरूले गरेको पे्रस्क्रिप्सनमा पनि ल्याव टेष्ट सुविधा लिन सकिने व्यवस्था गरिएको अस्पताल निर्देशक डा. जगत नारायणले जानकारी दिएका छन् ।

यसका लागि जिओपिडी शाखामा सम्पर्क गरी आवश्यक कागजात लिई बिलिङ गर्न सकिने अस्पताल प्रशासनले जनाएको छ । तर बिमित विपन्न नागरिकहरूका लागि भने यो सुविधा उपलब्ध नभएको अस्पतालले जनाएको छ ।  

यसअघि प्रतिष्ठानको ल्यावमा परीक्षण गराउन प्रतिष्ठानकै चिकित्सकहरूको प्रेस्क्रिप्सन अनिवार्य गरेको थियो ।