श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल कात्तिक १७ गते सोमबार, ३ नोभेम्बर  २०२५, सिद्धार्थीनाम संवत्सर । कार्तिक शुक्लपक्षको त्रयोदशी तिथि २३ः३७ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र उत्तरभाद्र १३ः०१ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि  मीन, सूर्याेदय ०६ः१७ बजे र सूर्यास्त ०५ः१७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आवश्यक पर्दा कर्जामार्फत् धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। 
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहो¥याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने आलश्य गर्ने बानीले पछि परिनेछ। 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
पछिका लागि केही वस्तु त्याग्नुपर्ला।प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ।   
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। समयमा वचन पु¥याउन नसक्दा अरूले आलोचना गर्नेछन्।   
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ईष्र्या गर्नेहरूले काममा अवरोध पु¥याउन सक्छन्।परिस्थितिवश कम फाइदा हुने काममा अलमल होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। प्रयत्न गर्दा राम्रै जिम्मेवारी पनि पाइनेछ। 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूको समस्याबारे चासो लिँदा आफैलाई अप्ठ्यारो पर्न सक्छ। अध्यात्मभाव जागृत हुनाले सेवामा प्रवृत्त भइनेछ।