विषय प्रवेशः
अन्य पार्टी र नेताहरू भ्रष्ट र नालायक भए भन्ने संवेदनशील र भावनात्मक भाष्यबाट राजनैतिक परिदृश्यमा उदाएका रवि लामिछाने एकपछि अर्को काण्डमा फसिरहेका छन् । अकल्पनीय र अनपेक्षितरूपमा २०७९ मा टुसाएको रास्वपाले मिसन ८४ जस्ता महŒवाकाङ्क्षी सपनाहरू देखाइरहेको बेला पछिल्लो समय ग्यालेक्सी टिभी र सहकारीको आर्थिक अपचलनमा समेत मुछिएका छन् । सत्य–तथ्य के हो भविष्य वा अनुसन्धानले बताउला । तर, पनि यसरी एकपछि अर्को काण्डैकाण्डहरूको शृङ्खलाहरूमा नाम जोडिनु जताबाट नापेतौले पनि सही मान्न सकिन्न । आप्mनै निहीत स्वार्थ मिल्ने समर्थक र शुभचिन्तकहरूको हकमा सामान्य कुरा होला तर, आम नेपाली मतदाताहरूको नजरमा यसले कतै न कतै यक्ष प्रश्नहरू खडा गरिरहेको देखिन्छ ।

हिजोआज सहकारी ठगी मुद्दा सर्वाधिक चर्चाको विषय बनिरहेको छ । ३० औँ हजारभन्दा बढी सहकारीहरू क्रियाशील रहेको नेपालमा पाँचसयभन्दा बढी सहकारीहरूले सदस्यहरूबाट सङ्कलित रकम हिनामिना गरेको मुद्दा सतहमा आइरहेको छ । यही मेसोमा जीबी राईले पनि ठूलो रकम ठगेको आरोप छ । राजनीतिमा आउनुभन्दा अघि ग्यालेक्सी टिभीको प्रबन्ध निर्देशक रवि थिए भने अध्यक्षमा जीबी राई थिए । यसले पनि जीबी राई र रवि लामिछाने विजनेस पार्टनर थिए भन्ने पुष्टि हुन्छ । गत सोमबार कान्तिपुर दैनिकले जीबी राई समूहले चलाएको सहकारीको एक करोड असी लाख रुपैयाँ रवि लामिछानेको बैङ्क खातामा जम्मा गरेको  समाचार प्रकाशित गरिदियो । रकम जम्मा गर्दाको भौचर र उनको बैङ्क स्टेटमेन्टसमेत सार्वजनिक भइसकेको छ । यो घटनाले रविमाथि पनि गम्भीर प्रश्नहरू उब्जिएको छ । यसले पुरानो पार्टी र नेताहरूले बिगारेको मुलुकमा आफू सपार्न आएको दाबी गर्ने स्वयम् रविमाथि यस्तो एकपछि अर्को काण्ड जोडिनु संयोग र षड्यन्त्रमात्रै हो वा अरू लुकेका आयामहरू केही छ भन्ने कुरा आज हामी सामु अनुसन्धानको विषय बनेको देखिन्छ । अर्थात् रविमाथि लगाइएको काण्डहरू दुराग्रही वा पूर्वाग्रही दृष्टिकोणद्वारा निर्देशित छ वा यो हाम्रो अर्थराजनीतिक प्रणालीद्वारा निर्देशित गतिविधिहरूभित्रै पर्दछ । यसै सन्दर्भमा यहाँ चर्चा गरिएको छ ।

पुरानो पार्टी र नेताः
प्रायः अधिकांश पुरानो पार्टी र नेताहरू लामो राजनैतिक सङ्घर्ष र आन्दोलनको पृष्ठभूमिबाट आएका हुन् । यसमध्य कतिपय नेताहरूले जीवनमरणको सङ्घर्ष, बलिदानी भाव, सौर्य र साहस प्रदर्शन गरेका थिए । जेलनेल, सेना, प्रहरीको ज्यादती, दमन र दुव्र्यवहार झेलेका थिए । कयौंं दुःख–कष्ट, हैरानीको शृङ्खलाहरू भोगेका थिए । राजनीतिकै नाममा घरपरिवार, पेसा, व्यवसाय, जागिर र सुखभोग सबै त्यागेका थिए । देश र जनताको लागि पूर्ण समर्पणभावसहित होमिएका थिए । न्याय, समानता, मुक्ति र स्वतन्त्रताबाहेक अरू लुकेको वा लुकाइएको स्वार्थ केही थिएन । सबैको अन्तिम लक्ष्य भनेको देशलाई समृद्ध बनाउने र जनतालाई अधिकारसम्पन्न बनाउने मात्र थियो । तीनदेखि पाँच दशकसम्मको लामो सङ्घर्षशील राजनैतिक जीवनमा आप्mनो निहीत र निकृष्ट स्वार्थ कहिल्यै हाबी भएन । सबैले आदर्श, त्याग, विवेक र इमान्दारिता प्रदर्शन गरे । पार्टी वा नेताहरूको यस्तै त्याग र बलिदानकै कारण धेरै मुद्दाहरू सम्बोधन पनि हुँदै गएको छ । यद्यपि अभैm धेरै मुद्दाहरू सम्बोधन गर्न बाँकी छ ।
तर, जब यस्ता त्यागी, इमान्दार पार्टी र नेताहरू संसदीय लोकतान्त्रिक चुनावी अर्थराजनीतिक पद्दतिमा छिरे, तब उनीहरू एकाएक बेइमान हुँदै गए । विगतका वाचा कसमहरू सबै भुल्दै गए । परिवर्तनको कुरा गर्नेहरू यथास्थितिमा रमाउन थाले । समानता र न्यायको कुरा गरेर नथाक्ने पार्टी वा नेताहरू आप्mनो निहीत स्वार्थमा रुमल्लिन थाले । विभिन्न स्वार्थ समूहहरूको इसारामा चल्न थाले । भ्रष्टाचार, कमिसन, तस्करी र बिचौलिया संस्कृतिको विरुद्ध जीवनमरणको लडाइँ  लडेर आएका पार्टी र नेताहरू यसरी आपैm भ्रष्ट र बिचौलियाको एजेण्ट बन्न पुगे । यो कसैले कल्पनासम्म पनि गर्न सक्ने सवाल थिएन । यसरी त्याग, बलिदान, निःस्वार्थता, विवेक, आदर्शता, इमान्दारिता, नैतिकता र मानवताको स्कुलिङमा दशकौँ बिताएका पार्टी र नेताहरूमा यति बिघ्न विचलन कसरी आयो ? यो हामी सबै सचेत नागरिकहरूले वस्तुवादी ढङ्गले खोजअनुसन्धान गर्ने विषय हो ।

यसमा सबैभन्दा पहिलो कारणमा आफूले भनेजस्तो राजकीय सत्ता प्राप्त नहुनु हो । सत्ताविना आफ्नो विचारधारात्मक कार्यदिशा विन्यास गर्न सकिँदैन । कार्यदिशा विन्यास नगरी कार्यक्रम तय हुँदैन । कार्यक्रम तय नगरी कार्यान्वय गर्ने अभियानात्मक प्रक्रियागत आन्दोलन अघि बढाउन सकिँदैन । दोस्रो संसदीय अर्थराजनीतिक चुनावी प्रणाली जिम्मेवार देखिन्छ । पुँजीवादीहरूले लोकतान्त्रिक चुनाव भनेपछि सबै समस्याहरू त्यसै हल हुन्छ भन्ने बनीबनाउ भाष्य निर्माण गरेको देखिन्छ । तर, चुनाव कति विकृत, विसङ्गत र खर्चालु छ भन्ने सन्दर्भमा गहिरो बहस छलफल भएको छैन । तर, चुनावले अग्रगमन, परिवर्तन, न्याय, समानता, मुक्ति र स्वतन्त्रता सबै सुनिश्चित गर्न सक्दैन । यो पुँजीवादीहरूको औपचारिक मुखौटो मात्र हो । चुनाव भनेको समाजवादी लयमा लागेका मतदाताहरूलाई विभ्रम सिर्जना गर्दै अल्मल्याउँदै ब्ल्याकमेलिङ गर्ने प्रक्रिया हो । यसरी चुनाव विकृत, विसङ्गत र खर्चालु हुनु अनि जसरी पनि चुनाव जित्नैपर्ने अर्थराजनीतिक संस्कृतिको कारण मतदाताहरूको औसत माग र आवश्यकता पूरा गर्दै भन्दै जाँदा पार्टी र नेताहरू आज नसोचेको ठाउँमा आइपुगेको स्पष्टै छ ।

स्वतन्त्र, नयाँ पार्टी र रविः
स्वतन्त्र, नयाँ पार्टी र नेताहरूसँग कुनै पनि किसिमको राजनैतिक सङ्घर्षको इतिहास छैन । त्याग, बलिदान, आन्दोलन र जेलनेलको कुनै अनुभव छैन । बरालिएको र बहकिएको मतदाता हाबी भएको समाजमा यस्तो त्याग र सङ्घर्षको कथा, गाथा र व्यथा चाहिँदैन । यो उनीहरूलाई राम्ररी थाहा छ । किनभने मतदाता राजनैतिकरूपमा सचेत नभएपछि उनीहरूले गर्ने मतदानमा पनि राजनैतिक सुझबुझ अभिव्यक्त हुँदैन । यो सार्वभौम नियम हो । यसकारण स्वतन्त्र, नयाँ पार्टी र पात्रहरूले अभैmसम्म पनि सङ्घर्षमय राजनैतिक विरासतको आवश्यकता महसुस नै गरेका छैनन् । उनीहरूलाई यति ज्ञान भने राम्रो छ । त्यो भनेको पुरानो पार्टी र नेताहरूप्रति नकारात्मक भाष्य बनाएर बसेका मतदाताहरूलाई चोटिलो, स्वादिलो, घोचिलो र पेचिलो सामग्री पस्के हुन्छ भन्ने छ । गाली वर्षाए हुन्छ भन्ने छ । तर, उनीहरूले यसरी भावनामा बहकिएको मतदाताहरू भोलि हाम्रो लागि पनि घाँडो हुन्छ भनेर सोचेको देखिँदैन । किनभने गैरराजनीतिक मतदाताहरूले समस्याहरूको वस्तुवादी कारण र समाधानतर्पm सोचेकै हुँदैन । उनीहरू उपभोगवादी चिन्तनद्वारा ग्रसित हुन्छन् । यसरी उपभोगवादी भावनामा बरालिएको जमातलाई सिद्धान्त, दर्शन, सही, गलत, अग्रगामी, पश्चगामी न्याय र अन्यायभन्दा पनि उपभोगवादी वासना सुँघाइदिए हुन्छ । यही वासनाको मिठासमा उनीहरू बहकिने र तरङ्गित हुने गर्दछ । यस्तो बेला भावनामा बहकिएको वा छचल्किएको मतदातालाई चुनावी ढोक्सामा पार्न सजिलो हुन्छ । स्वतन्त्र, नयाँ पार्टी र नेताहरू यस्तै आधारभूत चुनावी अर्थराजनीतिक कला प्रदर्शन गर्न सिपालु छन् । यस्तो अनुकूल अवस्था भोलि नहुन पनि सक्छ ।

अब कुरा रह्यो भ्रष्ट, बेइमानी, विकृति र विसङ्गतिको कुरा । यो भनेको पार्टी विशेष र नेता विशेषको मात्र सवाल होइन । यो समग्र प्रणाली र पद्दतिको सवाल हो । पुरानो पार्टी र नेताहरू दशकौंसम्म उच्च त्याग बलिदान र इमान्दारिता प्रदर्शन गर्न सफल भए । उनीहरू केही दशकको सत्ता अभ्यास वा चुनावी राजनैतिक मापदण्ड पूरा गर्ने क्रममा आज एउटा अवस्थामा आइपुगेको स्वीकार्नै पर्छ । यसमा बचाउनु वा जोगाउनु पर्छ भन्ने केही स्वार्थ छैन । तर, स्वतन्त्र, नयाँ पार्टी र नेताहरूको भने ऐतिहासिक राजनैतिक पृष्ठभूमि देखिँदैन । प्रायः सबैको पेशा, व्यवसाय, दलाली र वैदेशिक रोजगारीको विगत इतिहास पाइन्छ । उनीहरूले विगतमा जे जे गरे सबै निहीत स्वार्थको लागि गरे । आवश्यकता र बाध्यतामा गरे । यसमा धेरै प्रतिक्रिया जनाउनु छैन । अर्थात् राजनीतिमा प्रवेश गर्नुअघि उनीहरूले औसत आप्mनो र परिवारको लागि काम गरे । कमाउधन्दा र व्यवसायहरू गरे । आज रविका काण्डहरूबारे निर्मम समीक्षा गर्ने हो भने पनि उनीहरूको विगत छर्लङ्ग हुन्छ । अमेरिका प्रवेश गर्ने क्रमको फर्जी काण्ड, महिनामा एक करोड कमाउने काण्ड, पारिवारिक काण्ड, पासपोर्ट काण्ड, नागरिकता काण्ड, श्रीमती काण्ड र एक करोड असी लाखजस्ता काण्डहरूलाई नियाल्दा उनको विगतबारे प्रष्ट हुन्छ ।

