धनकुटा । प्रदेश सरकारको लगानीमा धनकुटा अस्पताललाई १ सय शøयाको स्तरोन्नति गर्ने भनेर उद्घाटन गरिए पनि त्यसबाहेक अन्य काम अगाडि बढेको छैन ।

जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले अस्पताललाई १ सय शय्याको बनाउन ३६ करोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइए पनि अन्य कुनै काम नै सुरु नभएको बताए । १ सय शय्याको अस्पताल बनाउन आवश्यक जग्गाको व्यवस्थापनसमेत भएको छैन । अस्पतालको नाममा १६ रोपनी जग्गा रहेको छ । तर, १ सय शøयाको अस्पताल सञ्चालन गर्न कम्तीमा ५० रोपनी जग्गा आवश्यक पर्ने जिल्ला समन्वय समिति प्रमुख तामाङले बताए । उनले धनकुटा अस्पताललाई स्तरोन्नति गर्न चालु आ.व.मा ३ करोड रुपैया“ बजेट विनियोजन भए पनि जग्गा नभएकाले काम नै अघि नबढेको बताए ।

धनकुटा अस्पतालसँगै रहेको कृषि ज्ञान केन्द्र र रेशम विकास कार्यक्रमको जग्गा अस्पतालको लागि अगाडि बढाउने भनिए पनि हालसम्म कुनै निकायले यसबारे प्रक्रिया अघि नबढाएको जनाइएको छ । अस्पताललाई १ सय शय्याको सञ्चालन गर्ने अवस्थामा पनि हाल मौजुदा रहेको पूर्वाधारले मापदण्डअनुसार सेवा दिन नसकिने अस्पतालका निमित्त प्रमुख डा.मनिष शाहले बताए । एक शताब्दी पार गरिसकेको जिल्ला अस्पतालले हालसम्म १५ शøयाको अनुमति पाएको छ ।

आन्तरिक स्रोतबाट धनकुटा अस्पताललाई ४० शय्यासम्म सञ्चालन गरिएको डा. शाहले बताए । सरकारी मापदण्डअनुसार १ सय शøयाको अस्पताल सञ्चालन गर्न विभिन्न ८ वटा विभाग सञ्चालन गर्नुपर्ने हुन्छ । १ सय शय्याको अस्पतालमा बालरोग, स्त्रीरोग, मानसिक रोग, फिजिसियन, छाती रोग, हाडजोर्नी रोग, नाक–कान–घाँटी रोग विशेषज्ञको आवश्यकता हुने उनको भनाइ छ । तर, धनकुटा अस्पताल दुई वर्षदेखि नै निमित्तको भरमा सञ्चालन भइरहेको छ । अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने चर्चा भने २०७२ सालदेखि नै चल्दै आएको छ । 

icu-dkt

भेण्टिलेटर र आइसीयू खरिद गरेको २ वर्ष बित्दा पनि प्रयोगमा आएनन्
पछिल्लो समय कोरोना महामारी पनि बढिरहेको छ । यस्तो अवस्थामा जिल्ला अस्पतालमा २ वर्ष पहिले जडान गरिएको भेण्टिलेटर र आइसीयू भने जनशक्ति अभावको कारण सञ्चालनमा आउन सकेको छैन ।

२०७६ चैतमा प्रदेश सरकारले नेपाल सरकारको जनसुरक्षा कोषको सहयोगमा चारवटा भेण्टिलेटरसहितका १० आइसीयू बेड उपलब्ध गराएको थियो । करिब १ करोड ६५ लाख रुपैया“को लागतमा खरिद गरिएका ती उपकरण ल्याएर जडान गरिएको अस्पतालका सूचना अधिकारी राजन पोख्रेलले बताए । तर, सञ्चालन गर्ने दक्ष जनशक्तिको अभाव भएकोले उपकरण रहेको कक्ष नै बन्द छ ।

३० लाख रुपैया“को लागतमा भेण्टिलेटर सहितका आइसीयू बेड जडान गरिएको भए पनि जनशक्ति अभावमा सञ्चालन हुन नसकेको हो । भेण्टिलेटर सञ्चालनको लागि एनेस्थेसियोलजिष्ट र फिजिसियनको आवश्यकता हुने भएपछि ती सेवा बन्द रहेको जनाइएको छ । अस्पतालमा एनेस्थेसियोलजिष्ट र फिजिसियनको दरबन्दी नै कायम नगरिएको डा.शाह बताउँछन् । जिल्ला अस्पताललाई विशेषज्ञ सेवातर्फको विज्ञापन र पदपूर्ति गर्ने अधिकार नभएको कारण हालसम्म पदपूर्ति गर्न नसकेको बताइएको छ ।

‘प्रदेश १ सरकारको सहयोगमा भेण्टिलेटर आइसीयू जडान भए पनि सञ्चालनमा आउन सकेको छैन’ शाहले भने, ‘भेण्टिलेटर सञ्चालनको लागि आवश्यक जनशक्तिको व्यवस्थापनमा हालसम्म कुनै निकायबाट पहल हुन सकेको छैन । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक र जडान भएका उपकरण सञ्चालनमा नहुँदा सेवाग्राही धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पताल पुग्नुपर्ने बाध्यता छ ।’

यसअघि धनकुटामा मेडिकल कलेजको लागि प्रदेश १ सरकारले पहल सुरु गरेको थियो । कलेज सञ्चालनका लागि साढे १६ करोड रुपैया“ विनियोजन गर्ने भनिएको थियो । पहिलो चरणमा साढे ४ करोड विनियोजन गरिए पनि पुनः अन्य बजेट तथा कार्यक्रम आएन । विनियोजन गरिएको बजेटले समेत आवश्यक काम हुन नसक्दा फिर्ता हुन पुग्यो । जसमा जिल्लाका प्रदेश तथा सङ्घीय सांसद्को चासो नगएको स्थानीयको गुनासो छ ।