श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल कात्तिक २४ गते सोमबार, १० नोभेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। मार्गशिर्ष कृष्णपक्षको पञ्चमी तिथि भोलि १२ः२३ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र पुनर्वशु ०७ः०२ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि मिथुन, सूर्योदय ०६ः२० बजे र सूर्यास्त ०५ः१४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहारसमेत हातलागी हुनसक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनु पर्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको निर्णयले समस्या निम्त्याउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गर्दा स्थितिमा सुधार आउनेछ। दोहो¥याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिगो योजनाका लागि ऋण लिनुपर्ने हुनसक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला। स्वास्थ्यमा ध्यान दिनु होला ।
































