श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४६ वि.सं. २०८२ साल कात्तिक १३ गते बिहीबार, ३० अक्टोबर २०२५, सिद्धार्थीनाम संवत्सर। कार्तिक शुक्ल पक्षको नवमी तिथि ०४ः४० बजेसम्म, उप्रान्त दशमी, नक्षत्र श्रवण १४ः४० बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्याेदय ०६ः१४ बजे र सूर्यास्त ०५ः१९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ।नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पढाइमा ध्यान केन्द्रित हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगानीबाट पनि नाफा उठाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। बाध्यताले अल्मल्याउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला। तापनि लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम पूरा नभए पनि दोहो¥याएर प्रयत्न गर्दा लाभ हुनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गरे केही लाभ हुनसक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। फाइदा हुने काम हातलागी हुन सक्छ।































