यासोक । पाँचथरको कुम्मायक गाउँपालिका ५ की नरिमायाँ चेम्जोङ उमेरले ७४ वर्ष पुगिन् । उनलाई वरपरको दृश्य हेर्न त परैको कुरा कान समेत सुन्न मुश्किल पर्थ्याे । उमेर ढल्किदै गएपछि आँखाको दृश्य गुम्यो । देख्न र सुन्न मुश्किल उनलाई सुविधा सम्पन्न अस्पतालसम्म पुग्न र उपचार गर्न मुश्किल थियो । तर गाउँमै आँखाको शल्यकृया हुन्छ भनेपछि छोराको सहयोगले आँखा उपचार गरिन र आँखाको ज्योति फर्कियो । उनि एक प्रतिनिधि पात्र मात्रै हुन 

गाउँपालिकाले तीन दिनसम्म संचालन गरेको आँखा शिविरमा भेटिका कुम्मायक ३ का ७२ वर्षिय रघुनाथ चोम्लागाई पनि खुसी देखिन्थे । वरपरको दृश्य हेर्दै आफ्ना अनुभव अरुलाई सुनाउदैे थिए । आँखाको समस्याले अंधो थिए् । उनले भने, परिवारका सदस्यहरुलाई चिन्न पनि निकै गाह्रो थियो तर अहिले निशुल्क आँखाको अप्रेशन भयो । सरिर फुर्तिलो र चङ्गा भएको छ । हर्सिद मुद्रामा उनले सुनाए  

गाउ“पालिका र नेत्रज्योति संघ ताप्लेजुङको सम्झौतापछि आँखा उपचार केन्द्र गाउँपालिकामै स्थापना गरिएको छ । आँखा उपचार केन्द्रको उत्घाटनसंगै संचालन गरिएको शिविरबाट जेष्ठ नागरिक दंग छन । तीन दिनसम्म संचालन गरेको शिविरमा २४ जना नागरिकको निशुल्क शल्यकृया भयो । २ सय ८९ जनाले सेवा लिए ।  शिविरसंगै गाउँपालिका स्थापना भएको आँखा उपचार केन्द्रले दैनिक आँखा उपचारको सेवा दिने केन्द्रका प्रमुख बसन्त लिम्बूले बताए ।

बिहान १० देखि बेलुका ३ बजेसम्म ओपिडी सेवा, चस्मा र औषधी बितरण गर्ने उनको भनाइ छ । गाउँपालिकाले आँखा उपचार केन्द्रलाई वार्षिक ७ लाख र भवन उपलब्ध गराउने भएको छ । नागरिकको स्वास्थ्यमा प्राथमिकता दिदैं गाउँपालिकाले आँखाको उपचारको लागि सुविधा सम्पन्न अस्पतालको खोजी गर्दै आएका नागरिकलाई सहज हुने विश्वास लिएको छ । 

इटहरी आ“खा अस्पतालका डा. अंकिता शर्मा सहित ९ जनाको प्राविधि टोलिले गाउँपालिकाका २ सय ८९ जना नागरिकलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो । शिविरमा २४ जनाको मोतिविन्दुको निशुल्क शल्यकृया र अन्यलाई चस्मा र औषधी बितरण गरिएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा पनि गाउँपालिकाले मोतिविन्दुको निशुल्क शल्यकृया सहितको आँखा शिविर संचालन गरेको थियो । सो शिविरमा १ हजार १ सय १० जनाले सेवा लिएका थिए । शिविरमा १ सय १३ जनाको शल्यकृया भएको थियो । जुन हालसम्मकै ठुलो संख्या हो ।

गाउँपालिकाले नागरिकको जनअपेक्षा अनुसार बिभिन्न शिविर संचालन गरी सेवा दिदै आएको छ । आँखा, दाँत र महिलाहरुको तल्लो पेट तथा पाठेघरको समस्या लगायतका शिविरबाट नागरिकलाई स्वास्थ्यको पहुँचमा जोड्दै आएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

स्वास्थ्यको पहुँचबाट टाढा रहेका दुर्गम क्षेत्रका नागरिकहरुलाई स्वास्थ्यको पहुँचमा जोड्न स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर वर्षेनी बजेट बिनियोजन समेत गरेको चेम्जोङको भनाइ छ । गाउँपालिकाले ५ वर्षको अवधिमा पाँच वटा स्वास्थ्य शिविर संचालन गरेको छ । उक्त शिविरबाट प्रत्यक्ष वा अप्रत्य रुपमा गाउँपालिकाका २ हजार ५ सय नागरिकले सेवा पाएका छन ।