श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल कात्तिक १४ गते शुक्रबार, ३१ अक्टोबर २०२५, सिद्धार्थीनाम संवत्सर । कार्तिक शुक्लपक्षको दशमी तिथि ०४ः०१ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र  धनिष्ठा १४ः५५ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०६ः१४ बजे र सूर्यास्त ०५ः१९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

परिवारको सहयोगले शिक्षामा प्रगति हुनेछ। परीक्षामा राम्रो नतिजा आउनेछ। देशभित्र लगानीबाट फाइदा हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विदेशमा रमाउने मोह बढ्ने देखिन्छ। साथीसँगको सङ्गतले फाइदा हुनेछ। मन चञ्चल हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

साथीसँग सोचेर बोल्नु राम्रो हुनेछ।घर सल्लाह गरेर मात्र ठूलो कामको सुरुवात गर्नु फलदायी हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रेमसम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा घाटा भोग्नुपर्ने देखिन्छ। परिवारभित्र झगडा हुने देखिन्छ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

यसअघि गरेको लगानीबाट उत्साह बढ्ने भए पनि आज थप लगानी नगर्नु राम्रो हुनेछ। परिवारको साथ मिल्नेछ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मन अशान्त हुँदा खानपानमा गडबढी हुनेछ। शान्त भएर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षामा सफलता मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वैदेशिक लगानीमा भने जोखिम देखिन्छ। अरूलाई झुक्याएर आफू सफल हुने समय छ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

लगानी भए व्यापारमा फाइदा हुनेछ। लगानीको क्षेत्रमा निरन्तरको प्रयासले राम्रो आम्दानी हुने देखिन्छ।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

ठूलो लगानी नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने तपाईं सफल हुने दिन छ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

निजी काम गर्दागर्दै दिन बित्ने देखिन्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। सामाजिक कार्यमा नलाग्नु राम्रो हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

लगानीको क्षेत्रमा उचित मूल्याङ्कन हुनेछ। राजनीतिक र सामाजिक सेवाको अवसर प्राप्त हुनेछ।