धरान । धरान–११ स्थित नयाँ लक्ष्य उपचार तथा पुनस्र्थापना केन्द्रमा उपचाररत एक युवाको कुटपिटबाट मृत्यु भएको छ ।

दुव्र्यसनमा फसेका युवाको उपचारका लागि केन्द्रमा राखिएक तेह्रथुम मेन्छ्यायेम गाउँपालिका–६ का ३३ वर्षीय खड्गबहादुर राईको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले कुटपिटको आरोपमा सञ्चालकसहित ९ जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीका अनुसार राईको गत मङ्गलबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो । प्रहरीका अनुसार केन्द्रको सिसीटिभी क्यामेराको फुटेजमा उनलाई पाता कसेर कम्मरमा कम्ब्याट र डसनाले हातखुट्टासमेत चल्न नदिने गरी बाँधेर लडाएको देखिएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेमा केन्द्रका सञ्चालक धरान–८ का ३५ वर्षीय मणिराज राईसहित नौजना रहेका छन् ।

प्रहरीका अनुसार सोही ठाउँका २५ वर्षीय राकेश प्रधान, २० वर्षीय श्रवण राजधानी, ४० वर्ष निकेश सुनुवार, ४१ वर्षीय सुरेन लिम्बू, ३८ वर्षीय हस्तबहादुर विश्वकर्मा, ३७ वर्षीय बिरु लिम्बू, ३५ वर्षीय सचिन राई र मोरङको सुन्दरहरैँचाका २७ वर्षीय विजय चौधरी रहेका छन् ।

उनीहरूलाई गत बिहीबार नै नियन्त्रणमा लिइएको थियो भने जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।