श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल कात्तिक १८ गते मङ्गलबार, ४ नोभेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर । कार्तिक शुक्लपक्षको चतुर्दशी तिथि १०ः५३ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र रेवती १२ः४८ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्योदय ०६ः१७ बजे र सूर्यास्त ०५ः१६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
फजुल खर्च बढ्ने समय छ, होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ। आवश्यक पर्दा कर्जामार्फत् धन जुट्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आयआर्जनका स्रोत बढ्नेछन् । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। परिश्रमले धेरैको मन जित्न सकिएला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूको काममा जुट्नुपरे पनि फाइदा आफैलाई हुनेछ। समुदायको हितमा केही काम गर्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विशेष जिम्मेवारी प्राप्त हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। दिन सामान्य रहला ।
                    
        
                                        
                                                                                                
        































