पृष्ठभूमिः 

युगको प्रवाहमा नेपालमा लिच्छवीकालदेखि मल्लकाल हुँदै वर्तमान अवस्थासम्म चल्दै आएको मङ्सिर शुक्ल पूर्णिमा अर्थात् नेपाल संवत्को दोस्रो महिनामा पर्ने थिंलाथ्वः पुन्हि हो । यसलाई धान्य पूर्णिमा वा नेपाल भाषामा यःमह्रीपुन्हि पनि भनिन्छ । यो समय नयाँ बाली भिœयाएर भकारीमा अन्न राखेको बेला हुनाले नेवारहरू यसदिन धानको भकारीमा पूजा गर्छन् । धानको भकारीमा पूजा गर्ने हुनाले यसलाई धान्य पूर्णिमा भनिन्छ ।

नेवार संस्कृति समाजमा धान्य पूर्णिमाको दिन यःमह्रीपुिन्हको विशेष महŒव छ । धन सम्पत्ति वृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा यःमह्री पुन्हिका दिन सबैले यःमह्रीसहित विभिन्न देवीदेवताको पूजा गरी दान गर्ने गरिन्छ । नयाँ घर बनाउँदा होस् वा मन्दिर बनाउँदा र मन्दिरमा नयाँ पताका चढाउँदा घर र मन्दिरको धुरीबाट पूजा गरेर यःमह्री खसाल्ने चलन छ । नेवार समाजमा यःमह्रीको सांस्कृतिक एवम् धार्मिक तथा वैज्ञानिक महŒव रहेको पाइन्छ । यःमह्री पुन्हिका दिन विभिन्न मठमन्दिरहरूमा मेला लाग्ने गर्दछ । 

नेपाल संवत् ११४६ थिलाथ्वः (पूर्णिमा) अर्थात् यस वर्ष तिथिअनुसार आज २०८२ मङ्सिर १८ गते बिहीबार परेको छ । यस दिन चन्द्रमासको हिसाबले सबैभन्दा लामो रात र सबैभन्दा छोटो दिन हुने दिन हो । यो दिन परम्परादेखि किरात जनजातिहरूबाट उँधौली साकेलाको नामबाट पर्व मनाउने गर्दछन् । यस दिन यसरी नै पहाडी क्षेत्रका नेवार कृषकहरू आप्mना गोठ, घर वरपर सरसफाइ गरी गोठ रक्षक देवता गैंडुको पूजा गर्दछन् । त्यसैले मङ्सिर शुक्ल पूर्णिमालाई गैंडु पूर्णिमा पनि भन्दछन् ।

नेवार संस्कृतिमा यःमरीको विशेष महत्व

नेपाल संवत्को हेमन्त ऋतुमा पर्ने दोस्रो पूर्णिमा धान्यपूर्णिमा नेवार जातिको महŒवपूर्ण मौलिक, सांस्कृतिक विशेष पर्व हो । नेपालका विभिन्न स्थानमा बसोबास गर्ने नेवार जातिले मङ्सिर महिनाको धान्य पूर्णिमालाई यःमह्री पुन्हि भनेर विशेषरूपले मनाउने गर्दछन् । यस पर्वमा नेवारहरू असारमा रोपेको र मङ्सिर महिनामा भिœयाइएको नयाँ धानको चामलबाट बनेको पिठोलाई तिल, चाकु, सख्खर आदि राखी बनाइएको यःमह्री (अञ्जीर आकारको गुलियो चुच्चे रोटी) धनसम्पत्तिका प्रतीक देवीदेवता कुवेर, गणेश, लक्ष्मी अन्नपूर्ण र वसुन्धराको पिठोको मूर्ति र बिमिरोलाई विधिपूर्वक स्थापना गरी बनाई अन्न राख्ने देवरूपी भकारी वा ढिकुटीमा राखी पूजा गर्छन् र चौथोदिनमा पूजा विसर्जन गरी प्रसाद बाँडी खाने गर्दछन् । 

यःमह्री ज्ञानको प्रतीक भएकोले पूर्णिमाको दिन पुस्तक वा पाटीलाई पूजा गर्दछन् । पुस्तक वा पाटी भनेको विद्याको देवी सरस्वतीको प्रतीक हो । पाटीको अर्थ नजान्नेहरूलाई ज्ञानगुण प्रदान गर्दछन् । त्यसैले धान्यपूर्णिमाको दिनमा पूजा गरेर ज्ञान आर्जन गर्दछन् । नेवारहरूको यो यःमह्री परिकार अन्य चाडपर्व, संस्कार–संस्कृतिमा व्यापकरूपले गरिन्छ । बप्mयाएर पकाइने स्वास्थ्यवर्धक र मिठास हुनाले हिजो आज यो व्यापारिक प्रयोजनमा पनि लोकप्रिय हुँदै गएको छ । नेवारहरूको कुनै पनि काम व्यवस्थित ढङ्गले गर्ने परम्परा रहिआएको छ । 

