तानमा बुनेको ढाका कपडाको विशेषता बेग्लै किसिमको हुन्छ । यसको महत्व नबुझ्दा ढाकाप्रति स्थानीयवासीको खासै आकर्षण छ्रैन । त्यसको प्रत्यक्ष प्रभाव तमानगाउँका महिलालाई पर्न गएको छ ।चार वर्षदेखि ढाकाका कपडा उत्पादन गर्दै आएका तमानखोला गाउँपालिका–३ तमानगाउँका महिलाले यसको बजारीकरणमा समस्या भएको बताएकी छिन् । उद्यमीले उत्पादन गर्दै आएका ढाकाले बजार पाउन नसकेको हो । सुरु–सुरुमा स्थानीयवासीले चासो दिएर खरिद गरे पनि पछिल्लो समय ढाका कपडा बिक्न छाडेको छ । उत्पादित कपडा गोदाममै थन्किँदा महिला उद्यमी निराश छन् । चार वर्षदेखि निरन्तर ढाका कपडा उत्पादन गर्दै आएकी जुनामाया घर्ती बजारमा आएका औजारले बुनेका
मोरङ व्यापार सङ्घले औद्योगिक प्रयोजनका मालबाहक सवारी साधनबाट लिने गरिएको अव्यवहारिक शुल्क/जरिवानाका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।सङ्घका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ, सुनसरी र प्रहरी प्रमुखहरुलाई भेटेर ज्ञानपन पत्र बुझाएको छ । अध्यक्ष रिजालले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रिने मालवाहक सवारी साधन फिर्ता जाने क्रममा मोरङ र सुनसरीमा केही निकायबाट विभिन्न शीर्षकमा शुल्क/जरिवाना असुल्ने कार्य भईरहेको बताए । उनले औद्योगिक प्रयोजनले विराटनगर नाका मार्फत नेपाल भित्रिनु पर्ने भारतीय सवारी साधनहरु हाल फारवीसगञ्ज–ज
चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ‘ओभर सुट’ गर्नुपरेको छ । यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ ।मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका क्रममा रहेको जहाजले ‘ओभरसुट’ गर्नुपरेको विमानस्थलले जनाएको छ । आज बिहान ६ः२९ का लागि अवतरण समय तालिका रहेको उक्त जहाजले अवतरणका क्रममा इमाडोल नजिकबाट ‘ओभरसुट’ गरेको थियो । उक्त जहाज बिहान ७ः५१ बजे मात्रै अवतरण भएको विमानस्थलले जनाएको छ ।मौसम खराबीले जहाजले ‘ओभरसुट’ गर्नुपरेको विमानस्थलका एक उच्च अधिकारीलाई उल्लेख गर्दै राससले जनाएको
बिर्तामोड/नेपालमा उत्पादित मरिच, सुपारी जस्ता नगदेवाली बजारमा निस्किने समयमा सरकारले आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि नेपाली किसान निरास भएका छन् । सरकारले स्थानीय उत्पादनलाई प्राथमिकता दिएको भनिएपनि आयात खुल्ला गरेपछि उत्पादनले बजार नपाउने चिन्तामा उनीहरु छन् । सरकारले परिमाणात्मक बन्देज खुल्ला गरेको बताएको छ । तर, कति परिणाममा आयात गर्न दिने भन्ने बारे मन्त्रालयले सार्वजनिक गरेको छैन । ब्यापारीको दवावमा आयातमा चलखेल गर्नका लागि परिणाम गोप्य राखेर बन्देज खुल्ला गरिएको हुनसक्ने आसंका गरिएको छ । आयात खुल्ला गरेसँगै नेपाली उत्पादनको मुल्य अस्वभविक रुपमा घट्न थालेको ब्यापारीको भनाई छ ।&
अष्ट्रेलियाको राजधानी क्यानबेरा नेपाली जातीको गौरवमय उत्सव ‘सोनाम ल्होछार’का अवसरमा झकिझकाउ बन्यो । क्यानबेराको ब्ल्याक माउन्टेनस्थित पेनसुलमा पानसमा बत्ती बालेर भगवान् गौतम बुद्धको पूजा अर्चना भयो । डम्फू र तामाङ भेषभूषामा सजिएका युवा–युवतीको सामुहिक नाचगानलाई स्थानीय अष्ट्रेलियनले अति चासो र रमाइलोका साथ अवलोकन गरे । तामाङ सोसाइटीले उल्लासमय रूपमा आयोजना गरेको सोनाम ल्होछारमा नेपाली जाति, समुदायको वीर गाथा, समृद्ध सांस्कृतिक पहिचानलाई देशविदेशमा प्रचार–प्रसार गर्न सकिएकामा सहभागी गौरवान्वित बने । ल्होछारका अवसरमा आयोजित भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक
ब्लाष्टखबर । साताकाे पहिलाे दिन आइतबार नेपाली बजारमा सुनकाे मुल्यमा गिरावट आएकाे छ । शुक्रबार ९२ हजार ९ सय रूपैयाँमा किनबेच भएको छापावाल सुनको भाउ आइतबार २ सयले घटेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । त्यस्तै तेजावी सुनको भाउ ९२ हजार २५० रुपैयाँ कायम भएको छ। आइतबार सुनको भाउ घटे पनि चाँदी भने स्थिर छ। महासंघका अनुसार गत शुक्रबार १ हजार २१० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको भाउ आइतबार पनि सोही मूल्यमा कायम रहेको छ।
धरान । बिहीबार विहान नेपाल आएका भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा नेपाल र भारतको सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। श्रृङ्गलाले परराष्ट्र सचिवस्तरीय बैठकपछि प्रधानमन्त्रीलाई भेटेका हुन्। उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई पनि भेटेका थिए। उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम पनि छ। श्रृंगला शुक्रबार गोरखा जानेछन्। उनको शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम छ। गत कात्तिक १९ गते भारतीय सेना अध्यक्ष एमएम रनवाणेले नेपालको भ्रमण गरेका थिए । त्
भण्टाबारी । सशस्त्र प्रहरी बल नेपाल बिओपी भण्टाबारीले राजस्व छलीगरी लैजादै गरेको ९ लाखबढीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीका इन्स्पेक्टर भुवन खड्का कमान्डमा खटिएको सशस्त्र प्रहरीको टोलिले चेकजाँचको क्रममा राजस्व छलेको ९ लाखबढी मुल्य बराबरको विभिन्न सामान बरामद गरेको हो । कोशी गाउँपालीका ८ स्थित भण्टाबारीबाट सवारीसाधन चेकजाँच गर्ने क्रममा बिराटनगरबाट सिरहातर्फ जादै गरेको स १ च १७८६ नम्बरको स्कारपियोमा भिसिटिएस बिल नभएको ७ लाख ८२ हजार २६७ रुपैयाँ बराबरको विभिन्न मोटरपार्टसका सामान नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको बिओपी भण्टाबारीका इन्स्पेक्टर भु
धरान / धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसको माइक्रोबायोलोजी विभागले हात सफा गर्ने सेनिटाइजर उत्पादन सुरु गरेको छ । धरान उपमहानगरपालिका, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग समन्वय गरेर सेनिटाइजर उत्पादन सुरु गरेको हो । कोरोनाबाट बच्नकालागि सावुन पानीले पटक पटक हात धुनु उपयुक्त उपाय रहेको र सावुन पानी नभएको अवस्थामा सेनिटाइजरले हात सफा गर्न सकिने भएकाले सर्वसाधारणका लागि माइक्रोबायोलोजी विभागले सेनिटाइजर उत्पादन सुरु गरेको हो । बायोलोजी विभागका अनुसार क्यँम्पसबाट उत्पादित सेनिटाइजर विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) बनाएको निर्देशिका अनुसारको गुणस्तरीय रसायन (केमिकल) प्रयोग गरिएको
धरान । साउदी अरबमा महिलाहरुले अब कोही पुरुष अभिभावकको अनुमति बिना नै विदेश यात्रा गर्न सक्नेछन् । शुक्रबार शाही आदेश जारी गरिएको छ । नयाँ नियमअनुसार अब २१ वर्षभन्दामाथि उमेर भएका महिलालाई कुनै पुरुष अभिभावकको अनुमतिबिनै पासपोर्टका लागि आवेदन दिन सक्नेछन् । यो नियम लागू भएपछि साउदी अरबमा सबै वयस्क विदेश यात्राका लागि पासपोर्ट अप्लाई गर्न सक्नेछन् । अब महिला र पुरुषमा भेदभाव हुने छैन । शाही आदेशका अनुसार महिलालाई आफ्नो बच्चाको जन्म, आफ्नो विवाह र सम्बन्धविच्छेदका लागि दर्ता गर्ने अधिकार हुनेछ । जागिरमा समेत महिलालाई बढी अधिकार दिइने छ । नयाँ नियमका अनुसार साउदीका सबै नागरिकलाई बिना कुनै भेदभाव
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved