युक्रेनको बन्दरगाह शहर ओडेसको आवासीय क्षेत्रमा आज बिहान रूसी सेनाले गरेको क्षेप्यास्त्र आक्रमणमा परी दुईजना बालबालिकासहित १८ जना मारिएका छन् । रूसी क्षेप्यास्त्रको निशानामा आवासीय बहुतले भवन र मनोरञ्जन क्षेत्र परेका युक्रेनी अधिकारीहरूले बताएका छन् । आक्रमणमा परी ३० जना घाइते भएका छन् । आक्रणको दृश्यमा जलेका भवनका अवशेष देखिएको छ । युक्रेनी सेनाले आक्रमणकारीहरूलाई भगाएको दाबी गरेको छ । युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा युरोपेली देशमा इन्धन आपूर्ति प्रभावित भएको छ भने खाद्य सङ्कटको चुनौती थपिएको छ । गत सोमबार किएभस्थित किनमेल घरमा भएको भ
जापानमा गर्मी बढ्दो रुपमा रहेको पाइएको छ । यहाँका अधिकारीहरुका अनुसार यहाँ प्रत्येक दिनजसो बढी भन्दा बढी मात्रामा गर्मी बढिरहेको पाइएको छ । अधिकारीहरुले यहाँको गर्मी इतिहासमै सबैभन्दा धेरै रेकर्ड भएको पाइएको बताएका छन् । उनीहरुका अनुसार यहाँको तातो हावा र गर्मीका कारण उर्जा आपूर्तिको प्रणालीमा पनि असर गर्न सक्ने देखिएको छ । बढी तातोका कारण यस्तो हुन सक्ने भन्दै सर्वसाधारणमा सूचना जारी गरिएको छ । विशेषगरी जापानको राजधानी टोकियोमा पनि गर्मीको असर देखिएको छ । यहाँको तापक्रम आइतबार ३४ डिग्री सेल्सियसमा रहेको थियो भने आज सोमबार थप एक बढेर ३५ डिग्री सेल्सियस पुगेको बताइएको छ । यो तापक्रम आगामी केही
भ्रष्टाचारको आरोपमा राजधानी नेपिटोमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई एकान्त कारावासमा सारिएको छ । आपराधिक कानून बमोजिम उनलाई बुधबारदेखि एकान्त कारागारमा राखिएको सैनिक सरकारका प्रवक्ता जाव मिन तुनले बताएका हुन् । सेनाले रक्तपातविहीन विप्लवबाट सत्ता हत्याएपछि सन् २०२१ को फेब्रुवरीयता सुचीलाई सैनिक सरकारले घरमै नजरबन्दमा राखेको थियो भने पछि नेपिटोको कारागारमा बन्दी बनाएको थियो । लोकतन्त्रका निम्ति गरेको अनवरत सङ्घर्षका निम्ति नोबेल शान्ति पुरस्कार पाएकी ७६ वर्षीया सुचीमाथि सैनिक सरकारले मदतानमा धाँधली गरेको, वाकीटकी रेडियो सेट घरमा राखेको र
अमेरिकी सासंदहरूले बन्दुक नियन्त्रणसम्बन्धी ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका छन् । सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका नरसंहारका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन् । बफेलो, न्यूयोर्क र टेक्सासमा हालै भएका गोली काण्डमा ३१ जना स्कूले बालबालिका मारिएका थिए । मानसिक स्वास्थ्य एवम् विद्यालय सुरक्षा विधेयकले कानुनको पालना गर्ने बन्दुक मालिकहरूमाथि कुनै अङ्कुस नलगाएको तर अविवेकीरूपमा बन्दुक चलाउन सक्ने ठानिएका व्यक्तिहरूबाट बन्दुक फिर्ता लिने व्यवस्था गरेको छ । नयाँ विधेयकले मानसिक स्वास्थ्य कोषमा अर्बौँ डलर उपलब्ध
तेहरानको बाहिरी इलाकामा जन्मदिनको भोज आयोजना गरिएको एक रेस्टुरेन्टमा भएको आगलागीमा परी आठ जनाको मृत्यु भएको छ । धुवाँबाट निसास्सिएर चार बालबालिकासहित आठ जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले बुधबार जानकारी दिएको हो । राजधानीको पश्चिममा रहेको एन्डिसेह सहरमा मंगलबार साँझ आगलागी भएको सरकारी समाचार संस्था इर्नाले जनाएको छ । सात जनाको घटनास्थलमा र एक तीन वर्षीय बालकको अस्पतालमा मृत्यु भएको तेहरान प्रान्त रेड क्रिसेन्टका अधिकारी शाहिन फाथीले समाचार इर्नालाई बताएका छन् ।
श्रीलङ्कामा आगामी महिना करिब आठ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । यस बर्षको आगामी महिना छिमेकी तथा अन्य विभिन्न मुलुकहरुबाट ती पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ काम भइरहेको अधिकारीहरुले जनाएका छन् । श्रीलङ्का पर्यटन विकास प्राधिकरणले आर्थिक सङ्कट न्युनिकरणको महत्वपूर्ण उपायको रुपमा पर्यटनलाई लिइएको जनाएको छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँग मङ्गलबार भएको बैठकमा प्राधिकरणका अधिकारीहरुले ती पर्यटकहरुबाट ८० करोड डलर स्वदेश आउने अनुमान गरिएको जानकारी दिएका छन् ।बैठकमा जाफ्ना विमानस्थललाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा समेत सहभागीहरुले जोड दिएका छन् । प्रधानमन्त्री विक
कोलम्बियाको सेनाले पूर्व छापामार समूहको असन्तुष्ट गुट, कोलम्बियाको रिभोलुसनरी आर्म्ड फोर्सेस अफ कोलम्बिया (फार्क)का नेताको हत्या गरेको राष्ट्रपति इभान डुकले सोमबार बताएका छन् । काकाको दक्षिणपश्चिम विभागको ग्रामीण इलाकाको एउटा घरमा अन्य विद्रोहीहरूसँग आफ्नो जन्मदिन मनाइरहँदा, लेइडर जोहानी नोस्क्यु बोटोटो, उर्फ ‘मेइम्बु’ सैन्य गुप्तचरले भेटेका थिए । उनको दाहिने हातमा भएको नामको ट्याटुले पहिचान गरेको डुकले राजधानी बोगोटाको सरकारी मुख्यालयमा भनेका छन् । ‘मेइम्ब अत्यधिक ‘खतरनाक’ मानिन्थ्यो र उनको टाउको मूल्य दुई लाख ५० हजार अमेरिकी डलर सम्मको इनाम थियो । ‘यो निस्सन्देह फार्क असन्तुष
श्रीलङ्काको कुल जनसङ्ख्याको २२ प्रतिशत वा ४.९ करोड मानिसहरूलाई अहिले खाद्यान्न सहायताको आवश्यक रहेकोे संयुक्त राष्ट्र संघीय एक उच्च अधिकारीले शुक्रबार बताएका छन्।संयुक्त राष्ट्र संघीय आवासीय संयोजक हाना सिंगर–हम्डीले श्रीलङ्कामा हालको खाद्य सुरक्षा स्थितिमा दबाब दिन विभिन्न कारकहरू अन्तरक्रिया गरिरहेका बताए। “हामीले कम आय भएका परिवारहरू सबैभन्दा बढी प्रभावित भएको र कठिन परिस्थितसँग सामना गर्ने रणनीतिहरू अपनाएको पनि देखेका छौं,” सिंगर–ह्यामडीले डेली मिरर पत्रिकासँगको एक अन्तरवार्तामा भने ।रासायनिक मलको अभावका कारण सन् २०२१÷२०२२ मा धान बालीमा ४० देखि ५० प्रतिशतसम्म कमी आएको उनले बताइन् । सं
चीनले होनियारामा सैन्य आधार निर्माण गर्ने आफ्नो कुनै मनसाय नभएको दाबी गरे पनि गोप्य कागजातले सोलोमनमा आफ्नो सैन्य उपस्थितिलाई बलियो बनाउने चीनको मनसायको पर्दाफास गर्दै उल्टो चित्र चित्रण गरेको दाबी गरिएको छ ।हालै लिक भएको गोप्य दस्तावेजले सो कुरा पुष्टि गरेको छ जुन चिनियाँ विदेश मामिला मन्त्री वाङ यीले दक्षिण प्रशान्त महासागरका आठ देशको भ्रमण गरेपछि बाहिर आएको हो ।चिनियाँ विदेशमन्त्रीले दुई देशबीचको सम्झौताको उद्देश्य सोलोमन टापुलाई आफ्नो प्रहरी बलको कानून कार्यान्वयन गर्ने क्षमताको स्तरवृद्धि गर्न मद्दत गर्नु रहेको बताएका छन्।यसबाहेक, वाङले भने यो सम्झौताले "सोलोमन टापुहरूलाई यसको प्रहर
बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । अझै पनि मृतकको संङ्ख्या बढ्न सक्ने एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् । चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति करिब ९ः३० बजे आगलागी भएको थियो । आगलागीमा परेर २५ जनाको ज्यान गइसकेको प्रहरी अधिकारीहरुले पुष्टि गरेका छन् । चटगाँउ जिल्लाका प्रहरी प्रमुख मोहमद मोमिनुर रहमानले शनिबार राति आगो लागेको र त्यस भीषण आगलागीमा पाँच अग्निनियन्त्रकसहित
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved