धरान / एसियाली बिकास बैकको मिसन टोलिले धरान १४ स्थित विजयपुर दरबार क्षेत्रमा रिजर्भ ट्यांकी बनाउने बिषयमा उत्पन्न समस्यालाई समाधान गर्न पहल थालेको छ ।

धरानमा सञ्चालित एकिकृत शहरि बिकास आयोजना अन्र्तगतको खानेपानी आयोजना को बाकी रहेको कार्य सम्पन्न गर्ने बिषयमा पहल सुरु भएको छ ।टोलिका मिसन प्रमुख लक्ष्मी शर्मा सहितको टोलिले बुधबार धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बालाई भेटि आयोजनको बारेमा जानकारी लिएका थिए ।

भेटमा मेयर सुब्बाले खानेपानी आयोजना सम्पन्न गर्न केही प्राबिधीक समस्या आएको बतएका थिए । उनले धरान १४ स्थित विजयपुर क्षेत्रको रिजर्भ ट्याङकी निर्माणमा आएको समस्या सबैको सहमतीमा टुङग्याएर समाधान खोज्दै आयोजनाको कार्य अगाडि बढाउनु पर्ने बताएका थिए ।

मिसन टोलिले धरान १४को दरबार क्षेत्रमा खानेपानीको रिजर्भ ट्याङकी निर्माणका बिषयमा असन्तुष्ट आदिवासी जनजातीहरुका सम्बद्ध संस्थाका वार्ता समितीका प्रतिनिधीसँगपनि छलफल गरेको थियो ।छलफलमा सहभागि आदिवासी जनजाती संम्बद्ध प्रतिनिधीले खानेपानी आयोजनालाई अबरोध गर्ने आफुहरुको उदेश्य नभएको बताए ।

उनीहरुले आदिबासी जनजातीहरुको ऐतिहासिक संस्कृतीक स्थलको संम्रक्षण र बिकास गर्नु पर्ने र आइएलओ १६९ ले दिएको अधिकार माग गरिएको बताए । छलफलमा बोल्दै बार्ताटोली सदस्य कमल तिगेलाले आफुहरुले एडिवीको आयोजनाको अवरोध नगरेको तर आफुहरुको संस्कृतीक स्थलको संम्रक्षणको माग गरेको बताए ।

उनले खानेपानी आयोजनालाई अगाडि बढाउन आफुहरु तयार रहेको तर आफुहरुको संस्कृतीक केन्द्रको संम्रक्षण र सुरक्षा हुनु पर्ने बताए । आयोजना सञ्चालन गर्ने क्रममा आदीबासी जनजाती सँग सम्बन्धित कुनैपनि पक्षसँग कुनै औपचारीक छलफल र सहमती नभएकोमा आफुहरुको अपत्ति रहेको बताएका थिए ।

उनले धरानको खानेपानी समस्या समाधानकालागि आफुहरु सहयोग गर्न तयार रहेको तर दरबार क्षेत्रमा खानेपानी ट्याङकी बनाउने बिषयमा दुबै पक्षका प्राबिधिकहरुले अन्य बिकल्पको खोजी गर्ने गरि टोलि बनाउनु पर्ने समेत बताए ।

वार्ता समितीका सदस्य शालिक सतासकले आयोजना रोक्ने आफुहरुको मनसाय नभएको भन्दै आयोजना सञ्चालन गर्ने र आफुहरुको संस्कृतीक स्थलको समेत संम्रक्षण हुने गरि समाधान खोजीनु पर्ने बताए ।छलफलमा वार्ता समितीका सदस्य विजय लिम्बु तथा सदस्य सचिव स्वर्णीमहाङ फोम्बोको समेत उपस्थिती रहेको थियो ।

एडिवीका मिसन प्रमुख लक्ष्मी शर्माले आयोजना सुरु गर्दा आफुहरुबाट भएको कमजोरीलाई सच्याएर जान आफुहरु तयार रहेको बताए । उनले आदीबासी जनजातीहरुका मागप्रति आफुहरु सकारात्मक रहेको भन्दै यसको समाधानका लागि दुबै पक्षका प्राबिधीकको टोलि खटाएर अहिले ट्याङकी बनाउन खोजीएको स्थानको बिकल्प खोज्ने र विकल्प भेटिए पुनः छलफल गरेर समाधान खोजीने बताए ।

उनले योजनालाई सहमतीका साथ अगाडि बढाउने बताए ।छलफलमा एडिवीका आयोजना निर्देशक चक्रवर्ती कण्ठ,एडिवीका प्रतिनिधी रचना श्रेष्ठ,लक्ष्मी प्रसाद सुबेदी,शीब पौडेल,आयोजना धरान इकाइ प्रमुख राजु पोख्रेल लागायतको उपस्थिती रहेको थियो ।