धरान / यति बेला प्रदेशहरु राजधानी र प्रदेशको नामबारे चर्चा चलिरहेको छ । सरकारले विराटनगरलाई अस्थायी राजधानी तोकेर काम भईरहेको छ । विशेष गरेर धनकुटा, धरान, इटहरी र विराटनगरले स्थायी राजधानी माग्दै आएका छन् ।
यता धरानले प्रदेशको स्थायी राजधानी मागिरहेको बेला प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले भने धरानलाई खेलकुदको राजधानी बनाउने उद्घोष गरेका छन् । प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै प्रदेश १ खेलकुदको राजधानी बनाउने कुरा हिजो धरानमा भएको बुढा सुब्बा फुटवलको समापन गदैं बताएका हुन ।

धरान फुटवलको सहर, खेलकाे राजधानी
उनले भने –‘धरानलाई हामी खेलकुदको राजधनी बनाउदैं छौ । धरान फुटवलको सहर पनि हो । त्यसो भएकाले मुख्यमन्त्रि फुटवल प्रतियोगिता समेत धरान मै गर्ने प्रदेश सरकारले निर्णय गरि सकेको छ ।’
उनले प्रदेश सरकारको राजधानी धरान नभएर खेलकुदको राजधानी बनाउनका लागि एन्फासँग २ करोड बजेटको सम्झौता भइसकेको जानकारी दिए । मुख्यमन्त्री राईले अर्को बर्ष मुख्यमन्त्री लिग सञ्चालन हुने बताए ।‘धरान फुटबलको राजधानी हो, धरानको फुटबल र प्रदेशकै फुटबलको विकासमा एन्फासँग सहकार्य भइसकेको उनको भनाई छ ।

धरान फुटवल क्लवको ज्ञापन पत्र

धरान फुटबल क्लबका अध्यक्ष किसोर राईले धरान खेलकुदको सहर भएर पनि पूर्वाधारको अभाव बर्षौ देखि झेलिरहन परेको गुनासो गरे । निर्माणाधिन रंगशाला पुरा गर्न आवश्यक बजेट विनियोजन गर्न क्लवले लिखित माग गरेको छ । प्रदेश सरकारसँग रातको समयमा पनि प्रतियोगिता गर्न सकिने गरी नाइट भिजन फ्उड लाइटसहित बाँकी प्याराफिटको लागि बनाउने गरि बजेट व्यवस्थापनका लागि आग्रहसमेत गरे । क्लवका अध्यक्ष राईले २०७६ सालको राष्ट्रिय लिग धरानको पनि उपस्थिति हुने जानकारी दिए । त्यसका लागि प्रदेश सरकारले उचित बजेट व्यावस्थापन गरिदिन पनि माग गरेका छन् ।