श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल कात्तिक २३ गते आइतबार, ९ नोभेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। मार्गशिर्ष कृष्णपक्षको चतुर्थी तिथि भोलि ०२ः१३ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र आद्र्रा ०८ः२१ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि  मिथुन, सूर्योदय ०६ः१९ बजे र सूर्यास्त ०५ः१४ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

विभिन्न उपहार प्राप्त हुने समय छ। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ। साँझतिर उद्योग र व्यापारमा विशेष लाभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

भेटघाटले  उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। परिस्थितिवश सञ्चित रकम खर्च गर्नुपर्ने हुनसक्छ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुनसक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

स्वास्थ्यस्थिति कमजोर रहनेछ।आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आफ्नो रकम अरूका लागि खर्च हुनेछ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ला। थालेको काम रोकिन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सामाजिक काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ।