धरान / १९९६ सालमा जन्मेका जगतबहादुर कार्की (क्षेत्री) उदयपुरको रसुवा ओख्रेनीको नागीमा गाईबस्तु चराउदै थिए । २०१८ सालको कुरा हो । मगर थरका भारतीय सेनाका गल्लावाल पनि छिमेकी पल्लो गाउँका थिए । गाईबस्तु चराउदै गर्दा मगर नागी मै आएर जगत बहादुरलाई सर्तक, गाडाफोर गर्न लगाए । गल्लावाल दाजुले भने– ‘यु आर पास ।’ जगतबहादुरको गोठालाबाटै भारतीय सेनामा जाने भिसा लाग्यो । २० /२५ वटा गाईबस्तुको जेरलाई काकाका छोरालाई जिम्मा लगाएर उनी गल्लावालसँगै भारतीय सेनामा भर्ति हुन गल्लावालको पछि लागे ।

नागाल्याण्ड ४ दिन बसे । त्यस पछि उनलाई चाइनाको बोर्डर नजिक मिसामाडी भन्ने स्थानमा १२ महिनासम्म तालिमका लागि राखियो । विशेष युद्धका लागि उनले फुटेलको जंगलमा ४ महिना तालिम लिए । मालि गाईको घिउ खाएका २४ बर्षे जगतबहादुर लक्का जमान दिए । र त्यही भएर गल्लावालले गाईगोठालाबाटै उनलाई भर्तीका लागि छानेको थियो । तालिम पछि उनी दुस्मनसँगै लड्ने साहसिलो एउटा वीर योद्धाको रुपमा तयार भए । उनको पोष्टिङ नागाल्याण्ड मै भयो ।

टुईज मोटर, एलएमजी, राइफल उनको प्रिय साथी बने । सधै गाई धपाउने हातमा उनको लाठी हुन्थ्यो, सेनामा लागे पछि उनका हातमा राइफल भयो । २०१९ सालको अन्त्यतिर (सन् १९६२ मा) चाइनासँग लडाई भयो । चाइनाको बोर्डर चालन भन्ने स्थानमा टुवेल जीआर आसाम राइफलसहितको एक लाखको टोली युद्धमा होमियो । त्यो भीडमा जगतबहादुर पनि थिए ।

उनी पढेलेखेका थिएनन । तर निकै चतुरा थिए । उनको चतुराईले १५ जना सिपाईलाई जंगल भगाएर बचाएको स्मरण गरे । त्यो बेलाको युद्ध सम्झदैं ७९ बर्षे जगतबहादुर भन्छन् –‘भारत रक्षाका लागि ज्यान बाजी लगाए लडाई लडियो ।’ त्यस बेला सिनो इण्डिया–चाइना वार १९६२ भएको थियो । अक्टुवर २० देखि शुरु भएको लडाई नोभेम्बर २१ सम्म भए पछि दुबै देशविच सन्धी गरि युद्ध रोकिएको थियो । त्यस युद्धमा भारतीय सेना २० हजार र चाइृनीज सेना ८० हजार थिए । भारत विना तयारी यद्धु लड्नु परेकाले बढि क्षति भारतलाई भएको थियो ।

उनलाई सन् १९६२ र १९७१, १९७७ सालको युद्धको मात्र सम्झना छ । पाकिस्थानको लाहुरमा हुदा उनी वालवाल बचेका थिए । इष्ट पाकिस्थानको स्वतन्त्रताका लागि भएको ३ डिसेम्बर सन् १९७१ मा लडाई भएको थियो । १३ जना सिपाई अगाडी ढलि सकेका थिए । १४ नं. मा उनी थिए । ढलेका सिपाईसँग भएका एलएमजी छन्की भनेर यता उता हेर तर दुस्मनले लगि सकेछन् । आफुसँग भएको स्टेनगनले नै शत्रुसँग लडे । नागाल्याण्डमै फिजु नाकाको नेतृत्वमा ठूलो संख्यामा विद्रोही समुह थियो । १९७७ सालमा नागाहरुले आक्रमण गरे । जंगलमा आक्रमण गर्दा ६० जना सिपाई मध्य २५ जना मात्र बाच्न सफल भयौ । ठूला हतियार सबै नागाले लगे स्टेन गनको साहाराले अन्तिमसम्म लड्यौे केही नचलेर जंगलतिर भागेर ज्यान बचाऔं । यि युद्धमा मेरो बहादुरीलाई भारत सरकारबाट स्यावासी पाएको जगतबहादुर सुनाउछन् ।

उनले २७ रुपैयाबाट जागिर शुरु गरेका थिए । २०४० साल(सन् १९८४)मा पेन्सन पाएका थिए । उनले २५ बर्ष १ महिना १ दिनसम्म राइफल बोकेर जीवन विताएको कथा सुनाए । भारु २ सय पेन्सनबाट निस्किएका जगतबहादुर यति बेला नेपाली रुँपैया मासिक १६ हजार धरानस्थित भारतीय पेन्सन क्यमाम्पबाट थाप्दै आएका छन् ।
सात बर्ष मै गाउँमा विवहा गरेका जगतबहादुर विवहाबारे अलिक खुल्ल चाहेनन् । उनी भन्छन्– राउतकी छोरीसँग विवहा गरेको थिए ।

म ७ बर्षको थिए उ ६ बर्षकी । यति बेला भाडाकुटी खेलेको जस्तो लाग्छ ।’ जागिरमा गए पछि त्यही बाल्यकालमा पाएको श्रीमति पनि उनले गुमाए । युद्धमा गएको जगतबहादुर फर्केर आउदैन भनेर गाउँमा हल्ला फिजाए पछि उनकी श्रीमति २०२१ सालमै अर्कैसँग गएको उनले सुनाए । ‘काकाको छोराले त्यस बेला १८ विस जारी पनि लिएर खाएछन् मलाई दिएनन् ।’ २०५० सालमा धरान आए पछि २०५३ सालमा फेरी विवहा गरेको उनले सुनाए । हाल एक छोरी र श्रीमतिसहित धरान–१५ मा बस्दै आएका छन् । छोरी प्लस टु पास गरि गोरखा डिपार्टमेन्टमा काम गर्छिन । पेन्सन र छोरीको कमाईले उनी जीवन गुराजा गर्दै आएका छन् ।

पल्नटको कुरा सम्झेर उनी कहिलेकाही भर्टीमा बस्छन् । नसाको शुरुमा भन्छन्– पैसा भनेको हातको मैला हो । म थिएर पो पैसा भयो तत्र हुने थिएन ।’ ८० बर्षे जगतबहादुर उमेरले निकै पाका भए पनि उनको शरिर स्वास्थ्य छ । सन्तुष्ट साथ जीवन चलाउनु पर्छ । जे छ त्यहीमा सन्तुष्ट हुनु पर्छ । जहित्ये स्वस्थ्य हुने उनी बताउछन् ।