नेपाल पर्यटनको अपार सम्भावना भएको क्षेत्र हो । नेपालमा फरक फरक पर्यटनको सम्भावना छ । जस्तैः आर्थिक पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक पर्यटन, प्राकृतिक पर्यटन आदि । यसमध्येको धार्मिक पर्यटनको सम्भावना अपार छ । धार्मिक पर्यटन मानवीय मूल्य, मान्यतासँग जोडिएको हुन्छ । त्यसकारण पनि नेपालमा धार्मिक पर्यटनको सम्भावना अधिक छ । यसलाई उचित प्रयोग गर्न नसक्दा जति धार्मिक पर्यटक ल्याउनुपर्ने हो त्यो सकिएको अवस्था छैन । ५० को दशकबाट अर्थात् २०५९ सालबाट प्राचीन हरिद्वार वराहक्षेत्रको चतरामा कुम्भ मेला लाग्दै आएको छ । यसले नेपालको गरिमालाई मात्रै बढाएको छैन । यसले नेपालको धार्मिक पर्यटनलाई एउटा उचाइ प्रदान गरिरहेको छ । हरेक १२ वर्षमा लाग्ने पूर्णकुम्भ र ६ वर्षमा लाग्ने अर्धकुम्भले धार्मिक पर्यटकहरुलाई आकर्षण गरिरहेको छ । यसले चतराको प्राचीन महŒवलाई पनि उजागर गरिरहेको छ । यसमा श्री १००८ जगत्गुरू बालसन्त मोहनशरण देवाचार्यको भूमिका सह्रानीय छ । २०५७ सालमा उनी स्वयम् उक्त क्षेत्रमा महायज्ञका लागि आएको बेला त्यस क्षेत्रको प्राचीन गरिमा बुझेर कुम्भ मेलाको आयोजना गरेका थिए । आज आएर त्यो मेलाले देशदेशावर नै चिनाएको अवस्था छ । विभिन्न धामहरुमध्ये प्राचीन हरिद्वार एउटा अनुपम स्थानको रुपमा रहेको छ ।

यहाँ पूर्णकुम्भ र अर्धकुम्भ मेला आयोजनाले चतराको महत्वलाई मात्रै बढाउँदैन । नेपालको धार्मिक पर्यटनमा एउटा हिस्सा पनि बन्दछ । कुम्भ मेलाले जातीय सद्भाव, एकता र सहिष्णुता कायम गर्ने काम गर्ने विश्वास लिइएको छ । यसले धार्मिक पर्यटनलाई नै टेवा पु¥याउनेछ । पूर्वीय दर्शनको मान्यता बोकेर हुर्किएका मानिसहरु यस पावनभूमिका आएर आफूलाई अहोभाग्य सावित गर्ने मौका प्राप्त गर्नेछन् । आन्तरिक मात्रै हैन, बाह्य पर्यटकहरुलाई पनि आकर्षित गर्नेछ । नेपालले धार्मिक पर्यटनमा थुप्रै आयामबाट काम गर्न सक्छ । तर जति गर्नुपर्ने हो त्यो गर्न सकेको अवस्था छैन । उहिले उहिले ऋषि, देवर्षि आदिको लागि तपोभूमिका रुपमा रहेको नेपाललाई प्रचारप्रसार गरेर जतिसक्दो धेरै पर्यटकहरुलाई भिœयाउन सक्छौँ । अर्कोतिर बुद्धको जन्मस्थल नेपाल भएकाले बौद्धमार्गी आदिलाई पनि यहाँ भिœयाउन सक्छौँ । यस्ता अनेकन आयामहरुमा नेपाल सरकारले ध्यान दिन आवश्यक छ । मेला त एक महिना मात्रै सञ्चालन होला तर, यसको आवश्यकता र उपादेयतालाई राज्यले प्रयोग गर्न सक्नुपर्छ । अनि मात्रै नेपालले धार्मिक पर्यटनमा एउटा काँचुली फेर्नेछ ।

कुम्भ मेलामा नेपाललगायत भारत तथा तेस्रो देशका नागरिकहरु दैनिक भ्रमण तथा पूजाअर्चनाका लागि आउनेछन् । यसले नेपाललाई एउटा फरक चिनारी दिनेछ । त्यसमा पनि चतराको छुट्टै महत्वलाई उजागर गर्नेछ । चतरा वराहक्षेत्र नगरपालिकाको एउटा तपोभूमिको रुपमा रहेको छ । यसलाई यही रुपमा निर्माण गर्ने परिकल्पनामा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार लाग्न आवश्यक छ । धर्म मानवीय भावना जोड्ने कडी हो । धर्म आचरण हो । सुशासन हो । असल आचरण हो । नैतिकता हो । यस्ता कुराहरु पूर्वीय दर्शनको मान्यता हो । धार्मिक पर्यटनलाई सही तरिकाले सदुपयोग गर्नका लागि सबैले आ–आफ्नो तर्फबाट पहल गर्न आवश्यक छ । कुम्भ मेलालाई मेलाको रुपमा मात्रै नलिई यसलाई धार्मिक पर्यटनको आधारको रुपमा लिन आवश्यक छ । सबैले यसतर्फ पहल गरौँ ।