धरान । पूर्वराजा ज्ञानेन्द्र शाह फेरि झापा आएका छन् । करिब दुई महिना अगि मात्रै काठमाडौँ फर्किएका उनी बुधबार झापा आइपुगेका हुन् ।
उनी बुधबार बिहान झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा आएका थिए । उनी ११ बजेर ४५ मिनेटको विमानबाट आउन लागेका हुन् । उनको स्वागत का लागि राजवादीहरू चन्द्रगढी विमानस्थलमा पुगेका थिए । उनी गत भदौ १९ गते राजधानी फर्किएका थिए । १० दिनसम्म झापाको दमकमा बसेर उनी राजधानी फर्किएका थिए ।
पूर्व राजा ज्ञानेन्द्र पछिल्लो समय राजनीतिमा सक्रिय हुने सङ्केत देखाउँदै आएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्थासहितको गणतन्त्रको पक्षमा आवाज उठाउँदै आएको छ । यस्तै दुर्गा प्रसाईंले राजाको पक्षमा वकालत गर्दै आएका छन् ।
































