श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल कात्तिक १९ गते बुधबार, ५ नोभेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर । कार्तिक शुक्लपक्षको पूर्णिमा तिथि ०७ः०८ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र अश्विनी ०९ः५६ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्योदय ०६ः१७ बजे र सूर्यास्त ०५ः१७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खनुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
टाढाका साथीभाइको निम्तो प्राप्त हुनसक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। ऋणमोचन हुने सम्भावना छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रकम हातलागी भए पनि खर्च गर्नुपर्ला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोशिस गर्लान्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
छोटो समयका लागि यात्रा गर्ने अवसर जुट्नेछ। जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुनसक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीभाइको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आकस्मिक समस्याले खर्च गराउला। सरसापटमा पनि धन बाहिरिन सक्छ। स्वास्थ्यमा ध्यान दिनु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पेसा–व्यवसायमा लाभ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हिम्मतले काम बनाउन सकिनेछ। मध्याह्नपछि अरूको साथ जुट्नेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। फाइदा हुने जिम्मेवारी हातपार्ने मौका छ।
































