धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले अर्थिक वर्ष २०७७/७८ को नीति, कार्यक्रम तथा बजेट पास गरेको छ ।

आज बिहान भएको उक्त बैठकमा आजै सुरूअ हुने नगर सभामा प्रस्तुत हुने १ अर्ब ७७ करोडको बजेट पारित गरेको हो । 

आर्थिक वर्ष २०७७/७८ को लागी नीति, कार्यक्रम तथा बजेट आज विहान धरान उपमहागनरपालिकाको कार्यपालिका बैठकबाट पारित भएको छ । बैठकले आज सुरू हुने नगरसभामा प्रस्तुत हुने १ अर्ब ७२ करोडको बजेट पारित गरेको हो ।

 वीपी प्रतिष्ठानको अडोटरियम हलमा हुने  नगरसभाबाट उक्त  बजेट प्रस्तुत हुने छ । 

नगर सभाकाे बैठक पछि  नीति, कार्यक्रम तथा बजेट पास भएकाे जानकारी गराउदै वडा नं १५ का अध्यक्ष नरेश इवारमले बजेट सबै कार्यपालिका सदस्यहरुबाट बहस,छलफल पछि पास भएको बताएका छन् । उनले  नगरसभा शुरु भएपछि बजेट सिलिङ वडामा पठाएपछि वडामा योजना छनौट शुरु हुने जानकारी समेत गराएका छन् ।