धरान / धरान उपमहानगरपालिका भित्र खानेपानीको चरम अभाव भए पछि उपमाहानगरले खानेपानी संस्थान र शहरी खानेपानी आयोजना(आइयुडिपी)सँग सहकार्य गरेर पानी नपुका क्षेत्रमा पु¥याउन निर्देशन दिएको छ ।
आइतबार कार्यपालिकाको बैठकबसी पानीको अभाव भएको क्षेत्रमा पानी पु¥याउन पहल गर्ने निर्णय गरेको हो । धरानमा पानी अभाव भई उपभोक्ताहरुले आक्रोस व्यक्त गर्न थाले पछि नगर कार्यपालिकाले बैठक बसी खानेपानी बोर्ड र खानेपानी संस्थासँग समन्वय गरेर तत्काल पानीको आपूर्ति सहज बनाउने निर्णय गरेको हो । सोही निर्णय अनुसार आइतबार आकस्मिकरुपमा खानेपानी बोर्ड, खानेपानी आयोजनाको परामर्शदातालगायतसँग बसेको बैठकले २५ लाख लिटर पानी सुम्निमा सिस्टममा दिने निर्णय भएको धरान उपममहानगरपालिकाकी कार्यबहाक मेयर मञ्जु भण्डारीले जानकारी दिइन ।
सन् २०१७ मै धरानमा खानेपानी समस्या समाधान गर्ने गरि एडिविको ऋण अनुदान सहयोगमा खानेपानी योजना संचालन भए पनि विवादका कारण सम्पन्न हुन सकेको छैन् । केही नयाँ पाइपलाइन विस्तार भएको क्षेत्रमा पनि सहज आपूर्ति गराउने पनि निर्णय गरि सोमबारदेखि थप पानी वितरण शुरु भएको मेयर सुवेदीले बताइन ।
आइयुडिपीले डिजाइन वमोजिम पानी उत्पादन गरेको छ । तर खानेपानी संस्थानसँगको पाइपलाइनसँग इन्टरकनेक्सन गर्न नपाउदा खानेपानी आयोजनाले उत्पादन गरेको पानी वितरण गर्न सकेको छैन् । विजयपुर क्षेत्रमा ट्याङ्की निर्माणमा विवादका कारण रोकिएको छ ।
सुख्खायममा खानेपानीको चर्को समस्या खेप्दै धरान उपमहानगरमा खानेपानी संस्थान शाखा धरान अन्तर्गतको चाकोशे जंगलमा दुईवटा पम्प विग्रिए पछि थप समस्या भएको थियो । संस्थानका शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार होली पर्वअघि नै जंगलको २ वटा पम्प बिग्रिएको थियो । भारतबाट समान ल्याएर मर्मत गर्नु पर्ने भएकाले तत्काल बन्न सकेको थिएन । गत पुष महिनादेखि नै संस्थानले धरान क्षेत्रलाई २ भागमा विभाजन गरेर दिन बिराएर मात्र पानी वितरण गर्दै आइरहेको थियो । तर पम्प विक्रिए उपभोक्ताहरुको घरमा दिन बिराएर पनि धारामा पानी पुगेको थिएन । पािनी खान नपाए पछि धरान जनता आक्रोसित हुदैं आएका छन् ।
३÷४ दिनभित्र पम्प मर्मत भए पछि पहिलैकै अवस्थामा उपभोक्ताको घरमा पानी पुग्ने प्रमुख श्रेष्ठले बताए । तर धरानमा संस्थानले आवश्यकता अनुसार पानी उत्पादन गर्न सकेको छैन् । श्रेष्ठका अनुसार धरानमा दैनिक ३ करोड २० लाख लिटर बढी पानीको माग छ । तर, संस्थानले जंगलबाट ७० लाख लिटर, सुख्खा याममा सर्दु र खर्दु स्रोतबाट ४५ लाख लिटर हाराहारी पानी आपूर्ति हुदैं आएको थियो । दुई वटा पम्प विक्रिए पछि ७० लाख लिटर दैनिक थप अपुग हुदै. आएको थियो ।
संस्था थप समस्यामा परे पछि चैत ६ गते आइयुडिपीलाई पानी दिन पत्राचार गरेको श्रेष्ठले बताए । सोही अनुरोध अनुसार चैत ९ गतेदेखि दैनिक १० लाख लिटर पानी संस्थानको सुम्निामा सिस्टममा उपलब्ध गराएको थियो । उक्त पानीले पनि उपभोक्तालाई नपुगे पछि आजदेखि थप दैनिक २५ लाख लिटर पानी संस्थानको ट्याङ्कीमा उपलब्द गराएको आयोजनाका परामर्शदाता अनिल नेपालले जानकारी दिए ।
आयोजनाको पानी सन् २०१७ मै धरानमा पु¥याउने गरि परियोजना संचालन गरे पनि सन् २०१९ मा पनि उपभोक्तामा पानीको चरम अभाव कायम रहेको भन्दै उपभोक्ताहरुले पानी देउ दवाव समुह बनाएर पानी हालसम्म वितरण गर्न नसक्नुको जवफm माग्दै समुहले पर्चा वितरण अभियान शुरु गरेको छ । उनीहरुले आयोजनाको उद्देश्य अनुरुप तत्काल पानी वितरण गर्न समेत माग गरेका छन् ।
संस्थान र आइयुडिपी विचको द्वन्द्वले धरानमा उपभोक्ताले विगत लामो सयमदेखि प्रयाप्त खानेपानी उपभोग गर्न पाएका छैन् ।