[caption id="attachment_79219" align="alignleft" width="275"] पंचम अधिकारी[/caption]

बच्चा पाउनु हामी सबैको जीवनमा एक अति महत्त्वपूर्ण घटना त हुँदै हो, बच्चाको नामको चयनका निम्ति पनि राम्रै छलफल र अनुसन्धान गर्नुपर्ने हुन्छ। खासगरी नेपालमा जरो र किलो भएर विदेशमा बसेका अभिभावकहरूलाई यो गहन दिमागी कसरत बन्ने गर्छ। एकातर्फ नेपालीपन कायम राख्नुपर्ने र अर्कोतर्फ विदेशीको जिब्रोमा नलटपटाउने खालको नाम खोज्न प्रवासी अभिभावकहरू घोत्लीरहेका हुन्छन्। हामी सबैको निम्ति नाम ‘पहिलो छाप’ हो। स्कूलको पहिलो दिन, जागीरको निम्ति अन्तरवार्ता वा फोनमा कसैसँग वार्ता शुरू गर्दाको क्षणलाई मनन गरौं। नामले पहिलो सन्देश प्रवाहित गरिसकेको हुन्छ। अझ, विदेशमा रहँदा विदेशीको जिब्रोले प्रष्ट उच्चारण गर्न नसक्ने नाम भयो भने माहौल असजिलो बनाउन पनि सक्छ। न्यूयोर्क विश्वविद्यालयको स्टेर्न स्कूल अफ बिजनेसले गरेको एक अनसुन्धानका अनुसार उच्चारण गर्न सजिला नाम भएकाहरू बढी मन पराइन्छन् र ज्यादा सफल हुन्छन्। डेढ दशकदेखि बेल्जियममा बसीरहेको यो पंक्तिकारले दक्षिणी ग्रिसदेखि उत्तरी फिनल्याण्डसम्म घुम्दा नामबारे थुप्रै क्षुब्ध अनुभवहरू सँगालेको छ। त्यसबाहेक, यतै जन्मेका विदेशी मूलका नागरिकहरूले समेत झेल्नुपर्ने भेदभावका थुप्रै तथ्य(कथाहरू सुनेकोरपढेको छ। यही वास्तविकतालाई बुझेर गत केही महिनादेखि मैले नामकरणबारे थुप्रै लेखहरू पढेँ। जर्मनी, फ्रान्स, बेल्जियम, युकेदेखि अमेरिका र क्यानडासम्मको ट्रेण्ड, अभ्यास र चुनौतिको अध्ययन गरेँ। खासमा म, हाम्रो दोस्रो सन्तान छोरी हुने थाहा पाउने बित्तिकै चित्तबुझ्दो नाम खोज्दै भुन्भुनिरहेको थिएँ। नाम चयनको यो चुनौतिले अनेकन अभिभावकलाई झैं मलाई पनि नवौं महिनासम्म झक्झकाई रह्यो र अन्ततः घरदेश/परदेश सबैतिर परिचित नामाकरण रोजियो। प्रवासमा रहेका अभिभावकहरूलाई मेरो अनुरोध छ­ जीवनको हरेक दिन र सफलतासँग सिधै सम्बन्ध भएको नामलाई विवेकसम्मत ग्रहण गर्नुहोस्। नाम चयनका बेला निम्न कुराहरूमा ध्यान दिनुहोस्­। उच्चारण गर्दा सजिलो यदी बच्चाको नाम बोलाउँदा होस् वा पढ्दा ९नेपाली नजान्नेलाई पनि० सजिलो लाग्दैन भने उसका साथी, शिक्षक र रोजगारदातालाई पनि असजिलै महशुश हुन्छ। सम्झिन सजिलो नामको हिज्जे संझिन सजिलो छैन भने पछि कसले पो याद गर्ला रु जहाँ गए पनि त्यस्तो नामले दिर्घकालिन छाप छोड्न सक्दैन। पश्चिमा नामहरूसँग मिल्दोजुल्दो नाम भए त्यो स्मरणमा रहन सक्छ। विशिष्ट हिजोआज प्रायःजसो अभिभावक आफ्नो बच्चाको नाम विशेष खालको होस् भन्ने चाहन्छन्। यस्तो नेपाली मात्र होइन युरोपेली र अमेरिकीहरूमा पनि पाइन्छ। तर यति विशिष्ट पनि नहोस्, सुन्दै अजीब लागोस्। वा अरूले नबुझेर पाँच चोटी दोहो‍र्‍याएर भन्न परोस्। तर यस्तो नाम पनि नहोस् की कक्षामा त्यो नामका ५ जना विद्यार्थी हुन्, र तिनको पछाडि फुर्को लगाउन परोस्। नकरात्मक अर्थ वा उपनाम बोलाउँदा ट्वीस्ट भइ अर्कै खालको नकरात्मक वा हास्यास्पद अर्थ दिने सुनिन्छ भने ख्याल गर्नुहोस्। जस्तो की, ‘अनु’ नाम हामीकहाँ राम्रो लाग्छ। अँग्रेजीभाषी समाजमा त्यही नाम ‘अपोस्ट्रपी एस’ थप्दा फोहोरी जस्तो लाग्छ। त्यस्तै, हार्दिक नाममा अँग्रेजीभाषीहरूले ‘डबल डी’ बुझ्दा अश्लील अर्थ लाग्छ। यदी नाम बोलाउँदा अनर्थ दिने खालको आवाज भए केटाकेटीहरूले तपाईंको बच्चालाई गिज्याउँछन् र हँसीको पात्र बनाउँछन्। जसले गर्दा बच्चामा नकरात्मक मनोवैज्ञानिक असर पर्नसक्छ। त्यस्तै अर्को ध्यान दिनुपर्ने कुरा, नामलाई छोटो बनाइँदा पनि त्यसले गलत अर्थ नदियोस्। जरोसँगको नाता सम्बन्ध मान्छेले आफ्नो सँस्कृति र जरोलाई बिर्सन सक्दैन। यहाँ विदेशीलाई रिझाउने नामको खोजि कसरी गर्ने बारेमा चर्चा गरिरहँदा नजरअन्दाज गर्न नसकिने तथ्य हो­ नामको सार्थक अर्थ होस्, जसको सम्बन्ध हाम्रो मातृभूमि र सँस्कृतिसँग गाँसिएको होस्। अधिकांश पश्चिमा नामहरू क्रिश्चियन धर्मसम्बद्ध छन्। आफूले नअपनाउने धर्म(संस्कृति र कुनै पुर्ख्यौली नाता पनि नभएको नाम बिना समझ आत्मसात गर्नु वैचारिक दिवालियापन नै हो। हाम्रो पूर्विय संस्कृति र पश्चिमी संसार दुबैतिर मिल्दाजुल्दा थोरै मात्र नामहरू प्रचलनमा छन्। जस्तै मिलन, अदीरआदि, किरण, अभि, देवानरदेवेनरदेवीन, रोहणररोवन, बोधि, जय, हरी, अमर, नील, माला, लीला, माया, तारा, सारा, अनिता, काली, रोमा, निना, आशा, मिरा, मिना। यी नाममा पनि केही क्लासिक बनिसकेका जस्ता लाग्छन् त केही परिवार भित्रै वा नजिकको साथी-संगतिमा प्रयोगमा आइसकेको हुन सक्छन्। तैपनि उपरोक्त बुँदाहरूलाई मनन गरेर सृजनशील बनी नाम चयन गर्न सकिन्छ। अन्तर्देशिय विवाह गरेका जोडाहरूले दुबै सँस्कृतिमा मेल खाने साझा नाम छान्न सक्छन्। नभए ‘फस्ट नेम’ र ‘मिडिल नेम’ राख्दा दुबै पृष्ठभूमिबाट एक/एक नाम छानेर नामाकरण गर्न सकिन्छ। मैले धेरै प्रतिक्षारत अभिभावकहरू भेटेको छु, जो बच्चाको नाम सुन्दर र साँस्कृतिक रूपमा गहकिलो होस् भन्ने चाहना राख्छन्, तर सोचे जस्तो नाम नपाएर भौंतारिएका हुन्छन्। केही अभिभावक पृथक ९युनिक० नाम राख्ने सुरमा अनौठो चयन गर्न पुग्छन्। उनीहरूले बिर्सनै नहुने तथ्य के हो भने यी बच्चा पश्चिमी संसारमा हुर्किन्छन् र यही दुनियाँमा संघर्ष गर्दै भविष्य बनाउनुपर्छ। अभिभावकको रूपमा हाम्रो दायित्व हुन्छ- सँस्कृति नभुलियोस्, साथसाथै, अहिले नाम चयनमा भएको कमजोरीले भविष्यमा पछुतो नहोस्।