धरान । फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार सम्पन्न ‘एसईई आइडल’ को पाँचौँ संस्करणको फाइनलमा सिङ्गिङ, डान्सिङ र वक्तृत्वकलामा क्रमशः खिना राना मगर, रोहन दर्नाल र मिसु प्रधान च्याम्पिनय बनेका छन् ।
धरानमा भएको प्रतियोगितामा विजेताहरूले नगदसहित कक्षा ११ र १२ सम्म निःशुल्क छात्रवृत्ति, सिक्किम वा मुस्ताङ भ्रमण र बारिस्टा तालिमको अवसर पाएका छन् । सिङ्गिङ र डान्सिङतर्फका विजेताहरूले जनही नगद ५० हजार रुपैयाँ प्राप्त गर्दा वक्तृत्वकलातर्फका विजेताले नगद ६० हजार रुपैयाँ पाए । २०७५ सालबाट एसईई सिङ्गिङ आइडलबाट सुरु भएको प्रतियोगितामा हरेक वर्ष नयाँ नयाँ विधाहरू थप्दै लगेको छ ।
एफटीएल अनलाइन टिभीको प्रस्तुति रहेको प्रतियोगितामा सिङ्गिङतर्फ फस्ट रनर अप रिजु लिम्बू, सेकेन्ड रनर अप अल्बिन श्रेष्ठ र थर्ड रनर अप निम्तेङ्गी तामाङ भएका छन् । उनीहरूले क्रमशः ३० हजार, २० हजार, र १० हजार रुपैयाँसहित विभिन्न उपहारहरू प्राप्त गरेको इभेन्ट म्यानेजर रामबहादुर लिम्बूले जानकारी दिए । यस्तै डान्सिङतर्फ फस्ट रनरअप, सेकेन्ड रनर अप र थर्ड रनर अप क्रमशः खड्गराज पाण्डे, करन थापा र सिखुम लिम्बू घोषित हुँदै नगद ३०, २० र १० हजा रुपैयाँसहित उपहारहरू प्राप्त गरेका छन् ।
यस्तै वक्तृत्वकलातर्फ भने फस्ट रनर अप युना दाहाल, सेकेन्ड रनर अप सलिना राई र थर्ड रनरअप सन्ध्या राई घोषित हुँदै नगद ३०, २० र १० हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरेका छन् । उनीहरूलाई पनि कलेजले कक्षा ११ र १२ सम्म अध्ययन गर्दा ७० प्रतिशतसम्मको छुटमा छात्रवृत्ति प्रदान गरिएको छ । फाइनलमा छानिएका अन्तिम १० जना प्रतिस्पर्धीहरूले ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने प्रा.लि.का अध्यक्ष डम्बरकुमार तुम्बापोले बताए ।
यस्तै प्रतियोगितामा पब्लिक चोइस अवार्डमा डान्सतर्फ सिकुम लिम्बू, सिङ्गिङमा रिजु लिम्बू र वक्तृत्वकलामा सिखा न्यौपानेले जितेका छन् । उनीहरूले जनही नगद ७ हजार रुपैयाँसहित उपहार प्राप्त गरे । एसईई आइडलको उद्घाटन कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले गरेका थिए ।
प्रतियोगितामा विजेताहरूलाई गायिका मेलिना राई, गायक विकास तुम्बापो, प्रा.लि.का अध्यक्ष डम्बरकुमार तुम्बापो, इभेन्ट म्यानेजर राबहादुर लिम्बू, युएन कलेजका होटल मेनेजमेन्टतर्फका संयोजक गगनमान श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । त्यसक्रममा गायिका मेलिना राई र गायक विकास तुम्बापोले प्रस्तुति दिएका थिए ।