श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर १७ गते बुधबार, ३ डिसेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। मार्गशीर्ष शुक्लपक्षको त्रयोदशी  तिथि १२ः३९ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र भरणी ०६ः११ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्योदय ०६ः३८ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

विशेष अवसरले प्रसन्नता दिलाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुनसक्छ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

केही पाउन केही वस्तु त्याग्नुपर्ला। भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दोहो¥याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत् धन जुट्नेछ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

खर्च बढ्नेछ भने काममा आलश्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

विभिन्न भौतिक साधन जुट्नेछन् । फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ।पछिका लागि सम्भावना खोजी गर्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।