धरान / इटहरी उपमहानगरपालिकाले १ अर्ब ७८ करोडको बजेट ल्याइएको छ । 
उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बुधबार इटहरीको नगरसभामा पेस भएको आर्थिक बर्ष २०७७ । ०७८ बजेट पेस गरेकी हुन सार्वजनिक गरेकी हुन ।
इटहरी उपमहानगरपालिकाले गत चालु आर्थिक बर्षको बजेट भन्दा ७ करोड ५ लाख घटाएर सार्वजनिक गरेको छ । आगामी बर्षको बजेट सार्वाजनिक गरेको हो । चालु आर्थिक बर्षमा १ खर्ब ८५ करोड ५ लाखको बजेट थियो ।


सातौं नगरसभाका सभाध्यक्ष एंव नगर प्रमूखज्यू,
नगरसभाका सदस्यज्युहरू,
सर्वप्रथम म यस गरिमामय नगरसभामा इटहरी उपमहानगरपालिकाको उपप्रमुख एवं बजेट तथा योजना तर्जुमा समितीको संयोजकको हैसियतले आर्थिक वर्ष २०७७/०७८ का लागि आय तथा व्ययको अनुमान सहितको वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
सभाध्यक्ष महोदय,
यस ऐतिहासिक र महत्वपूर्ण घडीमा लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा सदाहत प्राप्त गर्नु हुने सर्म्पूण ज्ञातअज्ञात सहिदहरू तथा निरंकुशताको विरूद्धमा जिवन पर्यन्त सर्घष गर्न हुने दिवंगत व्यक्तित्वहरू प्रति भावर्पूण श्रद्धान्जली अर्पण गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, सामाजिक न्याय र समानता तथा समृद्धिका लागि आफ्नो जिवनलाई समर्पण गर्नु हुने आदरणिय राष्ट्रिय स्तरका एंव इटहरी उपमहानगरपालिका क्षेत्रका सम्पूर्ण अग्रज राजनितिक र प्रबुद्ध व्यक्तित्वहरू तथा नगरको विकासका निम्ती महत्वपूर्ण योगदान दिने सम्पूर्ण महानुभावहरू प्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु ।
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट यस नगरसभामा प्रस्तुत गरीरहँदा सिङ्गो मुलुक तथा विश्वले भोगिरहेको कोभिड–१९ को विश्वव्यापी महामारी र त्यसवाट सिर्जित गंभीर संकट तथा कठिन परिस्थितीको सामना गरीरहेको अहिलेको अवस्थाको पनि स्मरण गराउन चाहान्छु । कोभिड–१९ को विश्वव्यापी माहमारीका कारण सिर्जित संकटको सामना हामी सर्म्पुण इटहरी वासी र उपमहानगरपालिकाले मिलेर गरीरहेकाछौ । जटिल परीस्थितीको सामना गर्नु हामीसंग अर्को कुनै विकल्प छैन । यस कठिन परीस्थितीलाई होसियारी र सर्तकता पूर्वक व्यर्होनु पर्ने वाध्यता छ ।
इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ अर्थात हामी निर्वाचित जनप्रतिनिधिहरूको वहाली भएको पहिलो वर्ष देखिनै नगर विकासको महत्वपुर्ण क्षेत्रहरू पूर्वाधार विकाश, सामाजिक क्षेत्र र रोजगारीको श्रृजना हुने लगायतका विकासका सवै क्षेत्रमा उच्च प्राथामिकताकासाथ ल्याईएका नीति, कार्यक्रम र वजेटको निरन्तर कार्यान्वयन गरिरहेको छौं ।
हाल सिङ्गो मुलुक तथा विश्वले भोगिरहेको कोभिड–१९ को विश्वव्यापी महामारीवाट सिर्जित डरलाग्दो विपत्तिका कारण चालु वर्षको हाम्रो योजना सञ्चालन अभियानमा ठूलो धक्का लागेको मात्र हैन यसले आगामी आर्थिक वर्षमा उपमहनगरले प्राप्त गर्ने आयमा संकुचन ल्याई हाम्रो नगर विकासको सवै क्षेत्रमा गंभिर नकरात्मक प्रभाव पार्ने अवस्था देखिंदैछ । यस्तो विषम परीस्थितीमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा वजेट तयार गरीरहंदा कोरोना भाइरसका कारण मुलुकको समग्र अर्थतन्त्रमा आउने संकुचन र यसका कारण इटहरी उपमहानगरपालिकालाई पर्ने असरलाई मध्यनजर गरी हामीले होशियारी र दृढतापुर्वक नीति तथा कार्यक्रमको प्राथामिकिकरण र कार्यन्वयनमा ध्यान दिनुपर्ने अवस्था रहेको व्यहोरा समेत म यस गरीमामय नगरसभा समक्ष निवेदन गर्न चाहन्छु ।
आदरणिय सभाध्यक्ष महोदय,
कोरोना भाइरस संक्रमण नेपालमा देखिन थालेका कारण नेपाल सरकारले गत चैत्र महिनाको ११ गतेबाट लकडाउनको घोषणा गरे पछि सिङ्गो राज्य प्रणाली र जनजिवन प्रभावित बन्न पुग्यो । यो कठिन परिस्थितीमा स्थानीय सरकार हुनुको नाताले हामीले पनि महत्वपूर्ण र चुनौतीपूर्ण जिम्मेवारी निर्वाह गर्नु पर्ने परिस्थिती श्रृजना भयो । एकातर्फ लकडाउनको पूर्ण पालना गर्नु गराउनु संक्रमण फैलिन नदिन निरोधात्मक उपाय अवलम्बन गर्नु गराउनु गरीब र विपन्न नागरिकमा राहत वितरण, व्यवस्थित र सम्भव भए सम्म सुविभायुक्त क्वारेन्टाइनको स्थापना र संचालन इटहरी अस्पताल र स्वास्थ्य केन्द्रहरूलाई कोरोना संक्रमण सम्बन्धी उपचार आर.डि.टि. परिक्षण स्वाब टेष्ट लगायत अन्य कुनै नागरिक बिरामी भए तिनको उपचारको प्रबन्ध हामी जनप्रतिनिधि आफु पनि सुरक्षित हुदै अन्य अति आवश्यक काममा सकृय हुनु पर्ने परिस्थितीको सामना गर्नु पर्यो र अझ यो जटिलता कायमै छ । तर बिषम र जटिल परिस्थितीमा हामी होसियारीका साथ निरन्तर सकृयता पूर्वक क्रियाशिल रहर्यौ । लकडाउनलाई अनुशासित बनाउन नगरबासीले ठूलो सहयोग गर्नु भएको छ । विभिन्न सहयोगी दाताहरूको सहयोग समेत समावेश गरी उपमहानगरपालिकाको बजेटले करिब २५ हजार विपन्न नगरबासी मात्र होइन नगर भित्र बसोबास गर्ने सबै विपन्न नागरिकलाई राहत वितरण सम्भव हुन सक्यो ।
धेरै सहयोगी नगरबासीको सहभागिता समेतमा हामीले द्रुत गतिमा जनता बहुमुखि क्याम्पसमा न्यूनतम सुविधायुक्त क्वारेन्टाइन स्थापना र संचालन गरी हजारौं व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने तिनको स्वाब परिक्षण गर्ने १४ दिन पछि सम्बन्धित ठाउंमा पुर्याउने कार्यमा सफलता प्राप्त भएको छ । यि लगायत कोरोना भाइरसको कारण उत्पन्न परिस्थितीमा हाम्रो मेहनत र सकृयता एउटा उदाहरण बनेको हुन सक्छ भन्ने विश्वास लिएकी छु ।
लकडाउनको बिषम परिस्थितीमा नेतृत्व प्रदान गर्नु हुने श्रीमान् नगरप्रमूखज्यू, वडाध्यक्षज्यूहरू, नगर कार्यपालिकाका सदस्यज्यूहरू र नगर सभा सदस्यज्यूहरू, स्वास्थ्यकर्मी साथीहरू, कर्मचारी मित्रहरू, सुरक्षाकर्मी, पक्रकार, रेडत्रस सोसाईटी इटहरी, सहयोगी दाताहरू जनता बहुमुखी क्याम्पस परिवार, नगद र खाद्यान्न वा अन्य जिन्सी सहयोग गर्ने सहयोगी दाताहरू लकडाउनको अनुशासित भै पालना गर्ने सबै नगरबासीहरू धन्यबादको पात्र हुनु हुन्छ भन्ने तथ्य यस गरिमामय सभामा निवेदन गर्न चाहान्छु ।
आदरणिय सभाध्यक्ष महोदय,
विकास भनेको केवल ढुंगा, गिटी माटो, ईँटा वालुवा, छड सिमेन्टको कार्य मात्र हैन यो मानव समाजको बहुआयमिक क्षेत्रको विकाश पनि हो । यस्तो विकाशमा पूर्वाधार निर्माण, रोजगारीको श्रृजना, अल्पसंख्यक समुदाय, विभिन्न जाति वर्ग समुदायको पंहुच र क्षमत्तामा अभिवृद्धि, कला साहित्य, संस्कृति, आम सञ्चार, खेलकुदको क्षेत्रमा समुचित प्रगति पनि विकासका आधारहरू हुन् भने वालवालिका, हिंसापिडीत महिला, अपांगता भएका नागरिक, जेष्ठ नागरिक विभिन्न कारणले अप्ठयारोमा परेका नगरवासीलाई सहयोग जस्ता अनेकौ क्षेत्रमा हामीले विझिन्न कार्यक्रम विगतदेखि संचालन गर्दै आएका छौं र त्यस्ता कार्यत्रम मार्फत अपेक्षित उपलव्धी प्राप्त भएको छ । हामीले संचालन गरेका कार्यक्रमबाट पुरानो इटहरी नगरपालिकामा समाहित भएका गाउं विकास समितिहरूमा आज विकासको लहर र उत्साहको जागरण पैदा भएको छ । त्यसैगरी मूख्य वजार क्षेत्रका नगरवासीका माग र आवश्यकतालाई समेत आफ्नो सिमित श्रोत र साधनबाट सम्वोधन गर्ने प्रयत्न गरीएको छ ।
नगर विकासका असिमित आवस्यकता र वढ्दो शहरकिरणले निम्त्याएको नयां परिस्थितिलाई हाम्रो सिमित श्रोत साधनले परिपुर्ति गर्न कठिन हुनु स्वाभाविकै हो । हामीले चाहेको वा परीकल्पना गरेका नगर विकासका सवै विषयलाई सम्वोधन गर्न हाम्रो आर्थिक सामर्थ्यका कारण कठिनाई रहेको तथ्य सम्मानित नगरसभा समक्ष र सभा मार्फत आम आदरणिय इटहरीवासी वुवा आमा, दिदी वहिनी तथा दाजु भाइ समक्ष विनम्रता पूर्वक निवेदन गर्न चाहन्छु ।
आदरणिय सभाध्यक्ष महोदय,
आजको जटिल परिस्थितिलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण गरीरहंदा चालु आर्थिक वर्षका निम्ती निर्धारण गरीएको तर सम्पन्न हुन नसकेका नगर गौरवको योजनाहरू लगायतका कार्यक्रमलार्ई निरन्तरता दिइने नीति लिइएकोछ । हामीले आगामी आर्थिक वर्षका लागि करीव रू २ अर्वको बजेट निर्माण हुने अपेक्षा राखेका थियौं तर कोरोना भाइरसका कारण आगामी आर्थिक वर्षका लागि संघिय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान सिलिËको न्युनता र हाम्रो आफ्नै आन्तरिक आय संकलन समेत अपेक्षा अनुरूपको नहुने सम्भावनाका कारण आगामी वर्षका लागि ल्याईने बजेटको आकार अपेक्षाकृत सानो हुने भएको छ । आगामी आर्थिर्क वर्षमा कानुन बमोजिम जनप्रतिनिधिले बैठक भत्ताबाट पाउने रकममा १५ प्रतिशत कटौती गरि त्यस्तो रकम कोरोना भाइरस नियन्त्रण कोष वा स्वास्थ्य कोषमा जम्मा गर्ने प्रस्ताव सम्मानित सभामा प्रस्तुत गर्न चाहान्छु । आगामी आर्थिक वर्षका लागि खर्च गरिने विभिन्न शिर्षकका चालु खर्चमा सम्भव भएसम्म कटौती गरी त्यसबाट वचत हुने रकमलाई स्वस्थ्य, शिक्षा र कृषि क्षेत्रमा थप गर्ने नीति लिइएकोछ । हामीले कार्यभार सम्हाले यता निरन्तर अनेकौं चुनौतीको सामना गरीरहेका छौं । कर्मचारीको अभाव, प्रमूख प्रशासकिय अधिकृतको छिटो छिटो सरूवा, पर्याप्त प्राविधिक कर्मचारीको अभाव, ऐनकानूनको अपर्याप्तता लगायत अनेकौ कठिनाई र चुनौतीको
सामना गर्नुपर्यो । यसका बावजुद आम इटहरीवासीको चाहाना अनुरूप इटहरी उपमहानगर क्षेत्रमा सडक यातायात क्षेत्रको विकास र विस्तारले उल्लेखनिय फड्को मारेकोछ । साथै उपमहानगरपालिका क्षेत्रको वरीपरीका ग्रामिण क्षेत्र र शहरी क्षेत्र विचको अन्तर सम्वन्ध स्थापित गर्न एक हदसम्म सफलता प्राप्त भएकोछ भने अन्य पूर्वाधार र विषयगत क्षेत्रमा भएका उपलब्धि सम्वन्धित शिर्षकमा नै उल्लेख गरेकीछु ।
आदरणिय सभाध्यक्ष महोदय,
यस विषम एवम् जटिल परीस्थितीको बिचमा पनि हामीले आर्थिकवर्ष २०७७/०७८ को लागी उल्लेखित परिश्थितिको सामना गर्दै नगरको विकासका लागि वार्षिक नीति, कार्यक्रम र बजेट र सोको कार्यन्वयनका लागि नगरको सम्वृद्धिको ढृढतापूर्वक कार्यान्वयन गर्नै पर्ने आवश्यकता छ ।
आदरणिय सभाध्यक्ष महोदय,
अव म चालु आर्थिक वर्ष २०७६/०७७ को आय व्ययको संक्षिप्त समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०७७/०७८ को लागी नीति, कार्यक्रम र वजेट प्रस्तुत गर्न चाहन्छु ।
चालु आर्थिक वर्ष २०७६/०७७ मा आयतर्फ संघीय समानिकारण अनुदानबाट रू ३१ करोड ६६ लाख, संघिय शर्सत अनुदानबाट रू ३४ करोड १० लाख, संघीय समपुरक अनुदान रू ८ करोड १० लाख, संघिय राजश्व वाडफाडबाट रू १९ करोड १७ लाख र प्रदेश समानिकरणबाट रू ९६ लाख, प्रदेश सशर्तबाट रू १ करोड, प्रदेश समपुरकबाट रू ५ करोड, प्रदेश राजश्व वाडफाड र सवारी करबाट रू ३४ करोड ५६ लाख ७९ हजार, आन्तरिक आयबाट रू ४८ करोड ९४ लाख २१ हजार र अन्य आयबाट रू २ करोड गरी जम्मा रू १ अर्व ८५ करोड ५० लाख हुने अनुमान गरिएकोमा चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्ममा संघीय समानिकारण अनुदानबाट रू ३१ करोड ६६ लाख, संघिय शर्सत अनुदानबाट रू ३८ करोड २१ लाख ७९ हजार, संघीय समपुरक अनुदान रू ६ करोड ५४ लाख, संघिय राजश्व वाडफाडबाट ५ करोड ७८ लाख ४३ हजार र प्रदेश समानिकरणबाट रू ७२ लाख, प्रदेश सरकारबाट अनुदान सशर्त २ करोड ४८ लाख ७३ हजार, प्रदेश सरकारबाट प्राप्त समपुरकबाट रू ४० लाख, प्रदेश राजश्व वाडफाड र सवारी करबाट रू ११ करोड २४ लाख १० हजार, प्रदेश सरकारबाट प्राप्त विशेष अनुदानबाट रू २५ लाख ८२ हजार, आन्तरिक आयबाट रू १४ करोड ८८ लाख १८ हजार र गत आ.व.को नगद मौज्जाद २३ करोड ३५ लाख २३ हजार समेत गरी जम्मा रू १ अर्व ३५ करोड ५४ लाख २८ हजार प्राप्त हुन आएको छ ।
चालु आ.व. २०७६/०७७ को असार मसान्तसम्ममा संघीय सरकारबाट प्राप्त समानिकारण अनुदानबाट रू ३१ करोड ६६ लाख, शर्सत अनुदानबाट रू ३८ करोड २१ लाख ७९ हजार, समपुरक अनुदानबाट रू ६ करोड ५४ लाख, राजश्व वाडफाडबाट रू ७ करोड ७८ लाख ४३ हजार र प्रदेश सरकारबाट प्राप्त समानिकरणबाट रू ७२ लाख, सशर्त अनुदानबाट रू २ करोड ४८ लाख ७३ हजार, प्रदेश सरकारबाट प्राप्त समपुरकबाट रू ४० लाख, प्रदेश राजश्व वाडफाड र सवारी करबाट रू १५ करोड २४ लाख १० हजार, प्रदेश विशेष अनुदानबाट रू २५ लाख ८२ हजार, आन्तरिक आयबाट रू १४ करोड ८८ लाख १८ हजार र गत आ.व.को नगद मौज्दात २३ करोड ३५ लाख २३ हजार समेत गरी जम्मा रू १ अर्व ४१ करोड ५४ लाख २८ हजार प्राप्त हुने संशोधित अनुमान पेश गरेकी छु ।
चालु आ.व. २०७६/०७७ मा व्ययतर्फ चालु तर्फ रू ७९ करोड ४ लाख ५५ हजार, पूंजीगत तर्फ रू १ अर्व ५ करोड ७५ लाख ४५ हजार र वित्तीय व्यवस्था तर्फ रू ७० लाख गरी जम्मा रू १ अर्व ८५ करोड ५० लाख अनुमान गरिएकोमा चालु आ.व.को जेष्ठ मसान्तसम्म चालु खर्च तर्फ रू ५० करोड ९३ लाख ९९ हजार, पूंजीगत तर्फ रू २६ करोड ५९ लाख ३७ हजार र वित्तीय व्यवस्था तर्फ रू ७० लाख गरी जम्मा रू ७८ करोड २३ लाख ३६ हजार खर्च भएको छ । चालु आ.व.को असार मसान्तसम्म चालु तर्फ रू ६६ करोड ७६ लाख २७ हजार, पूंजीगत तर्फ रू ७१ करोड र वित्तीय व्यवस्था तर्फ रू १ करोड ४० लाख गरी जम्मा रू १ अर्व ३९ करोड १६ लाख २७ हजार खर्च हुने संशोधित अनुमान पेश गरेकीछु । विस्तृत विवर०ा अनुसूचीमा संलग्न गरेकी ५ु ।

चालु आ.व. २०७६/०७७ मा कोभिड १९ संक्रमणको कारण प्र्रभावितहरूलाई राहत उदार, क्वाराइन्टाइन व्यवस्थापन तथा संचालनका लागि संन्चित कोषबाट रू ४ करोड ३३ लाख खर्च भइसकेको छ भने चालु आ.व. कै असार मसान्तसम्म रू ७० लाख थप सहित रू ५ करोड ३ लाख खर्च हुने अनुमान गरेकी छु । यसका लागि सच्चित कोषबाट ४ करोड १० लाख साविक प्रकोप व्यवस्थापन कोषबाट २७ लाख ५६ हजार र विभिन्न व्यक्ति, संघ संस्था र निकायबाट प्राप्त रकम रू ६२ लाख १३ हजार समेत रू ४ करोड ९८ लाख ६९ हजार कोरोना रोकथाम तथा नियन्त्रण / प्रकोप व्यवस्थापन कोषमा जम्मा गरी खर्च गर्ने व्यवस्था मिलाइएको छ ।

आदरणिय सभाध्यक्ष महोदय
आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्दा नेपालको संविधान, २०७२ ले परिलक्षित गरेको विकासको लक्ष्य, उदेश्य, मान्यताका अतिरिक्त निम्न कानुन, नीति, र सिद्धान्तलाई आधार बनाई तर्जुमा गर्ने कोशिश गरेकी छु ।
• नेपालको संविधान, २०७२
• विभिन्न संघिय कानुन, नीति
• नेपाल सरकार तथा प्रदेश सरकारद्धारा प्रस्तुत वार्षिक नीति कार्यक्रम तथा बजेट
• दिगो विकास लक्ष्य
• प्रादेशिक कानून, नीति
• जवाफदेहिता र सुशासन प्रवर्द्धन
• आ.व. २०७४/०७५, २०७५/०७६, २०७६/०७७, का लागी यसै नगर सभाबाट पारीत नीति कार्यक्रम तथा बजेट
• इटहरी उपमहानगरपालिकाको वर्गीय जातिय, क्षेत्रिय भौगोलिक विशिष्टता र विभिन्न प्रकारको भिन्नता विचको एकताको अवस्था
• स्थानीय श्रोत साधनको उपलब्धता र परीचालनको अवस्था
• कोरोना भाइरसका कारण उत्पन्न विषम परीस्थितीजन्य अवस्था

सभाध्यक्ष महोदय,
आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट मार्फत निश्चित उद्धेश्य र लक्ष्य निर्धारण गरी तिनै उद्धेश्य र लक्ष्यको आधारमा कार्यक्रम तय गरी बजेट विनियोजन गर्नु अनिवार्य हुने हुंदा बजेटका निम्न मुख्य मुख्य उद्धेश्य प्रस्तुत गर्न अनुमति चाहन्छु ।
क) कोरोना भाइरसको महामारीबाट नगरपालिकालाई संभव भए सम्म सुरक्षित राख्न आवश्यक प्रवन्ध गर्ने ।
ख) वैदेशिक रोजगारबाट घर फर्कने नागरिकका लागी रोजगारीको अवसर श्रृजना गर्ने ।
ग) नगरक्षेत्रमा औधोगिक व्यापारिक, व्यवसायिक, कृषिजन्य तथा पर्यटकीय क्षेक्रलाई सुढृढ तथा व्यवस्थित गरी आर्थिक त्रियाकलापलाई चलायमान गर्ने
घ) प्राथमिकताका आधारमा उपलब्ध श्रोत साधनको परिचालन गरी आर्थिक समृद्धि हासिल गर्ने ।
ड.) सामाजिक समावेसीकरण तथा सन्तुलित विकास गर्ने ।
च) पछाडी पारिएका वर्ग तथा समुदायलाई सामाजिक आर्थिक परिचालनको माध्यमबाट नेतृत्व क्षमत्ता विकास गरी नगरको विकास र सम्वृद्धिमा पँहुच स्थापित गर्ने ।
छ) सुशासन प्रर्वद्धन गर्दै भ्रष्टचारमा शुन्य सहनशिलताको नीति अपनाइने ।
ज) नगरवासीमा पूर्वाधार विकाश, स्वास्थय, शिक्षा, वातावरण तथा सरसफाई सम्वन्धि सेवा र सचेतनाको अभिवृद्धि गर्ने ।
झ) स्वच्छ, स्वस्थ र वातावरणमैत्री नगर निर्माण गर्ने ।
ञ) व्यवस्थित सडक पूर्वाधार निर्माण गरी हिलो र धुलो मुक्त नगरमा रूपान्तरण गर्ने ।
ट) न्यायमा सहज पंहुच पुरयाउने र सामाजिक विकासलाई सन्तुलित ढंगले अघी वढाउने ।

अव म क्षेत्रगत रूपमा नीति, कार्यक्रम तथा बिनीयोजन प्रस्तुत गर्न अनुमती चाहन्छु ।
१) शिक्षाः–
इटहरी नगरमा संचालित सामुदायिक विद्यालयको स्तरोन्नतीका लागी गत आर्थिक वर्षबाट सामुदायिक विद्यालयको अनुगमन कार्यपालिकाको कार्यालयबाटै गर्न सकिने गरी सिसी क्यामेरा जडान गर्ने कार्यलाई निरन्तरता दिदै अन्य विद्यालयहरूमा आगामी आर्थिक वषर््माा सिसि क्यामरा जडान गर्ने कार्य सम्पन्न गरीनेछ ।
चालु आ.व.मा सामुदायिक विद्यालयमा थालनी गरीएका स्मार्ट कक्षा, आइसिटी जडान, विज्ञान प्रयोगशालाको स्थापना जस्ता कार्यक्रम आगामी वर्ष पनि निरन्तर विस्तार गर्दै लगिने छ ।
विद्यार्थीहरूलाई स्थानीय भाषा, साहित्य, संस्कृति, कला, भुगोल र अन्य महत्वपूर्ण ज्ञान र सिप सिकाई असल नागरिक बनाउने उदेश्यले नगरस्तरमा नै स्थानीय पाठ्यक्रम तयार गरी पठन पाठन गर्ने कार्यलाई अगाडी बढाउन आवश्यक व्यवस्था गरिने छ ।
सामुदायिक विद्यालय र संस्थागत विद्यालयको कुशलता पूर्वक व्यवस्थापन गर्दै स्तरोन्नती गर्ने शैक्षिक सुशासन कायम गर्ने जस्ता कार्यको लागी मापदण्ढ स्विकृत गरी लागु गरीनेछ ।
बालविकास केन्द्रको संचालन र व्यवस्थापन सम्वन्धि कार्यलाई व्यवस्थित गर्दै वालवालिका मैत्री वनाउने कार्यलाई आगामी आर्थिक वर्षमा समेत थप कार्यक्रम सहित निरन्तरता दिइनेछ ।
इटहरीमा एक इन्जिनीयरीङ्ग विषयको अध्ययन अध्यापन गराइने सामुदायिक क्याम्पस स्थापना र संचालन गर्ने कार्यलाई आगामी आर्थिक वर्षमा प्रारम्भ गरीनेछ । प्राविधिक धारको विषय उपलव्ध पठन पाठन गर्न चाहने सामुदायिक विद्यालयलाई आवश्यक सहयोग उपलव्ध गराइनेछ । सामुदायिक तथा संस्थागत विद्यालयको बिचमा रहेको विद्यमान अन्तरलाई न्यूनिकरण गर्न शैक्षिक कृयाकलापहरूमा एकरूपता कायम गर्दै जाने नीति अवलम्बन गरिने छ । समग्र शिक्षा क्षेक्रको लागी रू २ करोड विनियोजन गरेकीछु ।
२) स्वास्थ्यः(
स्वास्थ्य क्षेत्रलाई त्रमशः सुधार र विकाश गर्दै अगाडी बढ्ने हाम्रो प्रतिवद्धता हो । २०७४ सालमा स्थानिय तहको निर्वाचन भइ जनप्रतिनिधीले कार्यभार सम्हाल्नु पूर्व इटहरी उपमहानगरपालिका भित्र एउटा प्राथमिक स्वास्थय केन्द्र चारवटा स्वास्थ्य चौकि र तीनवटा शहरी स्वास्थ्य क्लिनीकहरू संचालनमा थिए । प्राथमिक स्वास्थ्य केन्द्र आज इटहरी अस्पतालमा रूपान्तरण भई २४ सै घण्टा इमरजेन्सी सहितको ओ.पि.डी सेवा उपलव्ध छ । चार जना डाक्टर सहितको स्वास्थ्य कर्मीहरूले सेवा उपलव्ध गराउदै आएका छन् तर यतिका जनशक्तिले र प्राप्त सेवाले मात्र सेवा प्रभाव गर्न सम्भव नभएको हुनाले इटहरी अस्पतालमा थप नँया आवश्यक उपकरण सहित तथा सैया समेत थप गरी विशेषज्ञ सेवा उपलव्ध गराउनु पर्ने आवश्यक्ता छ तर कानूनी व्यवस्था र संचालन गर्दा लाग्ने ठूलो रकम र हाम्रो सार्मथ्यलाई मध्यनजर गर्दै अगाडी वड्न हामि निरन्तर प्रयत्नरत छौ । इटहरी अस्पताल परिसर भित्र ३३ कोठे नँया भवन निर्माणको कार्य अगाडी वढी सकेको छ । इटहरी अस्पतालको आफनै एम्बुलेन्स सेवा प्रारम्भ हुंदैछ । प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाको संयुक्त प्रयासमा इटहरी अस्पतालका लागि आगामी आर्थिक वर्षमा उल्लेख्य रकम खर्च गरेर अस्पतालको सुधार विकाश र स्तरोन्नती गरिने छ ।
आगामी आर्थिक वर्षमा इटहरी अस्पताल मार्फत पचास वर्ष माथिका नागरीकको मुटु, सुगर लगायतका रोगको निशुल्क परीक्षण र पचहत्तर वर्ष माथिका ज्येष्ठ नागरीकको सर्म्पूण रोगको परीक्षण गर्ने तयारीे छ ।
आगामी आर्थिक वर्षबाट इटहरी अस्पतालको स्तरोन्नती मात्र होइन खनार स्वास्थ्य चौकीमा ल्याव र बर्थिङ्ग सेन्टरको स्थापना सहित २० मध्ये १९ वटा वडामा आधारभुत शहरी स्वास्थ्य सेवा केन्द्र संचालनका लागी भवन निर्माणको काम समेत प्रारम्भ भइसकेको छ इटहरी वार्ड नं २ र १७ मा रहेका आर्यूवेद औषधालयका चिकित्सक र स्वास्थ्यकर्मीहरूबाट थेरापी सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रर्वद्यन सेवा प्रदान गरिदै आएकोमा आगामी आर्थिक बर्षबाट आयुर्वेदिक औषधालयहरू मार्फत प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गरिने थप स्वास्थ्य सेवा विस्तार गरिने छ भने वार्ड नं १ मा एक नयां आयूर्वेद तथा प्राकृतिक चिकित्सा स्वास्थ्य केन्द्रको स्थापना गरी संचालन गरीनेछ ।
कोरोना झाइरस संक्रमणको कारण संत्रमितहरूको उपचार, क्वारेन्टाइनको संचालन, आवश्यक उपकरण खरिद लगायतका शिर्षकमा अझै केही समय सम्म खर्च गर्नु पर्ने परिस्थिती विद्यमान छ । स्वास्थ्य क्षेक्रको कार्यत्रम बनाई रहदा खेरी कोरोना भाइरस नियन्क्रण शिर्षकमा समेत खर्च गर्न हुने गरी कार्यत्रम तय गरिएको छ ।
संघीय सरकारले अगाडी सारेको स्वास्थ्य बिमा कार्यक्रम मार्फत नागरिकको स्वास्थ्य सेवामा पहुच बृद्धि भएको छ । १ नं. प्रदेशमा सबै भन्दा बढी स्वास्थ्य बिमा गर्ने पालिकाको रूपमा इटहरी उपमहानगरपालिका परिचित भएको छ । हाल जेठ मसान्त सम्ममा ६० हजार ३ सय ७२ ले स्वास्थ्य बिमा गरेका छन् भने यी मध्ये इटहरी अस्पतालबाट ३१ हजार ११ जनाले स्वास्थ्य बिमा मार्फत स्वास्थ्य सेवा लिईरहेका छन् ।
इटहरी नगर क्षेत्रमा रहेका गरीब, दलित तथा विपन्न परिवारले सहज र सरल उपचार प्राप्त गर्न सकुन भन्ने उदेश्यले आगामी आर्थिक बर्षमा एक हजार विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गरिने छ । गैर नाफामुखी सामुदायिक संस्थाहरूलाई आयुर्वेदिक, स्वास्थ्य संस्था, प्राकृतिक चिकित्सालय तथा जडिबुटी प्रशोधन कार्य जस्ता मानव स्वास्थ्यसंग सम्बन्धित कृयाकलापहरू गर्न गराउन सहजीकरण गर्दै जाने नीति अवलम्बन गरिने छ ।
स्वास्थ्य क्षेक्रको सेवा विस्तार सुढृढीकरण र स्तरोन्नतीका लागि रू २ करोड ५० लाख विनियोजन गरेकी छु ।
३) महिला सशत्तिकरण र समावेशीकरणः–
महिला हिँसा प्रभावित महिलाको सुरक्षा र संरक्षण आज पनि एउटा महत्वपूर्ण सामाजिक विषय हो । यसलाई व्यवस्थित र सुरक्षित वनाउन हिंसा प्रभावित कोषको स्थापना भइसकेको छ । यस कोषलाई थप उन्नत वनाइनेछ । इटहरी उपमहानगरपालिका आफैले प्रदेश भरीको हिंसा पिडीत महिलाका लागि संचालन गरीएको सुरक्षित आवास गृहको आफनै भवन निर्माण कार्य प्रारम्भ गरीएको छ । यस आवास गृह सेफ हाउस प्रत्येक बर्ष सयौं हिंसा पिडित महिलाले संरक्षकत्व प्राप्त गरिरहेका छन् । सुरक्षित आवास गृह निर्माण कार्य आगामी आर्थिक बर्षमा सम्पन्न गरी थप सेवा सुविधा उपलब्ध गराईने छ । त्यस्तै इटहरी २ मा मानव सेवाको उदाहरणको रूपमा कार्य गरिरहेको माया घर व्यवस्थापन र सञ्चालनमा समेत आवश्यक सहयोग गरिनेछ ।
