विश्व कोरोनाको आतंकबाट त्रसित छ । महाशक्ति राष्ट्रहरू पनि कोरोनाको प्रकोपबाट बच्न सकेका छैनन् । केही दिन अघि मात्र विश्व स्वास्थ संगठनले नेपाल कोरोना प्रकोपको उच्च जोखिममा रहेको देखाएको छ । तर हर्षको कुरा अहिले सम्म कोरोना संक्रमणले नेपालमा प्रवेश पाईसकेको छैन ।
यस परिस्थितिमा नेपालमा प्रवेश गर्ने कोरोनाले मधेश एवं आम मधशीहरूलाई प्रभावित गर्दैन भनेर चुपचाप बस्नु मुर्खता हुनेछ । किन कि कोरोना प्रकोपको उच्च जोखिममा रहेको नेपालमै मधेश पर्छ । जहाँको स्वास्थ संस्थाहरू सबल छैनन् । मधेशी जनतामा स्वास्थ एवं सरसफाईकोे चेतना स्तर कमजोर रहेको पाइन्छ । अतः मधेश अन्य क्षेत्र भन्दा थप जोखिममा छ ।
कोरोना प्रकोपले ग्रसित चीनले नेपालका सबै सीमा बन्द गरिसकेको छ । नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडानहरू बन्द गरिका छन् । भारतमा कोरोनाले प्रभाव परिसकेको छ २ जनाको मृत्यस सकेत भईसकेको छ भने सयौं संक्रमित भएका छन्, , नेपालको भारतको खुल्ला सीमाक्षेत्रको अधिकाशं क्षेत्र मधेशसँग जोडिएको छन् । जहाँ मान्छेहरू निर्वाद रूपमा नेपाल भारत आउने जाने गर्दैछन् । त्यसबाट मधेशमा संक्रमण अझ सजिलै प्रवेश गर्न सक्ने देखिन्छ । भारत तर्फबाट पनि चारवटा नाका मात्र खुल्ला गरिएको छ भने अन्य नाकाहरुमा मालवाहक सवारीसाधान मात्र आवातजावत गर्न सकिने व्यवस्था गरिएको छ, सीमा नाकामा हेल्थ डेस्कहरु संचालन गरिएका छन् तर, यतिमात्र कोरोना रोकथामको लागि पर्याप्त भने छैन । यदि मधेशमा कोरोना संक्रमण भित्रिए र फैलिन सुरूभए परिस्थिति के होला ? के मधेशका स्थानीय सरकारहरू र प्रदेश सरकारहरू यस कुरा प्रति सचेत छन् त ? यस स्थितिमा मधेशका नेतृत्ववर्गहरू सचेत एवं संगठित रूपमा यस संवेदनशील विषयप्रति सक्रिय भएर लाग्नु आवश्यक छ ।
मेडिकल जर्नल अफ अष्ट्रेलिया र बेलायतबाट प्रकाशित हुने ल्यानसेट जर्नलमा प्रकाशित तथ्याङ्ग अनुसार ९० प्रतिशत करोरोना संक्रमित मान्छेमा निम्न ३ प्राथमिक लक्षण देखिन्छ भनिएको छ १. ज्वरो, २. खाँेकी र ३. स्वास बढ्नु । यी ३ लक्षण दैखने बित्तिकै स्वस्थ परिक्षण गर्नु गराउनु पर्दछ । यसका लागि स्थानीय सरकारले सहज बातावरण बनाई दिनुपर्छ ।
मधेशमा मास्क लाउने चलन कमै मात्र रहेको थियो । यतिबेला स्थानी सरकारले मधेशी जनतालाई मास्को महत्व बताई उनीहरूलाई मास्क लगाउन प्रोत्सान गर्नुपर्छ । उनीहरूका लागि सहज र सुलभ रूपमा मास्क उपल्बध गराईदिनुपर्छ । भारतले मास्क नीर्यात बन्द गरी सकेको छ र नेपाल भारत खुल्ला सीमा क्षेत्रमा मास्को तस्करी र कालाबाजारी भईरहेको छ । त्यसलाई नियन्त्रण गर्नसक्नुपर्छ ।
मधेशमा अधिकाशं जनता किसान छन् जसलाई पटक पटक हातधुने कुर सिकाउन र गर्न बाध्य बनाउन सहज छैन । यसका लागि स्थानीय सरकार सक्रिय बन्नुपर्छ ।
मधेशमा स्थानीय रूपमा धेरै स्थानमा हाट बजार लाग्ने गर्दछ । जहाँ धैरे मानिसको जमघट हुने गर्दछ र संक्रमणका अनेक थरी स्रोतहरू पनि सँगै उपल्बध रहेको हुन्छ । ती हाट बजारलाई केही समयको लागि बन्द नै गर्नु पर्छ ।
जनजनलाई योगाभ्यास गर्न प्रेरित गर्नुपर्छ, भास्त्रिका, कपालभाँती र अनलोम विलोन प्राणायाम थप प्रभावकारी हुन्छ । माछा मासुको प्रयोग केही समय नगर्न सुचना प्रवाह गराउनु आवश्य छ । भोज भतेर पनि नगर्न गराउन सुचना प्रभावकारी रूपमा जारी गनुपर्छ ।
मधेशी जनता स्वयं पनि यसबेला सजगता अपनाउनु पर्छ । प्राकृतिक वनस्पतिजन्य खानेकुरा, व्यायाम, उपवास तथा तनावरहित सकारात्मक सोचबाट नै मानिसको इम्युनिटि शक्तिशाली हुन्छ । जसको लागि गुरूजी लत्तीको काढा र तुलसीको पातको रस पनि इम्युनिटि बुष्टरको रूपमा प्रयोग गर्न सकिन्छ । पटक पटक गरी दिन भरी तातो पानी वा तातो पानीमा बेसार राखेर पिउनुपर्छ । घरबाट बाहिर निस्कदा लहसुन र अदुवाको टुक्रा मुखमा राखेर सुपारीझैँ चुस्ने गर्न सकिन्छ । सार्वजनिक यातायातको यात्रालाई सकेसम्म पन्छाउने, होटलमा खान नजाने, अन्य व्यक्तिसँग स्वासप्रस्वासबाट प्रभावित (सास जुध्ने स्थिति) बाट बच्नु नितान्त जरूरी छ ।
उपयुक्त खानाका रूपमा घरमै त्यार गरिएको भेजिटेबल सुप, मुङको दाल, खिचडी, परम्परागत खानपानमा भात, रोटी, सलाद आदि स्वस्थकर खान सबैलाई प्रोत्साहन गर्नुपर्छ । लसुन, प्याज, नरिवलको तेलका साथ बनेका खानेकुराहरू, अल्मोन्ड बदाम, ओखर आदि चिजहरू पनि खाने सल्लाह दिनुपर्छ ।
हरेक तरिकाले जनजनले आफ्नो रोग प्रतिरोधात्मक क्षमतालाई सबल बनाई राख्ने प्रयत्न गनुपर्छ । संक्रमण फाटफुट रूपमा देखापर्न थालेको अवस्थामा घरबाट बाहिर ननिस्कनु र घरलाई किटाणुनासक औषधीद्वारा सुरक्षित राख्नु जरूरी हुन्छ ।
मधेशमा होली एक बिशेष पर्व मानिन्छ । यस बर्ष उल्लासको वातावरण नभएकोले, होली न मनाउन आग्रह गरिनुपर्छ । होलीमा हुने जमघटले कोरोना संक्रमण आउने सम्भावना रहन्छ । अतः यसबर्ष बर्ष होली पर्व पारिवारिक स्तरमा मात्र सिमित रही मनाउन सरकारले हार्दिक अपिल गनुपर्दछ । (मधेश दर्पण)