धरानमा तीनदिने यःमह्री सांस्कृतिक उत्सव

नेवार समुदायको मौलिक, सांस्कृतिक चाड यःमह्री पुन्हि धान्य पूर्णिमाको अवसरमा यःमह्री उत्सव धरानमा पहिलो पटक नेवाःराष्ट्रिय मुक्ति मोर्चा धरान नगर कमिटीको आयोजनामा तीनदिनसम्म सिंहदेवी मन्दिर परिसर शारदा वालिका माध्यमिक विद्यालयको पुरानो भवनको प्राङ्गणमा वि.सं.२०६५ मङ्सिर २७ देखि तीन दिनसम्म भव्यरूपले भएको थियो । 

यसरी नै क्रमशः नेवाःदेय् दबू नगर कमिटी र नेवाःल्यायम्हः पुचःबाट धरानका विभिन्न स्थानमा हरेक वर्ष आयोजना हुँदै वि.सं.२०७७ देखि धरान–३ स्थित पासा खलः र सह–आयोजक टोल विकास संस्था (टि.एल.ओ.) को आयोजनामा चन्द्रपुर बजार स्थित शङ्खधर मार्ग र डबली क्षेत्र परिसरमा तीनदिने यःमह्री सांस्कृतिक उत्सव हुँदै आइरहेको छ । हरेक चाडपर्व एवम् सांस्कृतिक परम्पराहरू देशका राष्ट्रिय पहिचान हुन् । यस्ता कुराहरूको अन्त्य हुनु भनेको राष्ट्रिय पहिचान गुम्नु हो । राष्ट्रिय पहिचानको जगेर्नाको लागि पनि चाडपर्व उत्सव, महोत्सव एवम् सांस्कृतिक परम्पराको प्रवद्र्धन र सम्बद्र्धन गर्नु हाम्रो नैतिक दायित्व हो । 

यःमह्री पुन्हिबारे पौराणिक लोककथा

प्राचीनकालमा पाञ्चाल हाल (पनौती) देशको कुनै एउटा गाउँमा नेवार जातिका सुचन्द्र नाम गरेका धर्मात्मा दम्पती व्यापार कर्म गरी बस्थे । दुवै पति–पत्नी गरिबहरूप्रति अति नै दयालु थिए । यो जोडी गरिबहरूप्रति कत्तिको दयालु रहेछ भनी बुभ्mन धनका देवता कुवेर गरिब दुःखीको ब्राह्मण भेष धारण गरी सुचन्द्रको घरमा माग्न गए । दुःखी गरिबरूपी कुवेरलाई साँच्चिकै गरिब ठानी सुचन्द्रकी जहानले डाकेर आप्mनो घरको तलामाथि लगी नयाँ लुगा धोती फेराइदिएर मीठो व्यञ्जन परिकार भोजन खुवाएर मान मर्यादा गरे । गरिबको भेष धारण गरेका कुवेर प्रसन्न भएर आपूmलाई सेवा गर्ने सुचन्द्रकी जहानलाई ज्ञानगुनका शिक्षासहित तःसि (बिमिरो), तिलको धुलो र गुलियो पदार्थ दिएर कुवेर अन्तरध्यान भएछन् । 

केही समयपछि गरिबरूपी कुवेरले दिएको ज्ञानगुनका सबैकुरा आप्mना श्रीमान् सुचन्द्रलाई वृतान्त सुनाइन् । त्यसपछि धान्य पूर्णिमाको दिन दुवै जोडी मिली तिल र सख्खरको झोल यःमह्रीभित्र राखेर पिठोको कुवेरको मूर्ति बनाई बप्mयाएर कुवेरले दिएको बिमिरो र यःमह्री सबै अन्नको भकारीभित्र राखेर चारदिनसम्म पूजा गरेर त्यसै राखी छोडे । यःमह्री आपूmले पनि खाए र अरूलाई पनि बाँडिदिए । जति बाँडे पनि, जति दान गरे पनि उत्तिकै अभिवृद्धि भएर आयो । कुवेरको मूर्ति भएको यःमह्री र बिमिरो राखेर पूजा गरेको भकारीबाट जतिसुकै धान निकाले पनि अलिकति पनि नघटी जतिको त्यति नै भइरह्यो । त्यसै बेलादेखि कुवेरको मूर्ति यःमह्री बनाएर ढिकुटी, धान भकारी आदिमा पूजा गरेर आपूmले पनि खाए र अरूलाई पनि बाँडिदिए । यसरी कुवेरको आराधना र पूजा गरेको प्रभावले सुचन्द्रको घरमा धन सम्पत्तिको वृद्धि हुन गई दैनिक आम्दानीमा बढोत्तरी हुन गयो । त्यसैबेलादेखि धान्य पूिर्णमाको दिन यःमह्रीको प्रचलन लिच्छवीकाल, मल्लकालदेखि वर्तमान अवस्थासम्म चल्दै आएको परम्परा बनेको हो भन्ने भनाइ रहेको छ । 

(लेखक कर्माचार्य नेवाः सांस्कृतिक खोज तथा अन्वेषक हुन् ।)