बराहक्षेत्र ।  नेपाली काँग्रेस पार्टीका केन्द्रीय सदस्य तथा सुनसरी निर्वाचन क्षेत्र  नम्बर ४ का सांसद तथा पूर्व मन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीले अन्तर्घात गरेर हैन सहयोग गरे मात्र नेता भइने बताएका छन्  ।


कार्कीले बराहक्षेत्र कार्यसमितिको नगर सम्मेलनलाई सम्बोधन गर्दै एक अर्कालाई  धोखा दिएर नभई आपसी सहयोगको अवस्था रहे बरहक्षेत्रका काँग्रेसमय हुन बताएका हुन् । 

शनिबार चक्रघट्टि स्थित  सूर्य फेमिली पार्टी प्यालेसमा  भएको कार्यक्रममा कार्कीले स्थानीय निर्वाचनमा पार्टीको प्रदर्शन उत्कृष्ट भएको बताएका थिए ।  उनले,जनता सर्वोपरि भएको  भन्दै देश र  जनताको हितलाई सदैव प्राथमिकतामा राखिनु  पर्नेमा जोड दिए ।

सम्मेलनमा पार्टी कार्यकर्ताले  उठाएको प्रश्नहरूको उत्तर दिँदै  कार्कीले धार्मिक पर्यटकीय बराहक्षेत्रलाई स्मार्ट सिटी बनाउने आफ्नो पहल सधैँ रहने बताए  । कार्यक्रममा नगरप्रमुख तथा बराहक्षेत्र नेपाली काँग्रेस सभापति रमेश कार्कीले पार्टीको राजनैतिक र सचिव हरिकृष्ण भट्टराईले साङ्गठनिक  प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रतिवेदन प्रस्तुत गर्दै नगर सभापति रमेश कार्कीले   एमालेको किल्लाको रुपमा रहेको बराहक्षेत्रको  स्थानीय निर्वाचनमा ८ वटा वडा अध्यक्ष  र मेयर पद जित्नु काँग्रेसको सफलता भएको भन्दै नगरमा पार्टी राजनीति र संस्थागत बलियो रहेको बताए ।