श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल कात्तिक १६ गते आइतबार, २ नोभेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। कार्तिक शुक्लपक्षको द्वादशी तिथि ०१ः२६ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र पूर्वभाद्र १४ः०६ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०६ः१६ बजे र सूर्यास्त ०५ः१८ बजे हुनेछ ।मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यावसायिक सम्बन्धमा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ। स्वास्थ्यमा सुधार देखापर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम र परिवारबीच सन्तुलन कायम गर्न सकिनेछ। ज्ञान र क्षमताको प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ काम थाल्न उपयुक्त समय हो। आर्थिक स्थायित्व आउने सङ्केत छ। परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहकार्य र धैर्यले समस्या समाधान हुनेछ। मन लागेको कार्यमा सन्तोषजनक उपलब्धि प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक सहकार्यमा ध्यान दिनु उपयुक्त हुनेछ। सन्तुलित व्यवहारले मानसिक शान्ति र सन्तुष्टि दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परीक्षा तथा प्रतिस्पर्धामा सफलता प्राप्त हुने सङ्केत छ। कार्यक्षेत्रबाहिर पनि सक्रिय रहनुपर्ने समय हो।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक सहयोग र सहकार्य प्राप्त हुनेछ। यात्राको योजना बन्न सक्छ। सम्बन्धहरू प्रगाढ र स्थायित्वपूर्ण बन्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लक्ष्यप्रति एकाग्रता राख्न सकिनेछ भने सफलता सुनिश्चित हुनेछ। लगानी लाभदायक बन्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो आकाङ्क्षा पूरा हुने समय आएको छ। कर्मक्षेत्रमा प्रगति र सम्मान बढ्ने सम्भावना छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सकारात्मक सोच र पहलले अपेक्षित सफलता दिनेछ। नयाँ जिम्मेवारी हात पर्नेछ। प्रतिष्ठा र प्रभाव बढ्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतको प्रतिफल पाइनेछ। अवरोध देखिए पनि धैर्यपूर्वक अघि बढ्दा उपलब्धि हासिल गर्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक सहयोग र सहकार्य प्राप्त हुनेछ। यात्राको योजना बन्न सक्छ। सम्बन्धहरू प्रगाढ र स्थायित्वपूर्ण बन्नेछन्।
































