एसियाकै नाम चलेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यति बेला दुई जना उपकुलपति देखिएका छन् । बहालवाला उपकुलपति डा. राजकुमार रौनियारलाई सरकारले पदमुक्त ग¥यो । हतार गरेर स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सह–कुलपति उपेन्द्र यादवले रेक्टर गुरु खनालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइयो । डा. रौनियारले गत सोमबार नै सर्वोच्च अदालतबाट स्टेअर्डर लिई बुधबार पुनः पदवहाली गरे । कानुनत अदालतको आदेश पछि सरकारले गरेका यस अघिका निर्णय स्वत निष्कृय हुन्छन् । तर डा. खनाल अरुको उक्साहटमा लागेर रौेनियार फेरी उपकुलपति भएको थाहा नपाएको भन्दैं निमित्तका रुपमा काम गरिरहेका छन् । यस खालको प्रवृतिले प्रतिष्ठानमा दुई उपकुलपति भएको मात्र होइन, त्यस पदमा पुग्न प्रतिष्ठानलाई दोहन गर्न मात्र पुगेको प्रष्ट भएको छ । दुई जना आ– आफ्नो तर्क प्रस्तुत गर्दै समानान्तर पदमा लोलुप्त हुनुले यहाँ ‘संस्थागत गुटबन्दी’ र ‘बीपी प्रतिष्ठानको दोहनमा गिरोह सकृय भएको प्रष्ट भएको छ । यो गुटबन्दीले दोहन गर्न पल्केका ‘दलाल’हरुलाई मात्र फाइदा पुग्ने छ । यहाँ उपचारको आशामा दुरदराजबाट आएका विमारी तथा धराने जनतालाई कुनै हित गर्दैन । ‘दलाल’हरुको चङ्गुलमा बीपी प्रतिष्ठान परिसेको कुरा अव धरानेहरुले हेक्का नराख्ने हो भने त्यस बेला प्रतिष्ठान धरानमा स्थापीत गर्न धरानेले गरेको योगदान मुल्यहिन हुने छ ।

एक जनालाई सरकारले निमित्त थियो । अर्का जनाले न्यायको लडाई गरेर स्टेअर्डर ल्याए । यसको निकास पक्कै छ । समाधानको बाटो हुदा हुदैं यहाँका पदाधिकारी कर्मचारी, राजनीतिक दलहरुका 'भरौटेहरु' दुई पक्षलाई उचालेर प्रतिष्ठानलाई झन धारासायी बनाउने प्रपञ्च जारी राख्नु धरानेहरुका लागि सुखद होइन । प्रतिष्ठानलाई माया गर्ने, राम्रो बनाउनु पर्छ भन्ने सोचाई यहाँका पदाधिकारी, कर्मचारी, राजनीतिक दलका नेताहरुमा आएको भए दुई उपकुलपति प्रतिष्ठानमा भएको सन्देश देशभरी फैलने थिएन होला तर यही भित्रका ‘दललाप्रवृति’ का केही व्यक्तिहरुको चलखेलले दुई वटा उपकुलपति भएको सन्देश देशभर फैलिएको छ । रजिष्टार तुलबहादुर श्रेष्ठ तथा पूर्व उपकुलपति बीपी दास र उपकुलपति डा रौनियारविचको शक्ति संघर्षले निम्तिएको संकट कुनै हिसावमा पनि प्रतिष्ठानको उज्यालो पक्ष मान्न सकिदैन । अदालतको आदेश नमानेर केही छिन वा केही भए पछि निर्णय गरौ, भन्ने ‘व्यक्तिगत स्वार्थ’मा यहाँका जिम्मेवार पदाधिकारी बहकाउनु शोभनिय होइन ।

१२ गते अदालतले दुई पक्षलाई बोलाएर मुद्धाको कुनै न कुने हिसावले किनार लगाउदैं छ । तर त्यतिजेलमै ‘लुटी हालौ’ भन्ने मनोवृति दुवै पक्षमा हुनु गम्भीर कुरा हो । प्रतिष्ठानमा देखिएको शक्ति संर्घष र एउटा जटिल परिस्थितिलाई यहाँका राजनीतिक दलहरु झन गुटगत दुवै पक्षलाई एक आपसमा बोकेर हिड्ने र झन समस्या चर्काउन उक्साउने ‘अराजनीतिक’ गतिविधी गर्नु धरानेका लागि विडम्बना हो । यहाँ देखिएको समस्या सबै दलहरुको साझा समस्या बनाएर सुल्झाउनुको विकल्प छैन् । दलका नेताहरुले नै प्रतिष्ठान भित्रको ‘गुट’ प्रवृतिलाई काँधमा बोकेर हिड्ने हो अव धरानको नागरिक समाज प्रतिष्ठानमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न तयार हुनु पर्छद । यहाँका पदाधिकारी, कर्मचारी नसुद्रने र दलका नेताहरु ‘गुट’ चलाएर बस्ने हो भने यहाँको नागरिक समाज रमिते बन्नु हुदैन् । प्रतिष्ठान बचाउन एक जुट हुनै पर्दछ ।