• मदनबाबु प्रसाई 

उर्लाबारी / उर्लाबारी नगरपालिकाको बुधबार पाचौ सभाको शुरु भएको छ । सभामा स्वास्थ्य, शिक्षा र कृषीलाई प्राथमिकता राखेर बजेट बनाएको छ ।

नगर प्रमुख खड्ग फागोेको अध्यक्षतामा भएको सभामा उप–प्रमुख लक्ष्मीदेवी भण्डारीले कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथाम, विपन्न समुदायका बिरामीहरुको लागि निशुल्क एम्बुलेन्स सेवा, सुत्केरी पोषण कार्यक्रम, सवै वडामा स्वस्थ्य सेवालाई प्रभावकारी बनाईने एवं अति विपन्न वर्गका लागि निशुल्क स्वस्थ्य बिमा कार्यक्रम संचालन गरिने बताएकी छन ।

यसैगरी नीती तथा कार्यक्रममा कृषी तथा पशु, संस्थागत विकास एवं सुशासन, भौतिक पूर्वाधार, खानेपानी तथा सरसफाई, विपद व्यवस्थापन, वैकल्पिक उर्जा, शिक्षा, वन वातावरण तथा जलवायु, राजश्व, सिंचाई तथा नदि नियन्त्रण, पर्यटन विकास, महिला वालबालीका तथा जेष्ठ नागरिक, आदिवासी तथा पिछडा वर्ग , युवा तथा खेलकुद विकास, वस्ती विकास तथा शहरी पूर्वाधार, युवा तथा खेलकुद, वस्ती विकास, जनसंख्या व्यवस्थापन, सामाजीक सुरक्षा कार्यक्रम, सूचना प्रविधी, लागत सहभागीता, सहकारी क्षेत्र सुद्रिढिकरणसहितका क्षेत्रलाई कार्य संचालन गर्ने उल्लेख गरेकी छन ।

यसैगरी नगरले वक्रा घाट व्यवस्थापन, झुम्रामा पक्की पुल निर्माण र नगरमा दमकल खरिदलाई नगरका यस बर्ष गौरवका योजनामा राखीएको बताउदै नगर प्रमुख फागोले कोभिड–१९ को संन्त्रासमा ल्याएको बजेटलाई सवै क्षेत्रले कार्यन्वयन सहयोग गर्न आग्रह गरिन ।

नगरले आगामी बर्षका लागि ७४ करोड ७७ लाख ८८ हजार २ सय ७९ रुपयाँको तयारी गरेको र समय अभावका कारण बिहीबार प्रस्तुत गर्ने तयारी भएको नगर प्रवक्ता भानुभक्त शर्मा पराजुलीले बताए ।

सोही अवसरमा उर्लाबारीलाई केन्द्र विन्दु बनाएर पत्रकारीता गर्ने मिलन राउतलाई बिकास पत्रकारीता र किशोर श्रेष्ठलाई क्रियाशिल पत्रकारको रुपमा संम्मान सहित पुरस्कृत गरिएको छ । नगरपालिकामा उत्कृष्ट कार्य संम्पादन गर्ने कर्मचारीहरु राजश्व शाखाका अधिकृत भरत अधिकारी र इन्जिनियर उदासलाई समेत संम्मान एवं पुरस्कृत गरीएको थियो ।