धरानको बजेट एक अर्ब ७१ करोड (कुन क्षेत्रमा कति बजेट विवरणसहित)

alt
  • असार १०, २०७७
  • ब्लाष्ट खबर

धरान / धरान उपमहानगरपालिकाले एक अर्ब ७१ करोड ३५ लाख ४३ हजार ५ सय बराबरको बजेट आज प्रस्तुत गरेको छ ।
उपमेयर मञ्जु भणडरीले सो बरावरको बजेट सार्वजनिक गरेकी हुन । यो चालु आर्थिक बर्षभन्दा करिब ५ करोड कमको बजेट प्रस्तुत गरिएको छ । चालु बर्षको बजेट १ अर्ब ७७ करोड ९१ लाख रहेको थियो । कोरोना महामारीको कारण आन्तरिक आयमा भारी संकुचन देखिएकोले आगामी बर्षदेखि लागु हुने गरी जनप्रतिनिधिहरुको पोसाक भत्ता कटौती गरिएको मेयर तिलक राईले जानकारी दिए ।

आगामी बर्षको आन्तरिक आयतर्फ ५३ करोड ४२ लाख ४३ हजार ५ सय अनुमान गरिएको छ । संघीय समानीकरण अनुदानतर्फ ३० करोड ७६ लाख, प्रदेश समानीकरण अनुदानबाट ९५ लाख ३५ हजार आय अनुमान गरिएको छ । संघीय राजश्व बाँडफाडबाट १६ करोड ४२ लाख २९ हजार ४ सय ४४ र प्रदेश राजश्व बाँडफाडबाट १७ करोड ३ लाख ८० हजार आय अनुमान गरिएको छ ।

यसैगरि, संघीय समपुरक अनुदानबाट ३ करोड ३३ लाख, संघीय बिशेष अनुदानबाट १ करोड ५० लाख, जिल्ला समन्वय समितिबाट १ करोड, खानेपानी व्यवस्थापन बोर्डबाट १ करोड अनुमान गरिएको छ भने सडक बोर्डबाट १ करोड २० लाख, जनसहभागिताबाट १ करोड ५० लाख आय अनुमान गरिएको उपमहानगरले जनाएको छ ।

व्ययतर्फ भने प्रशासनिक खर्चमा ३१ कराड ८१ लाख ६८ हजार ५ सय विनियोजन गरिएको छ । वडागत प्रशासनिक खर्चमा २ करोड र कार्यक्रम तथा पूँजीगत खर्च २० करोड गरि २२ करोड विनियोजन गरिएको छ । क्रमागत भुक्तानीलाई २२ करोड ५५ लाख, नगर गौरवको आयोजनातर्फ ४ करोड ५० लाख विनियोजन गरिएको छ । बिषयगत कार्यक्रमहरु शिक्षा, पर्यटन, खेलकुद, सुचना, वन, वातावण लगायत अन्य पुँजीगत निर्माण सुधारतर्फ ९१ करोड ४८ लाख ७५ हजार विनियोजना गरिएको छ ।
लामो सयमदेखि थाती रहेका बस पार्क, एयरपोर्ट जग्गा व्यवस्थापनलगायतमा बजेट विनियोजन गरिएको उपमेयर भण्डारीले जानकारी दिइन ।

गर गौरवको योजनाहरुको लागि ३५ करोड ४५ लाख
आगामी बर्ष शहरी योजना तथा भौतिक पुर्वाधार विकासतर्फ क्रमागत योजनाहरुको भुक्तानी तथा नयाँ कर्याक्रम र नगर गौरवको योजनाहरुको लागि ३५ करोड ४५ लाख विनियोजना गरियो ।

कुन विषयमा कति बजेट
शिक्षा युवा तथा खेलकुदः                                            ३७ करोड ७५ लाख
स्वास्थ्यमाः                                                           ५ करोड ३८ लाख,
सामाजिक विकास:                                                  २ करोड २ लाख
आर्थिक विकासतर्फ कृषि, पशु, सहकारी र उद्योगमाः             १ करोड ९० लाख
वन वातावरण तथा विपद व्यवस्थापनमाः                           १ करोड ३८ लाख
पर्यटनमा:                                                           १ करोड ५५ लाख
सुचना तथा संचारमा:                                              ३० लाख
साहित्य कला र साँस्कृतिमा:                                      ३० लाख
अव्यवस्थित बसोबास तथा सुकुम्बासी व्यवस्थापनमा:            ५० लाख
मजदुर कल्याण कार्यक्रम:                                        ५ लाख

प्रदेश १ ले पिसिआर प ...

विराटनगर / प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराक ...

मेचीनगरका एक चिकित्स ...

भद्रपुर/ सीमा नाकासँग जोडिएको झापाको मेचीनगर नगरपालिकाम ...

बीपी प्रतिष्ठानको रज ...

धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै न ...

धरानको लकडाउन दृष्य, ...

धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved