ब्लाष्टखबर । धरान उपमहानगरपालिकाकाे साताैं नगरसभा सुरू भएकाे छ । प्रमुख अतिथि प्रदेश १ सभामुख प्रदीपकुमार भण्डारीले पानसमा बत्ति बालेर सभाकाे उद्घाटन गरेपछि नगरसभा औपचारिक रूपमा सुरू भएकाे हाे । 

हिजाे साँझ बसेकाे उपमहानगरको कार्यपालिका बैठकमा बजेट सिलिङकाे विवाद उत्पन्न भएपछि, पुन: आज बिहान बसी बजेट पारित गरे पछि आजै नगरसभाकाे सुरू भएकाे हाे ।

दिउसाे १ बजेबाट सुरू हुने भनेकाे नगरसभा कायर्पालिका बैठकका कारण समय लम्बिन गइ साँझ ४ बजेबाट सुरू भएकाे हाे । 

नगरसभामा  २०७७/७८ का लागि १ अर्ब ७२ करोडको बजेट प्रस्तुत हुनेछ ।