तब विगतमा यो गर्छौं र त्यो गर्छौं भनेर त्याग, बलिदान, इमान्दारिताको कुरा गर्ने पार्टी र नेताहरू त आज संसदीय चुनावी अर्थराजनीतिक प्रणालीमा प्रवेश गरेको केही वर्षमै भ्रष्ट, बेइमान र विचलित भएका छन् । यो दुःखद् र विडम्बनाको कुरा हो । यस्तो वस्तुगत अर्थराजनीतिक चुनावी राजनैतिक धरातलमा स्वतन्त्र, नयाँ पार्टी र नेताहरू त झनै विगतदेखि नै एकखालको कमाउधन्दाको पृष्ठभूमिबाट आएको हुँदा उनीहरूबाट छुट्टै जीवन र व्यवहारको अपेक्षा राख्नु वस्तुसङ्गत हुँदैन । अर्थात् हिजो इमान्दारिताको स्कुलिङबाट आएका पार्टी र नेताहरू त यसरी बिग्रे, भत्के भने हिजोदेखि नै दायाँ–बायाँ गर्दै आएका स्वतन्त्र, नयाँ पार्टी र नेताबाट भ्रष्टाचार, बेइमानी, विकृति र विसङ्गतिरहित सुखी र समृद्ध नेपालको कल्पना गर्नु बेकार हुन्छ । यो तीतो सत्य कुरालाई बरालिएका र बहकिएका मतदाताहरूले जति समयमा बुभ्mछन्, त्यति नै हामी सबैको हित हुनेछ । अन्यथा स्वतन्त्र, नयाँ पार्टी र नेता चाख्दाचाख्दै पुस्तौंपुस्ता गल्नेछ । तर, समस्याको समाधन भने हुँदैन ।

निष्कर्षः
तसर्थ राजनीति गर्ने सबैलाई थाहा छ कि देश र जनताको लागि केही राम्रो काम गर्नुपर्छ भन्ने कुरा । भ्रष्टाचार गर्नु हुँदैन । बेइमान गर्नु हुँदैन । विकृति र विसङ्गतिविरुद्ध लड्नु पर्दछ भन्ने पनि सबैलाई राम्ररी थाहा छ । खराब काम गरियो भने मतदाताले दण्डित गर्नेछन् भन्ने पनि थाहा छ । गाल पर्छ, बदनाम भइन्छ भन्ने पनि थाहा छ । तर, पनि अन्त्यमा पार्टी तथा नेताहरू त्यही भड्खालोमा पर्छन् किन ? यसको एउटै जवाफ भनेको हाम्रो अर्थराजनीतिक प्रणालीमा गम्भीर समस्या रहेको छ । यस्तो विकृत, विसङ्गतिपूर्ण र खर्चिलो चुनावी प्रद्दति कायम रहेसम्म गौतम बुद्ध ब्युँतिएर आए पनि गर्ने, भन्ने र फस्ने यस्तै स्वार्थगत औसत राजनीतिक कर्मकाण्डहरूमा नै हो । यस्तो प्रणालीमा जसरी पनि चुनाव जित्ने कार्यदिशा बनाउनु पर्ने हुन्छ, जसको लागि समयअगावै मिसन–८४ र मिसन–८९ घोषणा गर्नुपर्ने हुन्छ । यसको लागि भ्रष्टाचारी, तस्कर, ठेकेदार, कमिसनखोर, दलाल, बिचौलिया र व्यापारीहरूसँग साइनो सम्बन्ध बढाउनै पर्ने हुन्छ । सायद स्वतन्त्र, नयाँ पार्टी र पात्रहरूले यस्तो कर्मकाण्डको जोहो गरिसकेको हुनुपर्छ । 

त्यसैले प्रणालीमा बहस गरौँ । यसको विकल्पबारे मनन् गरौँ । विगतमा इमान्दारिता र नैतिकताको स्कुलिङबाट आएको पार्टी र नेताहरू त संसदीय चुनावी राजनीतिमा छिरेपछि भ्रष्ट, बदनाम र विचलित भए भने हिजोदेखि नै त्यस्तै कमाउधन्दामा रमाएर आएका स्वतन्त्र, नयाँ पार्टी र पात्रहरूबाट समस्याको हल हुन्छ भनेर सोच्नु वैचारिक राजनैतिक दरिद्रताबाहेक अरू केही होइन । यो सच्चाइलाई बरालिएका, बहकिएका, भड्किएका र  छचल्किएका मतदाताहरूले बुभ्mनु जरुरी देखिन्छ । नत्र नयाँ र युवाको स्टण्टबाजीलाई मात्र आधार मानेर तिहुन चाखेजस्तो पार्टी र नेता चाख्दै जाने हो भने पुस्ता गुज्रिएला तर, समस्याहरूको समाधान भने हुँदैन । यसकारण पछुताउनुभन्दा बेलैमा सचेत बन्नु हितकर हुन्छ ।