श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल कात्तिक २० गते बिहीबार, ६ नोभेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। मार्गशिर्ष कृष्णपक्षको प्रतिपदा तिथि ०३ः१६ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र अश्विनी ०९ः५६ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि  मेष, सूर्योदय ०६ः१७ बजे र सूर्यास्त ०५ः१८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

प्रयास गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

उपलब्धिले थप उत्साह जगाउनेछ । तार्किक क्षमताले मानसम्मान र फाइदा दिलाउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

लगनशील बन्दा प्रशंसकहरू बढ्नेछन् भने मनग्य धनलाभ हुनेछ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोशिस गर्लान्।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। मध्याह्नदेखि साथीभाइले राम्रै सहयोग जुटाउनेछन्।   

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यापारमा पनि मनग्य धनलाभ हुनेछ । छोटो समयमा उपलब्धि हातपार्ने अवसर प्राप्त हुनेछ।  

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि पूरा हुन सक्छ।  साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बेसुरमा काम गर्ने बानीले मिहिनेत खेर जानेछ। फाइदा कम देखिए पनि प्रयास भने दोहो¥याउनु होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आँटले काम लिन नसक्दा पछि परिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ।