धरान / नेपालम दैनिक संक्रमितको संख्या बढेर गएको छ । मंगलबार ९० जना थपिएको थिए । बुधबार एकै दिन ११४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, काठमाडौं, र पोखरामा गरिएको परीक्षणमा ११४ जना भेटिएका छन् ।
आज साँझसम्म संक्रमित संख्या ८८६ पुगेको छ ।

बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आजकोनियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसैगरी कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा, हेटौडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।