धरान । अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको अवसर पारेर रोट्रयाक्ट क्लब अफ धरान घोपाले ‘हेल्थ, हाइजिन एन्ड हेल्प कार्यशाला’ कार्यक्रम सम्पन्न गरेको छ । 

सुनसरीको इटहरीस्थित एसओएस हर्मन ग्माइनर सेकन्डरी स्कूलमा विद्यार्थीहरूलाई स्वास्थ्य, स्वच्छता तथा प्राथमिक उपचार सम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको छ । विद्यालयका करिब ७ सय विद्यार्थी लाभान्वित भए । 

कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई दन्त स्वच्छताको विषयबारे जानकारी दिइयो । ठीक तरिकाले दाँत ब्रस गर्नेबारे जानकारी दिइयो । यस्तै मासिक धर्म स्वच्छताबारे कक्षा ६ देखि १० कक्षासम्मका छात्राहरूलाई जानकारी गराइएको छ । 

यस्तै कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई आपत्‌कालीन अवस्थामा कसरी प्राथमिक उपचार गर्ने भन्ने तालिम पनि दिइएको आयोजकले जनाएको छ । प्राथमिक उपचारका सिप, सावधानी र तत्कालीन कदमहरूबारे व्यवहारिक प्रशिक्षण प्रदान गरिएको जनसम्पर्क अधिकृत सरु राय क्षेत्रीले जानकारी दिइन् । 

कार्यक्रममा क्लबका संयुक्त सचिव विवश पौडेल र कम्युनिटी सर्भिस निर्देशक अनुष्का खड्काको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।