अमेरिकामा झण्डै दैनिक एक हजार मानिसकाे मृत्यु

alt
  • जेठ १५, २०७७
  • ब्लाष्ट खबर

बीबीसी / अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुने मानिसहरूको सङ्ख्या एक लाख नाघेको छ । वल्डोमिटरकाअनुसार आज विहानसम्ममा एकलाख २ हजार १०७ रहेको छ ।
कोभिड १९ बाट ज्यान गुमाउने अमेरिकीको यो सङ्ख्या कोरियाली युद्ध, भियतनाम युद्ध र इराकको द्वन्द्वमा ज्यान गुमाएका कुल अमेरिकीभन्दा धेरै हो ।

अमेरिकामा २१ जनवरीमा पहिलोपटक वासिङ्टन राज्यमा देखिएको यस भाइरसको विश्वभरि सङ्क्रमितमध्ये झण्डै ३० प्रतिशत अमेरिकामा पुष्टि भएका छन्।

विश्वभर ५६ लाखभन्दा बढी सङ्क्रमण पुष्टि हुँदा अहिलेसम्म अमेरिकामा झण्डै १७ लाख पाइएका छन्।

कति छिटो फैलियो
अमेरिकामा नयाँ सङ्क्रमणका घटना देखिने दर कम भइरहँदा र राज्यहरूले लकडाउनका उपायहरू खुकुलो बनाइरहँदा पछिल्लो सङ्ख्या सार्वजनिक भएको हो।

अमेरिकामा कोरोनाभाइरसको पहिलो सङ्क्रमण पाइएको दुई दिनपछि राष्ट्रपति डोनल्ड ट्रम्पले अवस्थालाई उनकै शब्दमा ‘पूर्ण रूपमा नियन्त्रणमा रहेक’ भन्दै नागरिकहरूलाई सबै ठिक हुने भनेर आश्वास्त पारेका थिए।

चार महिनाभित्रै हेर्ने हो भने भाइरस सबै ५० राज्यमा फैलिएन मात्र सङ्क्रमण र मृत्युको सङ्ख्यामा विश्वमै पहिलो नम्बरमा आएको थियो।

अझै दैनिक झण्डै एक हजारको मृत्युु
मृत्यु सङ्ख्या एक लाख नाघिसक्दा अझै अमेरिकामा दैनिक रूपमा औसत एक हजार मानिसहरूले ज्यान गुमाइरहेका छन्।अहिलेको सङ्ख्या भनेको अमेरिकी जनसङ्ख्याको अनुपातमा प्रति एक लाखमा ३० जना अमेरिकीको मृत्यु हुनु सरह हो।

बेल्जियममा कुल झण्डै नौ हजार मानिसहरूले सङ्क्रमणबाट ज्यान गुमाए पनि त्यहाँको मृत्युदर भने सबैभन्दा उच्च प्रतिलाख ८२ छ। त्यस्तो सङ्ख्या प्रतिलाख ब्रिटेनमा ५६, इटलीमा ५५ र स्पेनमा ५८ छ। अमेरिकामा उच्च प्रभावित न्यूयोर्क राज्यमा मात्र मृत्युदर केलाउने हो भने त्यो प्रतिलाख १५० छ।

पछिल्लो विवरण अनुसार अमेरिकामा एक करोड ५० लाख भन्दा धेरैको भाइरस परीक्षण गरिएको छ जुन अमेरिकी जनसङ्ख्याको झण्डै ४.५ प्रतिशत हो।

अगाडिको बाटो कस्तो छ
एक समय अमेरिकामा ९० प्रतिशतभन्दा बढी मानिसहरू अनिवार्य लकडाउनमा थिए। तर अहिले धेरै राज्यहरूले घरमै बस्नुपर्ने नियम खुकुलो पारिरहेका छन्। राज्यहरूले लकडाउन खोल्नुअघिका लागि पूरा गर्नुपर्ने मापदण्ड ह्वाइटहाउसले बनाएको जनाएको छ।

जसमा लगातार दुई साता वृद्धिदर घट्नुपर्ने उल्लेख भएपनि केही सीमित राज्यले मात्र त्यसको पालना गरेको विज्ञहरूले बताउँदै आएका छन्।

ह्वाइटहाउसका एकजना सल्लाहकार एन्थोनी फाउचीले भाइरस नियन्त्रणमा नआउँदै लकडाउन खुकुलो पारिँदा ुथोरै बढ्ने देखिएको सङ्ख्या नै महामारी बन्नेु भन्दै एउटा चेतावनी दिएका थिए।

तर उनको भनाइ ट्रम्पसँगै बाझिएको छ जो राष्ट्रपतिमा पुर्ननिर्वाचित हुने आशा बोकेको चुनावी अभियान अगाडी नै अमेरिकी अर्थतन्त्र खुलाउन व्यग्र देखिन्छन्।

अमेरिकामा यस महामारीसँगै उत्पन्न सङ्कटबाट अहिलेसम्म तीन करोड ९० लाख भन्दा बढीले रोजगारी गुमाएका विवरण सार्वजनिक भएका छन्।

कम्युनिष्ट पार्टी, भ ...

पारस काङ्माङ राई कम्युनिष्ट र कम्युनिष्ट पार्टीहरू भौत ...

नेकपा किचलो यथावत, स ...

काठमाडौं । सत्तारू नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शी ...

उदयपुरका ४ फरार अभिय ...

उदयपुर /  उदयपुर प्रहरीले विभिन्न मुद्दाका फरार आर ...

किसानको पीडा बुझिदेऊ ...

किसानको पीडा बुझिदेऊ सरकार अर्थतन्त्रको मेरुदण्ड कृषिप् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved