धरान / कारले लकडाउन गरेको दुई महिना पुग्यो । लकडाउनेले शहरियाको दैनिकी फेरिएको छ । तर यो लकडाउनले शहरमा बस्ने धरान–५ बसन्तटारका इशाक राईको दैनिकी फेरिएको छैन् । दुई महिना अघि जसरी दैनिकी चलेको थियो अहिले पनि त्यसरी नै चलेको छ । विहान ४ बजे उठ्छन् । गोठमा ११ वटा माउ गाई छन् । दुध दुने, गोवर सोर्ने, गाईलाई घास हाल्ने, खुडो तयार गर्ने उनको दैनिकी हो । उनको गोठदेखि करिव ३ किमी धरान बजारमा विहानै दुध बेच्न जान्छन् । लकडाउनका बेला प्रहरीले सोधिखोजी गर्छ । 

IMG20200414104419 लकडाउनले उनको दिनचार्य फेरिएको छैन् । तर आम्दानी भने घटेको छ । दैनिक १०० लिटर दुध बेच्दैं आएका राईले यति बेला ८० लिटर मात्र बेच्छन् । गाईलाई आवश्यक पौष्टिक युक्त खानेकुरा अभावमा दुधको उत्पादन नै घटेको राईले बताए । ’मासिक दुधबाट मात्र एक लाख आम्दानी गदैं थिए । तर लकडाउनले आम्दानी घटेको छ ।’– गाईको गोवर सोदैं गर्दा गोठमा भेटिएका राईले भने–‘आम्दानी गर्ने भन्दा पनि गाईलाई कसरी बचाउने भन्ने चिन्ता थपियो । अहिले त बचाउने काम मात्र भएको छ ।’

उनको गोठमा ११ वटा लैना गाई छन् । सँगै केही लोकल कुखरा पालेका छन् । साँग सब्जी पनि लगाउछन् । उनले भरखरै ११ वटा  बाख्रासमेत पालेका छन् । गाईको मल सदुपयोग गर्न तरकारी खेती गलाउछन् ।VID20200414090413

साँगसब्जी विक्रिबाट दैनिक घर खर्च चलेको छ । गाईको गोवरबाट ग्यास प्लान्ट बनाएका छन् । उनको घरमा दाउरा र एलपी ग्यास बाल्न पदैंन् । गोवर ग्यासबाट भान्सा चलाउदैं आएका छन् । 
गोठ नजिकै २० बाई ४० मिटरको माछा पोखरी पनि छ । टिलिपिया, पङकाजंलगायत जातका माछा पोखरीमा हालेका छन् । बार्षिक ४÷५ सय केजी माछा उत्पादन गरेर विक्रि गदैं आएका छन् ।

तीन जनालाई उनले रोजगार पनि दिदैं आएका छन् । उनको काममा श्रीमतिले पनि पूर्ण रुपमा सहयोग गरिरहेकीछन् । ‘सबै कुरामा आत्मनिर्भर हुने मेरो चाहाना हो । त्यसका लागि मेहनेत गरिरहेको छु ।’–राईले भने–‘दुध धरान बजारमा वितरण हुदैं आएको छ । अन्य सामाग्री मान्छेहरु घर मै खोज्दैं आउछन् ।’IMG20200414071814

यसरी कृषक बने इशाक 
उनी कलेज पढ्दैं गर्दा पैसा अभाव भयो । पढ्नलाई समेत खर्च नभए पछि आईए पढ्दैं गर्दा २०५८ सालमा मलेसिया हानिए ।  ३ बर्ष उनले मलेसियामा काम गरेर घर फर्किए । तीन बर्ष मलेसिया बसाईबाट उनको पैसाको भारी पुगेन । फेरी २०६३ सालमा दुवई हानिए । ४ बर्षसम्म  दुवईको पेट्रोल पम्पमा काम गरेर केही पैसा जम्मा गरेर स्वदेश फर्किए । उनले नेपालमा केही गर्ने भन्ने सोच २०५८ साल अघि नै आएको थियो । तर आर्थिक अभावका कारण उनको सपना पुरा हु सककेो थिएन ।IMG20200426081127

पढ्नलाई समेत आर्थिक अभाव भए पछि उनी विदेश गएका थिए । एउटा सानो घर एक कठ्ठा जग्गा थियो । त्यसमा उनले खेती गर्न सम्भव थिएन । विदेशबाट पैसा कमाएर आए पछि उनले १० कठ्ठा जग्गा खरिद गरेर व्यवसायी कृषी गर्ने संकल्प गरे । त्यही संकल्प अनुसार २०६८ सालदेखि उनले कृषी पेसा थालेका हुन् । गाई फर्मसँगै उनल ेघर पनि बनाएका छन् ।

अनुदान पँहुच पुग्नेलाई मात्र 
उनी लामा समयदेखि कृषी व्यवसाय गरेर आत्म निर्भर बनेका छन् । आग्यानिक तरकारीलगायतका सामाग्री उत्पादन गरिरहेका छन् । तर उनले अहिलेसम्म सरकारले दिने अनुदान पाएका छैनन् । उनी भन्छन्–‘काम गरि खानेलाई सरकारले देख्दो रहेन छ । विश्वास पनि गदैंन तर ढाटेर खानेलाई राज्यले विश्वास गर्छ र अनुदान दिन्छ ।’ सरकारले दिने गरेको अनुदान वास्ताविक कृषकले नपाएको उनको गुनासो छ । IMG20200426085213 IMG20200414082646