बीपी प्रतिष्ठान

    Showing १-१० of ११ items.
  • प्रतिष्ठानमा नयाँ उपकुलपति आएपछि कर्मचारीको तलव बढ्यो

    धरान  / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठानको ४३ औं संचालक परीषद्को बैठकको निर्णयलाई कार्यन्वय शुरु गरेको छ । केही महिना अघि बैठकले सरकारले वृद्धि गरेको तलव प्रतिष्ठानको आन्तरिक श्रोतबाट सबै शिक्षक, चिकित्सक कर्मचारीहरुको २० प्रतिशत तलव उपलब्द गराउने निर्णय गरेको थियो । गत चैतमा नियुक्त भएका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले हिजो सर्कुलर जारी गदैं साउन १ गतेदेखि बढेको तलव खुवाउने बताएका छन् । उपकुलपतिद्वारा जारी सर्कुलर अनुसार श्रेणी विहीनदेखि सहायक स्तरसम्मका कर्मचारीहरुको बसिक लतवमानमा २० प्रतिशत, अधिकृतस्तरदेखि डेपुटी रजिष्टारसम्मका कर्मचारीहरुको १५ प

    • प्रकाशित मितिः असार १६, २०७७
    • २०८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बीपी प्रतिष्ठानको आवासमा खानेपानीको हाहाकारः ठूलावडा र पँहुचवालाकामा मात्र पानी नियमित आउछ

    धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवास क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । विशेष गरेर नर्स, क्लर्क जुनियरर रेसिडेन्ट, सिनियर रेसिडेन्ट, विद्यार्थीहरु तथा निम्म स्तरका कर्मचारीहरु बस्ने क्षेत्रमा पानी आउन छाडेको महिनौं भएको उनीहरुले गुनासो गरेका छन् । भिआइपी बस्ने क्षेत्रमा २४ सै घण्टा पानी आए पनि निम्न स्तरका कर्मचारी बस्ने आवासमा धारामा पानी आउन छाडेको उनीहरुको भनाई छ । विशेष गरेर एफ ब्लग, जिवान जीटु ब्लगमा १५ दिनदेखि धारामा पानी आएको छैन् । सार्वजनिक धारामा पानी थापेर तीन तलामाथि पु¥याउनु परेको उनीहरुको गुनासो छ ।लामो समयदेखि धारामा पानी नआएको कारण आफु स

    • प्रकाशित मितिः बैशाख १५, २०७६
    • १,०७७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • केटिएम सेक्युरिटी कम्पनिले सुरक्षा मजदुरले पाउने सुविधा नदिए पछि श्रममा उजुरी

    धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुरक्षा ठेक्का पाएको केटिएम सेक्युरिटी प्रालिविरुद्ध मजदुरहरुको श्रम शोषण गरेको भन्दै केही मजदुरहरुले श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका छन् । उजुरीको तत्काल कार्यन्वयन गर्दै श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले केटीएमले पाउने भुक्तानी रोक्का गरि मजदुरले नियम अनुसार पाउने सुविधा मिलाउन प्रतिष्ठानलाई निर्देशन दिएका छन् । उनले मंगलबार नै पत्र पठाई निर्देशन दिएका हुन । प्रालिमा लामो समयदेखि कार्यरत सुरक्षा मजदुरहरु प्रविण राई, प्रेम कुँवर, हेमन्त राई, उमेश दाहाल, रत्नकुमार नेम्बाङसहितका १३९ जनो कामदार

    • प्रकाशित मितिः बैशाख ४, २०७६
    • १,२९२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रतिष्ठानमा नागरिक समाजकाे हस्तक्षेप जरुरी

    एसियाकै नाम चलेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यति बेला दुई जना उपकुलपति देखिएका छन् । बहालवाला उपकुलपति डा. राजकुमार रौनियारलाई सरकारले पदमुक्त ग¥यो । हतार गरेर स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सह–कुलपति उपेन्द्र यादवले रेक्टर गुरु खनालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइयो । डा. रौनियारले गत सोमबार नै सर्वोच्च अदालतबाट स्टेअर्डर लिई बुधबार पुनः पदवहाली गरे । कानुनत अदालतको आदेश पछि सरकारले गरेका यस अघिका निर्णय स्वत निष्कृय हुन्छन् । तर डा. खनाल अरुको उक्साहटमा लागेर रौेनियार फेरी उपकुलपति भएको थाहा नपाएको भन्दैं निमित्तका रुपमा काम गरिरहेका छन् । यस खालको

    • प्रकाशित मितिः चैत्र ८, २०७५
    • ६२८ पटक पढिएको
    • ब्लाष्ट खबर डेक्स
  • स्वास्थ्यमन्त्री यादवलाई बीपी प्रतिष्ठानको गुनासोको चाङ, मन्त्रिको विरोधमा प्रर्दशन

    धरान / स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव समक्ष वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक, चिकित्सक र कर्मचारीहरुको गुनासो सुनेका छन् । पार्टीको कार्यक्रममा पूर्व आएका मन्त्री यादवले उपकुलपति कार्यालयको बैठक कक्षमा विभागीय प्रमुख, महाशाखा, शाखा प्रमुख तथा प्राध्यापक चिकित्सक र कर्मचारीहरुसँग राय सल्लाहा लिएका थिए । उनको साथमा स्वास्थ्य सचिव चन्द्र घिमिरेसमेतसँगै थिए । डेढ घण्टासम्म मन्त्री यादवले बीपी प्रतिष्ठानका विभागीय प्रमुख, प्राध्यापक चिकित्सक तथा कर्मचारीहरुको गुनासो सुनेका थिए । कर्मचारी, चिकित्सकहरुले प्रतिष्ठानमा भएको समस्या, पदाधिकारी नियुक्ति गर्दा

    • प्रकाशित मितिः चैत्र ३, २०७५
    • ५०२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रतिष्ठान कर्मचारी कल्याण समाजको स्वास्थ्य मन्त्रि र प्रधानमन्त्रिलाई अपिल

    धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि प्रशासनिक एवम् व्यवस्थापकीय अन्यौलता र असहज परिस्थितिवाट गुज्रिरहेको भन्दैं प्रतिष्ठान कर्मचारी कल्याण समाजले निकास दिन कुसलपति तथा सहकुलपति समक्ष अपिल गरेको छ । भ्रष्टचार, अनियमितता, गुणस्तरहीन सेवाका कारण प्रतिष्ठान विवादीत बन्दै यहाँका पदाधिकारी एवम् कार्यकारीणी समितिका सदस्यहरु वीच नै आपसी सहकार्य र मेलमिलाप नहुदा प्रतिष्ठानको सेवा तथा शैक्षिक कार्यक्रममा अन्यौलता आएको मंगलबार विज्ञप्ति जारी गरि समाजले जनाएको छ । व्यक्तिगत स्वार्थपूर्तिका लागि शिक्षक, कर्मचारी र विद्यार्थीहरुमा समेत गुटबन्दी सिर्जना गरी प्रतिष्ठ

    • प्रकाशित मितिः फाल्गुन २८, २०७५
    • ४४८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बीपी प्रतिष्ठान अक्सिजनमा आत्मनिर्भर, बढि भएको अक्सिजन प्रदेश १ का अन्य अस्पताललाई बेच्ने तयारी

    धरान /  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विहीबारदेखि आफै अक्सिजन उत्पादन शुरु गरेको छ । अस्पताललाई आवश्यकता भन्दा दोब्बर अक्सिजन उत्पादन क्षमता भएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको प्रतिष्ठानका उपकुलपति प्राडा.राजकुमार रौनियारले जानकारी दिए । विहीबार एक कार्यक्रमको आयोजना गरि उपकुलपति रौनियार, अस्पताल निर्देशक प्राडा.गौरीशंकर साह, प्रबक्त डा. पशुपति चौधरी, सहप्रबक्ता डा. अशोक ऐरले प्लान्टको उद्घाटन गरे । उपकुलपति रौनियारका अनुसार प्रतिष्ठान हाताभित्र रहेको अक्सिजन प्लान्टबाट प्रतिमिनेट १६ सय लिटर उत्पादन हुन्छ । एक घण्टामा १० वटा सिलिण्डर भर्न सकिने बुस्टर क्षमता छ । द

    • प्रकाशित मितिः माघ २४, २०७५
    • ४८७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बीपी प्रतिष्ठानका जुनियर चिकित्सकहरुको काम छाड्ने चेतावनी(भिडियाेसहित)

    धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर चिकित्सकहरुले २३ दिनदेखि अनसरत प्रा.डा. गोविन्द केसीका जीवन रक्षाको माग गर्दै विहीबार पनि सडकमा उत्रिएका छन् । चिकित्सा शिक्षा विद्येयकमा विगतमा भएका सहमति पूरा गर्दै इलामबाट अनसनमा बस्दादेखि नै समर्थनमा आन्दोलन थालेका उनीहरुले केसीको मागलाई लत्याएर सरकारले विद्येयक पास गरेकोप्रति आपत्तिसमेत जनाएका छन् । प्रतिष्ठानको जिओपिडी अगाडीदेखि निकालिएको ¥याली धरानको भानुचौकको लोकतान्त्रिक चौतारीमा आएर कोणसभामा परिणत भएको थियो । हातमा कालो पट्टी बाधेर विरोध जनाएका उनीहरुले अहिले दैनिक तीन घण्टा ओपिडीमा धर्ना बसेका छन् । केसी

    • प्रकाशित मितिः माघ १७, २०७५
    • ४८६ पटक पढिएको
    • गोविन्द बस्नेत
  • सेतोकोट लगाउनेहरु सडकमा, भोलीदेखि बीपी प्रतिष्ठानको ओपिडी ठप्प पार्ने

    धरान / १६ औं आमरण अनसनमा रहेका डा.गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउदै मंगलबारदेखि धर्नामा बसेर आन्दोलन थालेका धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट डाक्टरहरुले बिहीबार र्याली निकालेर भोलीदेखि काम छाड्ने चेतावनी दिएका छन् । सधै राजनीतिक दलहरुले विरोधमा वा कुनै कार्यक्रममा प्रयोग हुने धरानको भानुचोकको लोकतान्त्रिक चौतारी आज भने सेतोकोट लगाउनेहरुले कव्जा गरे । प्रतिष्ठानस्थित जुनियर रेजिडेण्ड वेलफेयर सोसाइटीको नेतृत्वमा डा. केसीको समर्थनमा जुनियर चिकित्कसहरुले प्रतिष्ठानदेाि २ किमी टाडा भानुचोकसम्म सडकमा ¥यालीमा उत्रिएका छन् । कोणसभा चिकित्सकहरुले सम्ब

    • प्रकाशित मितिः माघ १०, २०७५
    • १,३४२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • डा. केशीको उपचारका लागि बीपी प्रतिष्ठानको विशेषज्ञ चिकित्सक टोली तयारी अवस्थामा

    धरान  /  चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसनमा बसेका डा। गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिए पछि उनको थप उपचारको विशिष्ट चिकित्सक परिचालन गर्नु पर्ने प्रदेश स्वास्थ्य निर्देशनालयले बताए पछि धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकहरुको टोली स्टेण्डवाई बनाएको छ । डा केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै गएको र मुटुको गति पनि अनियमित भएर शिथिल भएपछि उनलाई हिजो विहान जिल्ला अस्पताल इलाममा भर्ना गरिएको थियो । प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साहका अनुसार जानु पर्ने अवस्था आए जानका लागि टोली तयार गरेर राखिएको छ । प्रदेश स्वा

    • प्रकाशित मितिः माघ १, २०७५
    • १,०५१ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved