भर्खरै मात्र देशमा एउटा सक्षम प्रहरी अधिकृत सर्वेन्द्र खनाल नेपाल प्रहरीको आईजीपी भएका छन । सर्वेन्द्र सँग आम जनताको अपेक्षा उनले दिन सक्ने धेरै गरेका छन । तर प्रहरीको आईजीपीमा नपुग्दा म त्यो गछु यो गर्छु भन्नेहरु पनि भनाईमै सिमित भएको उदाहरण यस अघिका आईजीपीहरुले देखाई सकेका छन ।

नयाँ आईजीपी आए सँगै प्रहरी भित्र केहि खैलाबैला र नयाँ योजना आउँछ तर त्यो कार्यन्वयन पक्ष फितलो हुदा प्रहरी संगठन भित्रको महत्वकांक्षी योजना केहि दिनमै फेल हुदै आएको धेरै उदाहरण हामी सामु प्रष्ट छ । जनताको सेवामा वसेको प्रहरी ठुलाबडालाई फकाउँने र चाकडीमा ब्यस्त छन तर वास्तवीक पिडित जनताको पक्षमा प्रहरी छैन भन्दा अन्यथा नहोला । तर या सत्य हो सोजा सिदा र गरीब परीवारका लागी प्रहरी अहिले जनताको साथ बन्न नसकेको पक्का हो ।

केहि वर्ष देखि नेपाल प्रहरीलाई जनता सँग हातेमालो र साथी वनाउँने भन्दै देशभर प्रहरी मेरो साथी भन्ने कार्यक्रम तामझामको साथ लागु भएको छ । देशभरका प्रहरी कार्यलयहरुवाट लागु भएको यो कार्यक्रम कतिको प्रभावकारी होला ? भन्दै उपेन्द्रकान्त अर्याल आईजीपी भएको बेला आएको कार्यक्रम जनता माझ नै फल भईसकेको छ । त्यो मात्र हैन यस भन्दा अगाडी प्रहरीले ल्याएको कार्यक्रमहरु अहिले सम्म ब्यावहारमा लागु भएको छैन भन्दा फरक नपर्ला ।

मुस्कान सहितको प्रहरी सेवा पनि प्रभाबकारी भएको छैन । अहिले पनि प्रहरीहरुमा हाँसेर वोल्ने अभियान प्रहरीको नारामा बाहेक प्रहरीको कार्यलयहरुमा भेटिदनन देखिदैनन् । अहिले पनि प्रहरी कर्मचारीहरुमा जनता सँग राम्ररी वोल्नु पर्छ भन्ने चेतना आएको छैन । प्रहरीहरु अहिले पनि जनता सँग मिल्न चाहदैनन् । उनीहरु समाजका केवल धनीमनी र कारोवारी वाहेक सामान्य नागरीकहरु सगँको उनीहरुको ब्यावहारमा अहिले पनि फरक आएको छै्रन भनेर ठोकुवा गर्ने सकिन्छ । मुस्कान सहितका सेवा कहाँ पुग्यो ? सामान्य नागरीकहरु सँग वोल्न पनि हिचकिचाउँछन प्रहरीहरु ।

मुस्कान नदिई सेवानै दिए पनि नागरीकहरु खुसी हुन्थ्ये तर त्यो सम्म समाजका सामान्य मान्छेले प्रहरी कार्यलयहरुवाट पाउँनु निकै सास्ती वेहोर्नु परेको थुपै घट्ना छलङ्ग छ । मुस्कान सहितको सेवा जनताले पाए त ? किन लागु भएन यो अभियान ? यी कुराहरुको कारण खोजी ब्यावहारमा लागु गर्ने सर्बेन्द्रले ध्यान दिनु पर्छ । सर्बेन्द्रले आफुलाई अब्बल सावित गर्ने प्रहरी भित्र भएको विकृतीलाई हटाउँदै प्रहरी संगठन पहिला दरिलो र विवाद रहित बनाउँने अभियानमा लाग्नु आजको आवश्यकता हो ।

सर्बेन्द्रले प्रहरी भित्र भईरहेको चाकडीबाद र घुषखौरी बन्द गर्ने सके मात्र पनि प्रहरीलाई जनताले हेर्ने नजर वदल्लीने छ । प्रहरी ‘चेन अफ कमान्ड’ को सिद्धान्तमा सञ्चालित हुने संस्था अहिले आर्थिक रकम र राजनितिक सेटिङ प्रहरी संगठन विरामी जस्तै छ । सोस फोर्सले प्रहरी भित्र जरा गाडेको छ रोक्नलान त सर्बेन्द्रले ? अस्वस्थ खिचातानी र कार्यवाह आन्तरिक सुरक्षा र जनसुरक्षा वलियो वनाउँनु पर्ने वेला प्रहरी संगठन सेटिङकै कारण अस्तब्यस्त संगठनलाई कसरी अगाडी बढाउँने भन्ने विषयमा आईजीपी सर्बेन्द्रले सोच्नु पर्छ । करीव ७२ हजारभन्दा बढी संख्यामा रहेको प्रहरीको नेतृत्व तहमा जान आर्थिक चलखेल र सेटिङले ठुलै तरङ्ग ल्याएको छ देशमा ।

नेपाल प्रहरी भित्र सर्बेन्द्र संगठनका एक कहलिएका चर्चित नाम हो । उनको नाम चर्चामा मात्र हैन ब्यावहार र काममा पनि उस्तै छ । एउटा प्रहरी संगठनको उच्च ओदाहमा वसेर प्रहरीकै आचरण सुधारमा समेत लागेका सर्बेन्द्रले संगठन सुधारमा पहिलो महत्व दिनु जरुरी छ । अहिले सम्म कुनै विवादमा नतानिएका सर्बेन्द्रले अपराध रोक्न देशब्यापी अभियानले उनी अझ बढी चर्चित बन्नु र राजनितिक तथा अपराधीहरु सँग साठगाठ नगरेकै कारण अहिले चर्चामा छन ।

संगठनकै सुद्धिकरणमा खरो रुपमा लागेका सिलवाल देशभरी हाई हाई सँगै नागरिकमुखी कार्यक्रम, गुन्डागर्दी नियन्त्रण जस्ता कामले उनी चर्चामा तर उनले राज्यको लागी गरेको सकरात्मकको जनताले मुल्याकन गरेका छन । सुरक्षा संगठनलाई दुहुनु गाई, आईजीपीलाई एस म्यान बनाउने खेलमा तँछाडमछाड र व्यापार कमिसनमा दबदबा चलिरहेको छ रातारात करोडपति हुने सपना वुन्दै हिडेकालाई समर्थनमा सर्बेन्द्रको कस्तो भुमिका हुने हो त्यो भने हेर्नु बाँकी छ । राजनितिक खोल मुनि वसेर गुण्डागर्दी गर्ने र अबैध धन्दा गर्नेहरुलाई र सिंगो प्रहरी संगठन सुधारमा लाग्नु पर्ने आईजीपी सर्बेन्द्रका प्रमुख कार्य हुन ।

साथै जनता सँग राम्रो ब्यावहार मात्र प्रहरीले गर्ने हो भने पनि केहि हद सम्म प्रहरीले जनताको सहयोग पाउँने थिए । प्रहरी आफैले आचरण र ब्यावहार नसुधारे सम्म जनता सँग प्रहरी वास्तवमै साथी वन्न सक्दैन । त्यस कारण प्रहरीहरु आफै पहिला सुध्रिउन उनी जनतालाई सुधार्ने काम गरुन । प्रहरीहरुको ब्यावहारकै कारण सामान्य नागरीकहरु अहिले पनि प्रहरी सँग तर्सन्छन । यो वातावरण वनाउँने जनता हैनन प्रहरी नै हुन तसर्थ प्रहरीहरु समाज सुधारका लागी नगारीकहरु सँग हातेमालो गदै अडागी बढ्ने काममा लाग्नु राम्रो हो तर केबल प्रचारको लागी विभन्न कार्यक्रम लागु गर्ने तर कार्यन्वनमा भने चासो नदिनुले अहिले सम्म प्रहरीले लागु गरेको कार्यक्रम समग्र राम्रो हुन सकेको छैन ।

प्रहरीले अहिले पनि नागरीकहरुलाई हेर्ने दृष्टिकोण वदिलिएको छैन त्यो बदलिनु अत्यन्तै आवश्यक छ । समाजमा हुने विभिन्न अपराधिक घट्नाहरु न्यूनिकरण गर्ने प्रहरीले जनता सँग हातेमालो गर्नुको विकल्प पनि छैन । समाजमा नकरात्मक गतिविधि रोक्न प्रहरीले जनताको घरदैलो गनै पर्छ । तर कार्यक्रम गरेर मात्र जनता प्रहरीको साथ बन्न सक्दैन प्रहरीलेब्यावहारमै उक्त कार्यक्रम लागु गरे केहि हद सम्म समाज सुध्रिने पक्का छ सर्बेन्द्रलाई सुभकामना ।