धरान । एनसेलको एप्स एक करोडभन्दा बढी ग्राहकहरूले डाउनलोड गरेको अवसरमा दश दिने उत्सव कार्यक्रम घोषणा गरेको छ । 

दश दिने कार्यक्रममा हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी अल टाइम डेटा पाउन सक्ने जनाएको छ । पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने ग्राहकहरू वा एपमार्फत् कुनै न कुनै प्याक खरिद गर्ने ग्राहकहरू १० जीबी डेटा जित्न योग्य हुने जनाएको छ । 

“एनसेल एपमार्फत् १ करोडभन्दा बढी ग्राहकहरू हामीसँग जोडिनुभएकोमा हामी अत्यन्त खुसी छौँ । हामीप्रति ग्राहकहरूले देखाउनुभएको विश्वासका लागि हामी हृदयदेखि आभारी छौँ”–एनसेलका चिफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिवन रोड्रिगेजले भने । एनसेल एप सहज प्रयोग, क्विक नेभिगेसन र ग्राहक अनुभव उत्कृष्ट बनाउने किसिमले डिजाइन गरिएको कम्पनीले जनाएको छ ।