धरान / कारले लकडाउन गरेको दुई महिना पुग्यो । लकडाउनेले शहरियाको दैनिकी फेरिएको छ । तर यो लकडाउनले शहरमा बस्ने धरान–५ बसन्तटारका इशाक राईको दैनिकी फेरिएको छैन् । दुई महिना अघि जसरी दैनिकी चलेको थियो अहिले पनि त्यसरी नै चलेको छ । विहान ४ बजे उठ्छन् । गोठमा ११ वटा माउ गाई छन् । दुध दुने, गोवर सोर्ने, गाईलाई घास हाल्ने, खुडो तयार गर्ने उनको दैनिकी हो । उनको गोठदेखि करिव ३ किमी धरान बजारमा विहानै दुध बेच्न जान्छन् । लकडाउनका बेला प्रहरीले सोधिखोजी गर्छ । लकडाउनले उनको दिनचार्य फेरिएको छैन् । तर आम्दानी भने घटेको छ । दैनिक १०० लिटर दुध बेच्दैं आएका राईले यति बेला ८० लिटर मात्र बेच्छन्
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved