वराहक्षेत्र २ जब्दीस्थित सप्तकोसी बाढीपीडित कृषकहरु सङ्गठित अर्गानिक खेती प्रणालीबाट कृषि सुरुवात गरेका स्थानीय आवद्ध जन्मभूमि कृषि सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

'एउटै हाम्रो रहर, कृषिमा आत्मनिर्भर' भन्ने नाराका साथ २०७२ सालमा स्थापना भई १६ हजार रुपैयाँ शेयर रकमबाट सुरुवात भएको कृषि सहकारीले हाल ४ लाख ४३ हजार २ सय रुपैयाँ शेयर रकम पुर्याएको छ ।
१५ जना महिला र पुरुष १८ जना गरी जम्मा ३३ जनाबाट सुरु गरिएको सहकारीमा हाल शेयर सदस्य ३४ महिला र पुरुष ३२ गरी जम्मा ६६ जना जना सेयर सदस्य छन् ।

कृषि सहकारीका अध्यक्ष लालबहादुर तामाङले प्रस्तुत गरेको प्रतिवेदनअनुसार हाल सहकारीबाट  ऋण लिने सदस्य संख्या महिला २० जना र पुरुष १८ जना गरी जम्मा ३८ जना रहेका छन् । सहकारीले ऋण लगानीको बाँकी रकम ७ लाख ६५ हजार ५ सय रुपैयाँ  बचतमा रहिरहेको रकम ५ लाख ९४ हजार ९ सय १८ रुपैयाँ ०४ पैसा रहेको छ ।

Janmabhumi krishi sahakari sastha

साधारण सभामा शुभकामना मन्तव्य राख्दै वराहक्षेत्र २ की कार्यवाहक वडाध्यक्ष चुनु श्रेष्ठले कृषकलाई मल, बीउ वितरण गर्दै आएकामा खुसी व्यक्त गरिन् । उनले कृषि सहकारीले कृषकलाई स्वावलम्बी बनाउन भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिइन् ।

वराहक्षेत्र नगरपालिकाका आर्थिक  विकास शाखा प्रमुख मातृका तिवारीले  सहकारीले सङ्कटका बेला राम्रो काम गर्न सकिन्छ भन्ने उदाहरण दिएको बताए । उनले सहकारीको आर्थिक परिदृश्य सकारात्मक भएको र बाह्य ऋण नभएको बताए । उनले सहकारीमार्फत पैसाको खरिद बिक्री नगर्न र सेयर सदस्य विस्तार गर्न सुझाव दिए ।

कृषि विकास शाखाका कर्मचारी दिपक खेरुवारले
कृषि व्यवसायी र बजार व्यवस्थापनमार्फत खरिद गरी उचित व्यवस्थापन गर्ने र मल बीउ नि:शुल्क वितरण गर्ने नगरले योजना ल्याएको बताए ।

'५० प्रतिशत जमिन प्राङ्गारिक मल प्रयोगले ओगट्ने गरी प्राङ्गारिक खेतीको नीति ल्याउने नगरको योजना छ, माटोको बनावट र कृषकलाई माटो सुहाउँदो जानकारी नहुँदा समस्या भएको छ', उनले भने, 'नगरले नि:शुल्क माटो जाँच कार्यक्रमको निरन्तरता दिएको छ, सबैले माटो जाँँच गरी कृषि गर्न आवश्यक छ ।'

Janmabhumi krishi sahakari

स्थानीय आदर्श माविका पूर्व प्रधानाध्यापक प्रह्लाद भट्टराईले वराहक्षेत्रको जब्दीमा बाँदर र हात्ती आतङ्कले किसानलाई हैरानी दिएको बताए । उनलेसहकारीले प्राविधिकको सहयोग लिन नसकिएको बताए । 'भोक्राहा, चिरौली र ढोगदेखि सब्जी बेच्न आउँछ्न्,
सप्तरीदेखि माछा मार्न आउँछन, हामीलाई लाज लाग्छ,' भट्टराईले भने, 'हामी ऋण लिन सिपालु छौं, ऋण लिएर बड्डे मनाउँछौ, पूजा, गुन्यूचोलो, मटरसाइकल, गाडी घोडामा होडबाजी गर्छौं, पहुँचवालाले अनुदान लिन्छ ।'

संस्थापक अध्यक्ष मनोज पौडेलले २०६७ सालमा कारितास नामक संस्थासँग समन्वय गरी २४ जना किसानलाई तालिमको व्यवस्था गरी अर्गानिक मल, र खेती गर्ने उद्देश्यका साथ कृषि गरेको बताए । उनले किसानका लागि च्याउ खेती, कृषि पाठशालालगायत  सुरुवात गरेको बताए । स्थानीय किसानलाई रासायनिक मल विस्थापनसम्बन्धी तालिम दिएको र २०७२ मा कृषि सहकारी स्थापना गरेको बताए ।

रासायनिक मल बीउ बिक्री वितरण गर्दै आएको कृषि सहकारीमार्फत मागमा आधारित स्थानीय १ हजार १ सय कृषक प्रत्यक्ष लाभान्वित छन् ।

शेयर सदस्यलाई सम्मान
सहकारीले संस्थापक ज्येष्ठ सदस्यसहित चार जनालाई सम्मान गरेको छ ।

janmabhumi krishi sahakari samman

सम्मानित हुनेहरुमा संस्थापक ज्येष्ठ सदस्य रामदेवी तामाङ, सबैभन्दा बढी सेयर लगानीकर्ता जनार्दन सिग्देल, असल ऋणी पद्मा कार्की, नयाँ सदस्य तथा सबैभन्दा बढी सेयर खरिदकर्ता अम्बिका गौतम रहेका छन् ।