मातृ शिशु पोषण कार्यक्रमलाई प्रभावकारी वनाउन इटहरी अस्पताल र उपमहानगर क्षेत्र भित्रका वर्थिङ्ग सेन्टरमा सुत्केरी हुने महिलाका लागि थप १ हजार मातृ शिशु पोषण भत्ता उपलव्ध गराउने कार्यक्रमबाट गरीव र विपन्न परिवारमा राहत पुगेको अनुभुती गरीएको छ । यो कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था गरेकीछु ।
मातृ शिशु मृत्यू दर कम गर्नका लागि इटहरी अस्पताल र बर्थिंङ्ग सेन्टरमा सुत्केरी हुने गरीव र विपन्न वर्गका महिला र शिशुको सुरक्षाको लागि चालु आ.व.मा थालनी गरिएको उपमेयर सुत्केरी भेटघाट कार्यक्रम प्रभावकारी भएको महसुस गरीएको छ र यस कार्यक्रमलाई समेत आगामी आर्थिक वर्षमा निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था गरेकी छु ।
उद्यम विहीन महिलाहरूलाई उद्यमी र आत्मनिर्भर वनाउन र उनको क्षमतालाई अभिवृद्धि गर्न उपमेयर आत्मनिर्भर कार्यक्रमबाट अहिले सम्म तीनसय भन्दा वढी महिलाहरू प्रत्यक्ष लाभान्वित भइ आय आर्जन गर्न थालिसकेका छन् यो कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था गरेकीछु । लैगिंङ्ग हिंसा मुक्त नगर निर्माणका लागी स्थानिय स्तरमा २० वटै वडामा प्रतिरक्षा समूह र ६० वटा किशोरी साथी समूह निर्माण भई करीव १ हजार महिला र किशोरीहरू संगठित भई महिला हिंसा विरूद्धको अझियानमा क्रियाशिल छन र यस कार्यत्रमलाई अगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइनेछ ।
४) वालवालिका तथा किशोर किशोरीः–
इटहरी नगरलाई बालमैत्री नगर वनाउने अभियानको प्रारम्भ भइसकेको छ । यसै सर्न्दभमा वडा नं १८ पहिलो बालमैत्री वडा घोषणा भएकोमा सम्पूर्ण वडा समिति परिवार र वडाबासीलाई धन्यवाद दिन चाहन्छु । यो अभियानलाई आगामी वर्षमा पनि अन्य वडामा विस्तार गरी वालवालिकाको संरक्षण गरिने छ र बाल अधिकारका लागि वाल सञ्जाल र वाल संरक्षण समितिको माध्यमबाट बिशेष अभियान संचालन गरीनेछ ।
वालश्रम र जोखिममा परेका वालवालिकाको संरक्षणका लागि उद्धार र व्यवस्थापन गरिएको छ । सडक वालवालिकाहरूको सरंक्षणका लागि भ्वाइस अफ चिल्डे«नको सहर्कायमा व्यवस्थापन गरी संरक्षण गरिएको छ । साथै वालविवाह जस्तो सामाजिक अपराधको निर्मूलीकरणका लागि वालविवाह रोक्ने अभियान संचालन गरिरहेका छौ. र यसै सर्न्दभमा वालविवाह गर्नेको गोप्य सूचना दिनेलाई पुरस्कारको व्यवस्था भए वमोजिम चालु वर्षमा गोप्य सूचना दिने १० जनालाई पुरस्कृत गरिएको छ ।
यो कार्यक्रमलाई आगामी आर्थिक बर्षमा पनि निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरेकीछु
५) ज्येष्ठ नागरिकः–
ज्येष्ठ नागरिकसंग भएको ज्ञान, सीप र अनुभवलाई समाजको सकरात्मक परीवर्तनमा उपयोग गर्ने नीति अबलम्बन गर्दै आएको सन्दर्भमा उनीहरूको ज्ञान, सिप तथा दक्षतालाई नगरको बौद्धिक सम्पत्तिको रूपमा संरक्षण तथा सदुफयोग गर्ने कार्यक्रम अघि बढाईने छ । ज्येष्ठ नागरिकहरूका लागि व्यवस्था गरींदै आएको दिवा स्याहार कार्यत्रम, मनोरञ्जनका सामग्री वितरण र रामजानकी वृद्धाश्रमका लागि दिइदै आएको सहयोगलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइनेछ । हाल सम्म ६ वटा वार्डमा निर्माण भएका ज्येष्ठ नागरिक मिलन केन्द्रलाई थप व्यवस्थित वनाउदै अन्य वार्डहरूमा समेत जेष्ठ नागरिक मिलन केन्द्र क्रमश विस्तार गर्दै लगिनेछ । ज्येष्ठ नागरिकले पाउने सामाजिक भत्ता सहज ढंगले प्राप्त गर्ने नीति अबलम्बन गरी कार्यक्रम अगाडी बढाइने छ । ज्येष्ठ नागरिकका लागि संचालन गरिने विभिन्न कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेकीछु ।
६) अपांगता सम्बन्धमा ः–
अपांगता भएका नागरिकहरूको संरक्षण प्रदान गर्नु सेवा सुविधा उपलब्ध गराउनु एउटा महत्वपूर्ण विषय हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारको समेत सहकार्यमा इटहरी उपमहानगरपालिका भित्र अपांगत रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको थालनी भएको छ । अपांगता भएका व्यक्तिहरूको सर्वेक्षण गरी प्रोफाइल तयार गरिएको छ । नगरभित्र रहेका करीव १८ सय अपांगता भएका नागरिकहरूको स्वास्थ्य, शिक्षा र जिवीकोपार्जनमा प्रत्यक्ष सहयोग पुरयाउनुका साथै भविश्यमा जन्मिने शिशुहरूलाई अपांगता हुनबाट रोक्ने समेत यस कार्यक्रमको उद्धेश्य रहेको छ । यस कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तर संचालन गरीनेछ ।
अति अशक्त अपांगता भएका व्यक्तिहरूको घरघरमै परिचय पत्र पुरयाउने र उनले पाउने सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउने कार्यलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिईनेछ । अपांगता झएका नागरीकको सेवा सुविधा तथा सुरक्षाको लागि सम्बन्धित कार्यक्रमहरूलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरेकीछु ।
७) यूवा तथा खेलकुदः–
यूवा शत्तिको शारीरिक, मानसिक लगायत अनेकौं आयममा सकरात्मक परीवर्तन ल्याउन विगत देखि संचालन हुंदै आएको मेयर कप फुटवल प्रतियोगिता लगायत विभिन्न नगरस्तरीय खेलकुद प्रतियोगिता जस्ता कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिईनेछ ।
नगरक्षेत्र भित्र संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरूसंगको साझेदारी तथा सहकार्यमा इटहरी ओलम्पिकको आयोजना गरिने छ । यसलाई नगर खेल सप्ताहको रूपमा व्यवस्थित तथा मर्यादित ढंगले संचालन गरिने छ ।
राष्टि«य, अन्तराष्टि«य स्तरमा उत्कृष्ट खेलाडीको परीचय वनाएका खेलाडीलाई सम्मान तथा पुरस्कार कार्यक्रम आगामी आर्थिक वर्षमा समेत संचालन गरीनेछ ।
चालु बर्ष नगरक्षेत्रका ६ वटा खेल मैदानको स्तर उन्नती गरी सुविधायुक्त बनाउने योजना संचालनमा छ भने आगामी आर्थिक बर्षमा समेत थप खेल मैदान स्तरउन्नती गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
चालु बर्षमा नगरपालिकामा नयां खेलाडी उत्पादन गर्ने र त्यसमा पनि महिला खेलाडीहरूलाई बिशेष प्रोत्साहित गर्ने उदेश्यले एक महिने फुटबल प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ । यसले महिला खेलाडी फुटवल टीम तयार भएकोछ । यस कार्यक्रमबाट खेल जगतको विकासमा नयां खेलाडीहरूको उत्पादनको लागि प्रशिक्षण दिन बिशेष ध्यान पुर्याउन हामीलाई प्रोत्साहित गरिएको छ ।
विदेशबाट फmर्किएका यूवा शक्तिहरूलाई नँया रोजगारीका अवसर श्रृजना गर्नका लागी यूवा स्वरोजगार कार्यत्रम सञ्चालन गरीनेछ । यूवा तथा खेलकुद शिर्षकमा आवश्यक बजेटको व्यवस्था गरेकी छु ।
८) संस्कृति भाषा, कला, साहित्यः–
विभिन्न जातिय समुदायका महत्वपूर्ण संस्कृति झल्किने संग्रहलायबाट संस्कृतिक पर्यटनमा टेवा पुग्ने एउटा महत्वपूर्ण पक्ष हो । यस्तो विषय वहुजातिय संग्रहलाय स्थापना मार्फत एक हदसम्म सम्वोधन गर्न सकिन्छ भन्ने तथ्य प्रति गंभिर हुँदै इटहरी उपमहानगरले यसको म्एच् समेत तयार भै सकेको सन्दर्भमा आगामी आर्थिक वर्षबाट बहुजातिय संग्रहलाय निर्माण कार्य थालनी गरीनेछ र यो शिर्षकमा रू १ करोड विनियोजन गरेकी छु ।
इटहरी क्षेत्रमा सम्पतिको रूपमा रहेको भाषा, कला र साहित्यको सर्वाङ्गिण विकासलाई सुदृढ गर्न नगर स्तरमा नगर प्रमूख संरक्षक र उपप्रमूख सह संरक्षक रहने गरी आगामि आर्थिक वर्षमा इटहरी भाषा, कला र साहित्य सृजना परीषद/प्रतिष्ठान गठन गरीनेछ । इटहरी क्षेत्रमा विभिन्न विद्यामा उत्कृष्ट योगदान गर्ने सर्जकलाई पुरस्कार र सम्मान प्रदान गर्ने कार्यको थालनी गरिने छ । नगरपालिका हाताभित्र रहेको पुस्तकालयमा पुस्तकहरू थप गरी व्यवस्थित गर्ने कार्य चालु आर्थिक वर्षबाट सुरू गरिएकोछ । अगामी वर्ष थप पुस्तकको व्यवस्था गर्दै इ लाइव्रेरी स्थापना समेत गरिने । समग्र भाषा, कला साहित्यको विकास सृजनाको क्षेत्रमा गर्न आगामी आर्थिक वर्षका लागी आवश्यक बजेटको व्यवस्था गरेकी छु ।
९) आदिवासी, जनजाती, दलित तथा समावेशीकरणः–
यस इटहरी नगरभित्र वसोवास गरिरहेका आदिवासी जनजाति, दलित, पिछडावर्ग लगायत तेस्रो लिंगीहरूको वृद्धि तथा विकासको लागि उपमहानगरपालिकाले आवश्यक कार्यक्रम सञ्चालन गरिरहेको छ । आगामी आर्थिक वर्षका लागि पनि समावेशी सिद्धान्तलाई आत्मसात गरी त्यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था गरेकी छु ।
दलित तथा पछाडी पारिएका वर्ग समुदायको हितमा जातिय विरूद्ध कानुन निर्माण भए पनि समुदायस्तरमा अहिले विभिन्न प्रकारका छुवाछुत, विभेदका घटना हुने गरेको पाइन्छ । यस्तो अवस्था अन्त्य गर्दै समाजमा सबैले मर्यादित र सम्मान पूर्वक बाच्न पाउने वातावरण सृजना गर्ने जातीय विभेद विरूद्ध अभियान सञ्चालन गरिनेछ, दलित समुदायले अपनाउदै आएका पुरख्यौली पेसाहरूको आधुनिकिकरण र व्यवसायिकरण गर्ने र इटहरीभित्रका दलित समुदायको अवस्था पहिचान गर्न यसै आ.व.बाट प्रोफाइल तयारी गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
इटहरी उपमहानगरपालिकाभित्र आदिवासी जनजाती समुदायको निकै ठूलो बाहुल्यता रहेकोछ । यसभित्र भएका जातजातीहरूको भाषा संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरि जनजाती युवा तथा महिलाहरूको सिप तथा क्षमता विकास गर्न आवश्यक कार्य सञ्चालन गरिनेछ ।
१०) विपन्न समुदाय वस्ती विकास कार्यक्रमः–
विकासका मुलप्रवाहमा नसमेटिएका मुसहर समुदायका विकासका लागि संघीय सरकार र इटहरी उपमहानगरपालिकाको संयूक्त सहभागितामा वार्ड नं १६ मा मुसरहर समुदायका लागि मुसहर वस्ती आवास कार्यक्रम सञ्चालन भइरहेको र चालु आर्थिक बर्ष भित्रमा ९ वटा आर्कषक घर निर्माण सम्पन्न गरी सम्वन्धित समुदायमा हस्ताणतरण गरीनेछ । यो कार्यक्रम आगामी वर्ष पनि निरन्तर संचालन गरीनेछ । यस्तो कार्यक्रमबाट उनीहरूको आत्मविश्वास बढनुका साथै एक किसिमको नँया पर्यटकिय क्षेत्रको विस्तार हुने विश्वास लिएकी छु ।
आगामी आर्थिक वर्षबाट हजारौ वर्ष देखि जातिय पहिचानको रूपमा गरीव र विपन्न अवस्थामा रहेका मुसहर डुम चमार समुदायका घरमा रहेको फुसको छानो हटाएर टिनको छानो लगाउने अभियान संचालन गरीनेछ र क्रमश आगामी तीन वर्ष भित्र इटहरीका मुसहर चमार, डुम समुदायका सवै घर फुसको छानो विहीन हुने घोषणा गर्न चाहन्छु ।
विपन्न समुदाय विकास कार्यक्रम संचालनका लागी रू पचास लाख विनिोजन गरेकी छु
११) सहकारी अभियान ः(
इटहरी उपमहानगर भित्र सैयौंको संख्यामा सहकारी संस्थाहरू संचालनमा छन् । तिनको सुढृढीकरण र सहकारी सुशासन पनि हाम्रो जिम्मेवारी हो भन्ने मान्यतालाई आत्मासात गरीएको छ ।
एक भन्दा वढी सहकारी मर्ज भै एउटा सहकारी एक आपसमा संस्था निर्माण भएमा त्यस्ता सहकारी संस्थाका लागी आवश्यक सहयोग गरीनेछ । एक सहकारी एक उत्पादनमा जोड दिइनेछ र त्यसरी उत्पादनमा सहभागी हुने सहकारी संस्थालाई आर्थिक रूपले सहयोग गरी प्रोत्साहित गरीनेछ । सहकारी संस्थाहरूको सुढृढीकरण र विकासका लागी आवश्यक कार्य योजना वनाई कार्यान्वयन गरिनेछ । सहकारी संस्थाहरूलाई शुपथ मूल्यका पसल स्थापना गरी संचालन गर्न प्रोत्साहित गरीनेछ र शुपथ मुल्यका पसल संचालन गर्ने सहकारी संस्थालाई समेत आर्थिक सहायता प्रदान गरीनेछ । नगर क्षेत्र भित्र संचालित सहकारीहरू संग समन्वय गरी एक बिशिष्टीकृत सहकारी संघ गठन गरी उक्त संघलाई उत्पादन वितरण तथा बजारीकरणका कार्यक्रम संचालन गर्न प्रोत्साहित नीति अबलम्बन गरिने छ । समग्र सहकारी अभियानका लागि आवश्यक बजेटको व्यवस्था गरेकीछु ।
१२) कृषि तथा पशु विकासः(
उपमहानगर क्षेत्रमा कृषि तथा पशुपंक्षि क्षेत्रको विकाशको लागी चालु आ.व.मा दुध, अण्डा, मासु, माछा र तरकारीमा आत्मनिर्भर वन्न सकियोस र थप रोजगारीका अवसर श्रृजना हुन सकोस भन्ने उद्धेश्यले कृषिमा आश्रित नागरीकलाई कुखुरापालन, कोरली गाइर्, बाख्रा, वगुंरपालनका लागी सहभागितामा आधारीत अनुदान कार्यक्रम संचालन गर्नुका साथै व्यवसायिक तरकारी खेती गर्न चाहने किसानलाई मल, वींउ, विजन र प्रविधी लगायतका सुविधा चालु वर्षमा उपलब्ध गराइएको छ । यो कार्यक्रमबाट एकै वर्षमा ४० वटा कृषि समूह र १ हजार ७६ किसानले लाभ प्राप्त गरी सक्नु भएको छ ।
मुख्य शहरी क्षेक्रमा कौशी खेती कार्यत्रमलाई प्रोत्साहित गरिएको छ ।
आगामी आर्थिक वर्ष देखि उपमहानगर क्षेत्रमा बाँझो जमिन राख्न नपाइने नीति लिईनेछ र कतै बाँझो जमीन रहेमा त्यस्तो जमिनमा उत्पादन गर्न चाहने किसानलाई कृषि उत्पादनमा सहभागी हुन वडा कार्यालय मार्फत सिफारीस दिई इटहरीलाई बाझmो जमिन मुक्त नगर घोषणा गरिनेछ । यस आ.व. २०७७/७८मा ५० कृषि समुह निर्माण गरी कार्यत्रम संचालन गरिने छ ।
विश्वव्यापी कोरोना भाइरसको माहामारीका कारण विदेशमा बस्न नसकि रहेका स्वदेश फर्कने इटहरी वासीलाई कृषि पेशामा संलग्न गराई रोजगार वनाउने गरी कार्यक्रम संचालन गरीनेछ । चालु आ.व.मा किसानलाई दिंइदै आएको अनुदान र प्रविधी हस्ताणतरण दुई करोड विनियोजन गरीएकोमा आगामी आर्थिक वर्षको कृषि तथा पशु विकास कार्यक्रमका लागि रू ३ करोड ७५ लाख बिनियोजन गरेकी छु ।
१३) उद्योग वाणिज्य व्यापार व्यवस्थाः(
घरेलु औधोगिक ग्राम निर्माण र संचालन गर्ने चालु आ.व.मा फ्रस्तावित कार्यक्रमलाई अगाडी वढाइएको छ । यस कार्यत्रमका लागि वार्ड नं ३ मा सात विघा जमिनको व्यवस्था भएको तथ्य सम्मानित सभा समक्ष निवेदन गर्न चाहन्छु ।
घरेलु औधोगिक ग्रामका लागि आवश्यक भौत्तिक संरचना निर्माणका लागी रू १ करोड विनियोजन गरेकी छु ।
व्यापार व्यवसाय क्षेत्रको व्यस्थापन ः( व्यापार व्यवसाय क्षेत्रको व्यवस्थापन सुरक्षा र विकाशका लागी व्यापार व्यवसाय क्षेत्रसंग सम्वन्धित संघ/संस्था र उद्योग वाणिज्य संघसंगको समन्वयमा आवश्यक नीति निर्माण गरी कार्यक्रम संचालन गरीनेछ ।
उत्पादित कृषि उपजको बजारीकरण र व्यापार व्यवसायलाई व्यवस्थित गर्न वडा नं. ९ मा रहेको कृषि बजारलाई अत्याधुनिक कृषि बजारको रूपमा विकास गर्न फ्रदेश सरकारको सहयोग र समन्वयमा कार्यक्रम सञ्चालन गरीने छ । यस कार्यत्रमलाई आगामी दुइ वर्षभित्र सम्पन्न गर्न आगामी आर्थिक वर्षका लागि आवश्यक बजेटको व्यवस्था गरेकी छु ।

१४) वातावरण, सरसफाई र खानेपानीः–
वढ्दो शहरीकरणका साथै सघन बस्ति विकाश उद्योगधन्दा व्यापार व्यवसायमा भएको बढोत्तरी र नगरका शहरी क्षेत्रमा तिव्रगतीमा वढिरहेको मानवीय आवतजावत तथा सवारी यातायातको आवागमनका कारण वातावरणलाई स्वच्छ र सफा राख्नु स्थानिय सरकारको एउटा महत्वपूर्ण जिम्मेवारी र दायित्व हो भन्ने अनुभवका आधारमा स्वच्छ वातावरण सहितको हरीत इटहरीको नीतिलाई कार्यान्वयन गरीनेछ ।
प्रत्येक नँया घर निर्माण गर्दा तीनवटा विरूवा राप्ने र तिनको संरक्षणको नीतिलाई कडाइका साथ लागु गरीनेछ ।
प्रत्येक सडक निर्माण गर्दा सडकको दुवै किनारामा वृक्षारोपण गर्ने र त्यसरी रोपिएको विरूवा स्थानिय उपभोक्तालाई संरक्षण गर्ने जिम्मेवारी दिने नीतिलाई कार्यान्वयन गरीनेछ ।
प्रत्येक वडाका सडक किनारा तथा खाली जमिनमा आगामी आर्थिक वर्षमा कम्तिमा एकलाख विरूवा रोप्ने र तिनको संरक्षण गर्ने योजनालाई कार्यान्वयन गरीनेछ ।
बृक्षारोपण गर्दा औषधीजन्य र फलफुल संग सम्बन्धित विरूवाहरू लगाउन प्रोत्साहित गरिने छ । आगामी बर्ष विगतमा रोफिएका विरूवा गोडमेलर गणना गर्न बृक्ष गणना बर्षको कार्यक्रम संचालन गरिने छ ।
चालु आ.व.मा स्विकृत जनता त्रिकेट पार्कको अधुरो योजनालाई आगामी वर्ष निरन्तरता दिइनेछ । चालु आ.ब.मा इटहरी वडा नं. ४, १२, २० मा मिनि वा चिल्ड्रेन पार्कको रूपमा निर्माण कार्य थालनी भई सकेको छ र त्यस्ता पार्कहरूको निर्माण कार्य आगामी आर्थिक बर्षमा सम्पन्न गरिने छ । साथै वडा नं. ३, ९, १३, मा नयां मिनि पार्कको निर्माण आगामी बर्ष सम्पन्न गरिने छ भने त्यस्ता पार्कमा खुल्ला व्यायामशालाको अभ्यास गर्ने स्थानको रूपमा विकास गरिने छ भने वडा नं. १७ मा छुट्टै विसनपुर फार्कको निर्माण गरिने छ । वातावरण संरक्षण सम्वन्धि कानुन बनाइ लागु गरीनेछ ।
जनता क्रित्रेट पार्क, मिनि पार्क वा चिल्ड्रेन पार्क सम्बन्धी कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेकीछु ।
इटहरी उपमहानगरपालिकामा फोहोर मैला व्यवस्थापन सम्वन्धि कार्य नीजि क्षेत्रसंग संझौता गरी जिम्मेवारी दिएको भएता पनि अहिले सम्म त्यति सन्तोषजनक कार्य भएको थिएन तर अहिले भने लकडाउनको कठिन अवस्थामा पनि फोहोर संकलन तथा व्यवस्थापनका लागी मेशिन जडान गर्ने काम भइरहेको छ र आगामी २०७७ साल कार्तिक महिना देखि आधुनिक प्रविधीद्धारा फोहोर प्रशोधन गरीनेछ । फोहोर मैला संकलन व्यवस्थापन प्रशोधनका लागि मापदण्ड स्विकृत गरी लागु गरिनेछ ।
आगामी आर्थिक वर्षबाट फोहोर संकलन क्षेत्र विस्तार गरीनेछ । डुवानको समस्याका लागि इटहरी नगर क्षेत्र भित्रका खोला नाला, पैनी, ड्रेन सफाई गरी पानीको वहावलाई स्वाभाविक वनाई डुवान मुक्त वनाउने कार्यलाई विगतदेखि नै कार्यान्वयन गरीनेछ । यसका लागी समग्र सरसफाई सम्वन्धि कार्यक्रमका लागी आवश्यक बजेट विनियोजन गरेकीछु ।
इटहरी नगरका विभिन्न वडाहरूमा विपन्न तथा गरिब घर परिवारले स्वच्छ र स्वास्थ खानेपानी पिउन सकुन भन्ने उदेश्यले गरिबका लागि खानेपानीको व्यवस्था आगामी आर्थिक बर्षबाट प्रारम्भ गरि त्यस पछिको अर्को आर्थिक बर्षमा यो योजना सम्पन्न गरिने छ ।
१५) विपद व्यवस्थापनः(
समय समयमा आइपर्ने प्राकृतिक तथा गैरप्राकृतिक विपदको व्यवस्थापन र संभावित विपदको समयमा गरीने राहत, उद्धार तथा पूर्व तयारी गर्नु स्थानीय सरकारको एउटा महत्वर्पूण जिम्मेवारी हो भन्ने तथ्यलाई हामिले आत्मासात गरेका छौं । विपदको समग्र व्यवस्थापनका लागी रू १ करोड विनियोजन गरेकीछु ।
१६) सडक तथा यातायात ः
नगरको विकासका अनेकौ क्षेत्र र आयाम छन् ति मध्ये सडक यातायात सबै भन्दा बढि जनताबाट माग हुने र यस क्षेत्रमा प्रत्येक बर्ष ठुलो लगानी हुने गरेको छ । परिणाम स्वरूप वडास्तरीय र नगरस्तरीय गरी एक सय किलोमिटर भन्दा बढी पक्की र ग्रावेल सडक निर्माण भई सकेको छ । बहुबर्षिय आयोजनाको रूपमा गत बर्षबाट प्रारम्भ गरिएको नगर गौरवका योजना ३० किलोमिटर सडक कालोपत्रे गर्ने योजना निरन्तर संचालन भईरहेको छ । यि ११ वटा बहुबर्षिय आयोजनाको निर्माण कार्य आगामी आर्थिक वर्ष समाप्त हुनेछ ।
इटहरी नगरक्षेत्र भित्र रहेका कालोपत्रे गर्न बांकी मुख्य सडकहरूलाई आगामी २ बर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने नीति लिईनेछ । चालु रहेका र आगामी आर्थिक बर्षबाट प्रारम्भ गरिने करिब ५० किलोमिटर सडक कालोपत्रे गर्ने योजना सम्पन्न भए पश्चात सडक यातायात क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्ध हासिल गर्ने लक्ष्य लिएका छौं । सडकका अतिरिक्त हामीले महत्वपूर्ण र ठूला पुलहरूको निर्माण प्रकृया सुरू भएको छ । ति पुल निर्माण आगामी बर्षमाा सम्पन्न हुनेछ । सडक यातायात क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गरेकी छु ।
१७) स्मार्ट पार्किङ्ग ः
चालु बर्षका लागि नेपाल सरकारको समपुरक अनुदान र हाम्रो आफ्नै श्रोतबाट सम्पन्न हुने गरी स्वीकृत स्मार्ट पार्किङ्गको योजनाका लागि रू. ५ करोड २५ लाख समेत प्राप्त भई ठेक्का बन्दोबस्तको लागि सूचना समेत प्रकाशित भई सकेको थियो । तर विश्वव्यापी कोरोना भाइरसको महामारीको कारण ठेक्का बन्दोबस्त हुन सकेन । नेपालकै लागि उदाहरणिय मानिने उच्च प्रविधियुक्त योजना आगामी बर्ष सम्पन्न गर्ने गरी संचालन गरिने छ । स्मार्ट पार्किङ्ग योजना संचालनका लागि रू. ५ करोड २५ लाख बिनियोजन गरेकी छु ।
१८) मुख्य शहरी क्षेत्रको सौन्दर्यकरण ः
इटहरीको मुख्य चोकबाट आसपास पूर्व पश्चिम राजमार्गको टेग्रा खोलादेखि पश्चिम खेती खोलासम्म सडकको दाया बांया विभिन्न रंगका टाली बिच्छाएर धुलो मुक्त शहर बनाउने योजना संचालन गरिने छ । यो योजना संचालनका लागि सम्बन्धित घरधनी र नगर उपमहानगरपालिकाको बराबरी लगानीमा संचालन गरिने छ । यो कार्यक्रमका लागि रू १ करोड विनियोजन गरेकी छु ।
१९) सवारी पार्किङ्गः
नगर क्षेत्रभित्र ठुलो संख्यामा ट्रक मिनि ट्रक लगायतका सवारी साधन अलपत्र ढंगले रोकेर रहने त्यसैले शहरको सौन्दर्य कमजोर हुने मात्र हैन सवारी साधनको असुरक्षाको ट्राफिक व्यवस्थापनमा हुने कठिनाइको अवस्थालाई समेत ध्यान दिई इटहरी ५ नं. वार्डमाा सवारी पार्किङ्ग क्षेत्र निर्माण गरिने छ । सवारी पार्किङ्ग क्षेत्र बाहेक सिटि र अटो रिक्सा पार्किङ्गका लागि आवश्यक व्यवस्था गरिने छ । सवारी पार्किङ्ग क्षेत्रको निर्माणका लागि रू. ५० लाख बिनियोजन गरेकी छु ।
२०) नगर यातायात तथा सडक सुशासन ः
नगरपालिकाको पूर्व पश्चिम र उत्तर दक्षिण राजमार्ग भन्दा बाहिर पनि अब नगर यातायात संचालन गर्न सकिने आवश्यक सडक निर्माण भै सकेको हुंदा आगामी आर्थिक बर्षबाट निजिक्षेक्र संग समन्वय गरी नगर यातायात सेवा संचालन गरिने छ ।
सडक क्षेत्रमा देखिने बिकृति र समस्यालाई दृष्टिगत गरी आगामी आर्थिक बर्षबाट सडक सुशासन कार्यत्रम तय गरी कार्यान्वयन गरिने छ । नगर यातायात तथा सडक सुशासन कार्यक्रमका लागि रू. ५० लाख बिनियोजन गरेकी छ ।

२१) जि.आई.एस.म्यापिङ्ग ः
इटहरी उपमहानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सडकबाटो र संरचनाहरूको अवस्था, नगरपालिकाले संचालन गर्ने आयोजनाको स्थान र अवस्था समानुपातिक वितरणको अवस्था आगामी दिनमा गरिने सम्पूर्ण कृयाकलाप देखिने र बुझिने गरी सबै बिषय मोवाइल फोनबाट समेत हेर्न सकिने प्रविधि आगामी आर्थिक बर्षमा प्रयोगमा ल्याईने छ । जि.आई.एस. म्यापिङ्गको प्रविधिबाट गरिने यो कार्यक्रमका लागि आवश्यक बजेट बिनियोजन गरेकी छु ।

२२) इटहरी चोक स्मारकः
इटहरी चोकमा विगतमा स्व.राजा विरेन्द्रको शालिक रहेको स्थान अहिले खाली रहेको छ सो स्थानमा आगामी बर्ष विश्व मानचित्रमा नेपाल रहने नेपालको नक्सा सहित पृथ्वी आकारको स्मारक बनाईने छ । यस कार्यक्रमले इटहरीको पहिचानलाई थप उन्नत बनाउने विश्वास लिएकी छु । इटहरी चोकलाई पृथ्वी चोक नामाकरण प्रस्ताव गर्न चाहान्छु ।
इटहरी ६ को वि.पि.चोकमा पूर्व प्रधानमन्त्री जन नायक स्वगींय विश्वेश्वर कोइराला र इटहरी वडा नं. १७ को लविपुरमा नेपाली लोकतान्त्रिक तथा प्रगतिशिल आन्दोलनका शिखर व्यक्तित्व जननेता स्व.मदन भण्डारीको शालिक निर्माण गरिनेछ ।
इटहरी उपमहानगरपालिका क्षेत्रमा रही विभिन्न बिधामा विशेष योगदान पुर्याउने इटहरी गा.वि.स.का पूर्व अध्यक्ष स्व. प्रमोद श्रेष्ठ, उपाध्यक्ष स्व. मलेछी चौधरी, विशिष्ट व्यक्तित्व स्व. विरनारायण चौधरी, स्व. दुखीलाल चौधरी, इटहरी नगरपालिका र इटहरी अस्पताललाई जग्गा प्रदान गर्ने जग्गादाताहरू र अन्य दिवंगत विशिष्ट व्यक्तित्वहरूको स्मरणमा विभिन्न वडाहरूमा सामुदायिक स्मृति भवनहरूको निर्माण आगामी आर्थिक बर्षबाट प्रारम्भ गरिनेछ । यी योजना कार्यान्वयनका लागि आवश्यक बजेटको व्यवस्था गरेकीछु ।
२३) प्राकृतिक सम्पदा, पर्यटन स्थालहरूको संरक्षणः
भान्सेपोखरी करैबना पोखरी, इटहरी ४ मा रहेको पोखरी लगायतका अन्य सार्वजनिक पोखरीको संरक्षण तथा तिनको सौन्दर्यकरण सम्बन्धी योजना आगामी बर्ष संचालन गरिने छ । चालु वर्षमा नै निर्माण कार्य अगाडी बडी रहेको यी योजना संचालन गर्न आवश्यक बजेटको व्यवस्था गरेकी छु । काव्यवाटिकामा प्रदेश सरकारको सहयोगमा प्रयर्टकीय स्थानको विकासको लागि काम धमाधम भइरहेको छ । यस कार्यलाई अगामी वर्षमा पनि निरन्तरता दिइने छ भने इटहरीको गौरवको रूपमा मानिएको तालतलैया क्षेत्रको बृहत्तर विकासका लागि समेत आवश्यक कार्ययोजना बनाई कार्यन्वयन गरिनेछ ।

२४) गुरू योजना ढःबकतभच एबिलभण् ः
इटहरी उपमहानगरपालिकाको विकाश र सम्बृद्धिका लागि विस्तृत गुरू योजना बनाई कार्यान्वयन गर्नु पर्ने आवश्यकतालाई मध्यनजर गरी अहिलेको इटहरीको अवस्था सम्भावना आगामी २५ बर्ष भिक्र के कस्ता योजना र कार्यत्रम संचालन गरिने हो इटहरी बासीको औषत गतिविधि कृयाकलाप र प्रगतिको स्थिती बुझ्न सकिने गरी आगामी आर्थिक बर्ष बिस्तृत गुरू योजना ढःबकतभच एबिलभण् निर्माण गरिने छ । यस कार्यक्रमको लागि रू. १ करोड बिनियोजन गरेकी छु ।
२५) नदि नियन्त्रणः(
इटहरी उपमहानगरपालिका भित्र वग्ने धेरै नदि, खोला, पैनी हाम्रा सम्पति हुन तर यस्तो सम्पतिको ठिक ढंगले व्यवस्थापन गर्न सकिएन भने यिनै नदि, खोला, पैनी अभिसाप पनि वन्न सक्ने खतराका बारेमा सचेत हुन जरूरी छ । नदि, खोला, पैनीमा वर्षेनी आउने बाढीका कारण दुवै किनारमा कटान भई ठुलो धनजनको क्षति हुने समस्यालाई नियन्त्रण गर्न आवश्यक छ । यस्तो नदि नियन्त्रणमा हुने लगानी अरवौ हुन सक्छ । यति ठुलो धनराशी खर्च गर्नु हाम्रो सामर्थ्य भन्दा धेरै ठुलो विषय हो , यसै तथ्यलाई मध्यनजर गर्दै चालु आर्थिक वर्षबाटै बाँसको विरूवा रोपेर बाँसको माध्यमबाट नदि नियन्त्रण गर्ने कार्य थालनी गरीसकेका छौं । र आगामी आर्थिक वर्षमा यो कार्यलाई निरन्तरता दिइनेछ भने कतिपय ठाँउमा ढुंगा जालीका माध्यमबाट सस्तो विधीबाट नदि नियन्त्रण गर्न पर्ने आवश्कता समेतलाई ध्यान दिंदै समग्र नदि नियन्त्रण सम्वन्धि योजना संचालनका लागी रू १ करोड ५० लाख विनियोजन गरेकीछु ।
२६) भवन निर्माण तथा जग्गा खरीदः(
इटहरी उपमहनगरको कार्यपालिकाको कार्यालय तथा वडा समितीको कार्यालयबाट सुविधाजनक ढंगले सेवा प्रवाहका लागी उपयूक्त भवन निर्माण गर्न र आवश्यक पर्ने जग्गा तथा भवन खरीदका लागी रू २ करोड ५० लाख विनियोजन गरेकीछु ।

२७) सार्वजनिक सेवा प्रवाह र प्रशासकिय व्यवस्थापनः(
उपमहानगरपालिका नेपालको संविधान र विद्यमान कानुनी व्यवस्था बमोजिम यो आफैमा एउटा सरकार हो । सरकार हुनुको नाताले लाखौं जनतामा सेवा सुविधा प्रवाह गर्नु पर्नेछ । उपमहानगरपालिकाको कार्यपालिकाको कार्यालय विभिन्न महाशाखा, शाखा, उपशाखा, २० वटा वार्ड कार्यालय, ३४ वटा सामुदायिक विद्यालय , २ मर्दशा, इटहरी अस्पताल, स्वास्थ्य चौकी र शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्रबाट प्रवाह गरीने सेवा सुविधालाई भरपर्दो सुविधाजनक र आधुनिक व्यवस्थापनमा आधारीत सुशासनमेत्री र प्रविधिमैत्री वनाउनु पर्ने आवश्यकक्ता छ । आजको युगमा कागज रहित प्रशासनको युगको आगामी आर्थिक वर्षमा उपमहानगरपालिकाको कार्यालयका सम्पूर्ण कार्यालयीय काम डिजीटाइजेशन प्रविधीका माध्यमबाट कागज रहित ढंगले सम्पादन गर्ने गरी नागरीकलाई प्रविधी सहितको छिटाछरितो सेवा उपलव्ध गराउने कार्यक्रम कार्यान्वयन गर्न रू १ करोड ५० लाख विनियोजन गरेकी छु ।
२८) आम सञ्चार ः(
राज्यको चौथो अंगको रूपमा रहेको आम सञ्चार क्षेत्रको विकाश, प्रगती र क्षमत्ता अभिवृद्धि गर्ने नीतिलाई आगामी वर्ष थप व्यवस्थित र उन्नत बनाइनेछ । आगममी आर्थिक वर्ष इटहरी उपमहानगर भित्रको पत्रकारिताको विकास र सुढृढीकरणलाई संस्थागत गर्न संचार नीति वनाई नगरपालिका अन्तर्गत रहने गरी इटहरी आमसंचार परिषद् गठन गरीनेछ । चालु वर्षमा संचालनमा रहेको रेडियो कार्यक्रमलाई अगामी वर्षमा पनि निरन्तरता दिदै इटहरीमा स्थापित अनलाइन पत्रिका लगायत पत्रपत्रिकाको विकासको लागि आवश्यक सहयोग उपलब्ध गराइनेछ । फेलोसि संगालोलाई प्रकाशन गर्ने आवश्यक व्यवस्था मिलाइनेछ । पत्रकारिता क्षेत्रका विभिन्न विद्यामा उत्कृष्ट योगदान पुरयाउने सञ्चार कर्मीलाई इटहरी आमसञ्चार परिषद्को परार्मशमा सम्मान तथा पुरस्कृत, लेखनवृति कार्यक्रम, पक्रकार क्षमता विकास कार्यत्रम गरिने छ । सूचना तथा विज्ञापन वितरण समानता र समानुपातिक सिद्धान्तका आधारमा गरिनेछ । इटहरी पत्रकार महासंघको भवन निर्माणका लागी आवश्यक सहयोग उपलव्ध गराइनेछ । इटहरी क्षेत्रको आमसंचारलाई थप विकास गर्न रू २५ लाख बजेट विनियोजन गरेकी छु ।
२९) कानून तथा न्याय प्रशासन ः
नेपालको संविधानले स्थानिय तहमा नै निश्चित क्षेत्राधिकार सहित न्यायिक समितिको व्यवस्था गरेको छ । इटहरी उपमहानगरपालिका भित्र हुने सामान्य खालका देवानी प्रकृतिका विवाद, झैझगडालाई स्थानिय स्तरमै व्यवस्थापन गर्न २० वटै वडाहरूमा महिला नगरसभा सदस्यको संयोजकत्वमा तालिम प्राप्त सामुदायिक मेलमिलापकर्ता समेत रहेको मेलमिलाप केन्द्र स्थापना भई कार्यरत रहेका छन् ति मेलमिलाप केन्द्र मार्फत वार्षिक रूपमा सैयौं विवादहरूको मिलापत्र भै रहेको र यस कार्यबाट धेरै नागरीकको समस्या समाधान भइरहेको छ र स्थानिय न्यायिक समितिले समेत कानून सम्मत ढंगले धेरै विवादहरूको मेलमिलाप र फैसला गरी नागरीकलाई न्याय प्रदान गर्ने कार्य निरन्तर गरिरहेको छ । समग्र कानून तथा न्याय प्रशासन व्यवस्थापनका लागि रू २० लाख बजेटको व्यवस्था गरेकी छु ।
३०) सुरक्षा व्यवस्थापनः(
टहरी उपमहानगरपालिका भित्र अवस्थित नागररिक सुरक्षाका लागि अहोरात्र खटि काम गरिरहने प्रहरीका लागि प्रहरी कार्यालय र सर्म्पूण प्रहरीको सुविधालाई थप सुढृढ वनाउन आवश्यक छ । यसै तथ्यलाई मध्यनजर गर्दै संघिय सरकार वा प्रदेश सरकारबाट भवन निर्माण सम्वन्धि कार्यक्रम स्विकृत भएमा आगामी आर्थिक वर्षमा आवश्यक (जग्गाको व्यवस्थापन गर्न आवश्यक बजेटको व्यवस्था गरेकी छु ।
३१) अनुगमनः–
बजार क्षेत्रमा हुने कतिपय विकृति विंसगतीलाई नियन्त्रण गर्न स्थानिय सरकार संचालन ऐन २०७४ ले स्थानिय सरकारलाई केही निश्चित अधिकार सहितको जिम्मेवारी सुम्पेकोछ । बजारमा हुने कालाबजारी खाद्य बस्तुको विक्री वितरण जस्ता विकृति नियन्त्रण र जनचेतनाको अभिवृद्धिको लागी बजारको नियमित अनुगमनको कार्यलाई अगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइ बजारमा व्यापारीक तथा व्यवसायिक सुशासन स्थापना गर्ने कार्यलाई निरन्तरता दिईने छ । यो कार्यक्रमका लागी आवश्यक बजेटको व्यवस्था गरेकी छु ।
३२) सुशासन र अनुगमनः–
कुनै पनि सरकारको प्रभावकारीता र विश्वसनियताको मूख्य आधार सुशासन हो । सुशासनमा जवाफदेहिता, नियमितता, पारदर्शिता र स्वच्छता जस्ता विषयहरू अन्तरनिहित हुन्छन् । हामिले पनि उपमहानगरपालिकालाई सकेसम्म सुशासनयुक्त र भ्रष्ट«ाचार मुक्त ढंगले संचालन गर्ने हरसंभव प्रयत्न गरीरहेका छौ। कार्यालयबाट हुने खरीद प्रक्रियालाई पारदर्शि वनाउने कानूनी व्यवस्था गरेका छौं । बैंकमा राजस्व यथा समयमा नै दाखिला गर्ने प्रणालीलाई कडाइका साथ लागु गरेका छौ । विना औचित्यको खर्च नियन्त्रण गर्ने प्रयत्न गरेका छौ । चालु आ.व.मा मात्रै ६ सय भन्दा वढी योजना संचालन भएका छन् ति प्रत्येक योजनाको स्थलगत रूपमा अनुगमन गरीएको छ । कम्जोर, गुणस्तर भएका गुणस्तर कायम गर्न लगाउने वा स्विकृत बजेट घटाएर मात्र झुक्तानी दिने नीति अवलम्वन गरेका छौं । आगामी आर्थिक वर्षमा सुशासन युत्त र भ्रष्ट«ाचार मुक्त इटहरी उपमहानगरपालिका वनाउने हाम्रो अभियानलाई आगामी आर्थिक वर्षमा थप प्रभावकारी र सुढृढ गरीनेछ ।
आदरणीय सभाध्यक्ष ज्यू,
अव म माथिका नीति तथा कार्यक्रमहरू कार्यान्वयनका लागि बजेट विनियोजन र श्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु ।
(क) आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न कुल वजेट विाियोजन रू १ अर्व ७८ करोड अनुमान गरेकी छु । कुल विनियोजन मध्ये चालुतर्फ रू ७१ करोड ७५ लाख, पूँजीगततर्फ रू १ अर्व ४ करोड ८५ लाख र वित्तीय व्यवस्था तर्फ रू १ करोड ४० लाख अनुमान प्रस्तुत गरेकी छु ।
(ख) आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यर्होने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त समानिकरण अनुदानबाट रू ३० करोड ९२ लाख, संघिय सर्शत अनुदानबाट रू ४१ करोड १८ लाख, संघिय राजश्व बाँडफाँडबाट रू १५ करोड ५ लाख ८६ हजार ४१० संघिय समपुरकवाट रू १ करोड ६८ लाख, प्रदेश समानिकरण अनुदानबाट रू ९४ लाख ७० हजार, प्रदेश शर्शत अनुदानवाट रू ७ करोड, प्रदेश समपुरकवाट रू १ करोड, प्रदेश राजश्व वांडफmांडवाट (रजिष्ट्रेशनवाट समेत) रू २४ करोड २१ लाख ४३ हजार ५९०, आन्तरिक आयबाट रू ३८ करोड १५ लाख तथा तराई मधेश समृद्धि कार्यक्रमबाट रू ३५ लाख, शासकिय सुधार कार्यत्रमवाट रू २ करोड, न्युनवित्त परिचालनवाट रू ५ करोड ५० लाख र नपुग हुने रकम रू १० करोड संचित कोषको मौज्दात परिवर्तनबाट प्राप्त गरी पूर्ति गरिनेछ ।
(ग) आगामी वर्षको लागि माथि उल्लेखित आय र व्ययको विवरणका अतिरिक्त संघीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता वापतको रकम सम्वन्धित लाभग्राहीहरूलाई बैंक मार्फत वितरण गरिने हुँदा यो आय व्यय विवरणमा समावेश नगरिएको व्यहोरा जानकारी गराँउछु ।
सभाध्यक्ष महोदय,
म आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व परीचालनका सम्वन्धमा गरीने नीतिगत व्यवस्था प्रस्तुत गर्ने अनुमती चाहान्छु ।
कुनै सरकार तह वा निकायको संचालन तथा व्यवस्थापन एक त्यस्ता सरकार तह निकायबाट जनतालाई दिनु पर्ने सेवा र सुविधा उपलब्ध गराउनु पर्ने र विकाश निर्माण लगायतका योजनाका लागी हुने खर्चको लागी राजस्व मुख्य आधार हो । जुन सरकारसंग राजस्व संकलनको क्षमत्ता जति सक्षम र प्रझावकारी हुन्छ त्यो सरकार त्यती नै शशक्त र वलियो हुन्छ । तसर्थ योजना र कार्यत्रमको माग र दवाव उच्च हुने तर कर राजस्व संकलन कमजोर भएमा हाम्रो उपमहानगरपालिका मात्र होइन इटहरी वासी पनि कमजोर हुने निश्चित छ ।
 आगामी आर्थिक वर्ष २०७७/०७८ मा सम्पतीकर, भूमीकर, व्यवसायकर, घरवहालकर, सिफारीस दस्तुर, लगायतका कुनै पनि करका दरमा सामान्य समायोजन बाहेक विल्कुलै बृद्धि गरिएको छैन । कोरोना भाइरसको महाविपतिका कारण चैत्र महिना ११ गतेबाट शुरू भएको लकडाउनका कारण मुलुकले ठुलो संकट व्यर्होनु परिरहेको र अझै पनि लकडाउनको अवस्था केही खुकुलो भएता पनि अरू थप समय कायम रहने अनुमान गर्न सकिन्छ र यो अवस्थाबाट सिंगो इटहरी नगर र नगरभित्रका उद्योगधन्दा, व्यापार, व्यवसाय लगायतका अनेकौ क्षेत्रमा परेको र पर्न सक्ने असरलाई मध्यनजर गर्दै कर राजश्वमा देहाय अनुसार हुने व्यवस्था मिलाएको छु ।
 आर्थिक बर्ष २०७६।०७७ को व्यवसायकर २०७७ साल माघ मसान्त सम्ममा बुझाएमा व्याज शुल्क, जरिवाना पूर्ण छुट सहित करमा २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएकी छु ।
 आर्थिक बर्ष २०७७।०७८ को व्यवसाय कर २०७७ साल माघ मसान्त सम्ममा बुझाएमा लाग्ने व्याज शुल्क जरिवाना पूर्ण छुट सहित लाग्ने करमा २० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । साथै २०७७।०७८ को बहाल कर सोही मिति सम्ममा बुझाउनेलाई त्रैमासिक अनुसार लाग्ने व्याज, शुल्क, जरिवाना छुट सहित करमा १० प्रतिशत छुट दिईनेछ ।
 आर्थिक बर्ष २०७६।०७७ वा सो भन्दा अघिका बर्षको सम्पत्तिकर र भूमिकर बुझाउन बांकी रहेका करदाताले २०७७ माघ मसान्त सम्ममा कर बुझाएमा लाग्ने व्याज, शुल्क, जरिवाना छुट हुने व्यवस्था मिलाएको छु ।
 करको दर बृद्धि गर्ने भन्दा दायरा बढाउने नीति अनुसार आर्थिक बर्ष २०७३।०७४ अगाडीको सम्पूर्ण व्यवसायकर मिनाहा दिईने र सो भन्दा पछि २०७५।०७६ सम्मको कर बुझाउनेलाई लाग्ने व्याज, शुल्क, जरिवाना पूर्ण छुट दिने व्यवस्था मिलाएको छु ।
 बहालकर तर्फ २०७५ असार मसान्त अगाडीको बहालकर सदाका लागि मिनाहा दिने व्यवस्था हुने गरी ऐनमा समावेश गरिएको छ । आर्थिक बर्ष २०७५।०७६, २०७६।०७७ र २०७७।०७८ मा लाग्ने बहाल कर पौष मसान्त २०७७ सम्ममा बुझाएमा लाग्ने व्याज, शुल्क, जरिवाना पूर्ण छुट सहित करमा क्रमश ५० प्रतिशत, ३० प्रतिशत र १० प्रतिशत छुट हुने व्यवस्था मिलाएको छु । यस व्यवस्थाले घर बहाल कर तिर्ने दायित्व भएका करदातालाई करको दायरामा आउन सहज हुने अपेक्षा गरिएको छ ।
कोरोना भाइरस (कोभिड १९) को कारण पूर्ण लकडाउनको विगतको अवधिमा जारी भएका सिफारीसमा दस्तुर मिनाहा हुने व्यवस्था मिलाएको छु । समयमै कर बुझाएर नगरको विकाशमा सहयोग पुर्याउन र आफु पनि ढिला भए वापतको लाग्ने थप जरिवाना, व्याज वा विलम्व दस्तुरबाट जोगिन समय मै कर राजस्व वुझाउन आदरणीय करदाताहरूमा हार्दिक अपिल गर्न चाहन्छु ।

आदरणिय सभाध्यक्ष महोदय,
चालु वर्षको बजेट नीति कार्यक्रमको संक्षिप्त समिक्षा र आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट प्रस्तुत गरीरंहदा हामीले प्रदेश सभाका माननिय सदस्य ज्यूहरू, संविधान सभाका माननिय सदस्यज्यूहरू, विज्ञ सल्लाहकार समूहका संयोजक र सदस्यज्यूहरू, विभीन्न राजनीतिक दल नागरीक समाज संचार जगत आदिवासी जनजाती, दलित, पिछडावर्ग, महिला, अपांगता भएका व्यक्ति,र सहकारी अभियन्ता लगायत अनेकौं क्षेत्रसंग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा परार्मश गरेका छौ सुझाव लिएका छौ । यो नीति, कार्यक्रम र बजेट तयार गर्न सुझाव र सल्लाह दिनु हुने सवैमा हार्दिक धन्यवाद दिंदै आभार प्रकट गर्न चाहन्छु । बजेट तथा योजना तर्जुमा समेतलाई महत्वपूर्ण मार्ग दर्शन गर्नु हुने श्रीमान नगर प्रमूखज्यू, यस कार्यमा सहयोग गर्नु हुन कार्यपालिकाका सदस्य ज्यूहरू, नगरसभाका सदस्यज्यूहरू, प्रमूख प्रशासकीय अधिकृत लगायत शाखा महाशाखा प्रमूख तथा कर्मचारी मित्रहरू लगायत सवै प्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गर्न चाहन्छु साथै यो नीति, कार्यक्रम र बजेटको कार्यान्वयन दृढता पूर्वक कार्यान्वयन हुने विश्वास लिएकी छु ।

धन्यबाद नमस्कार