नेपालजस्तो कृषिप्रधान देशको अर्थव्यवस्थामा पशुधन एवम् पशुपालनको महत्वपूर्ण स्थान छ । कृषिप्रधान देशको अर्थव्यवस्थामा पशुधन एवम् पशुपालनको महत्वपूर्ण स्थान छ । बाख्रापालनलाई हाम्रो देशको प्राचीन व्यवसाय मानिन्छ । कुरा चाहे दूधको होस् वा मासुको । हाम्रो देशको गरिब किसानका लागि बाख्राभन्दा राम्रो कुनै अर्काे पशु छैन । ठूला पशु जस्तैः गाई, भैंसी आदिको शारीरिक आवश्यकता एवम् हेरचाह धेरै महँगो पर्ने हुन्छ ।

यस्तो स्थितिमा साना एवम् गरिब सीमान्तकृत किसानहरूका लागि बाख्रापालन धेरै सरल एवम् लाभप्रद व्यवसाय हुन आउँछ । बाख्राको यिनै गुणहरूका कारण यिनलाई गरिबको गाई भनिन्छ । नेपालमा उपलब्ध सबै किसिमको कठिन वातावरणीय परिस्थितिहरू एवम् उचित आहारको अभावमा पनि बाख्राहरूमा उत्पादन गर्ने विलक्षण क्षमता हुन्छ ।

बाख्रालाई घरका साना केटाकेटी एवम् फुर्सद भएका सदस्यले आरामसँग सार्वजनिक चरन, बेकार खेर गएको भूमि आदि कयौं ठाउँहरूमा चराएर पाल्न सक्दछन्, जसले गर्दा यसलाई पालन गर्न लाग्ने खर्चलाई पनि कम गर्न सकिन्छ । बाख्रापालन खासगरी मुख्यरूपमा दूध, मासु, छाला अनि रौंका लागि गरिन्छ । हाम्रो देशमा उपलब्ध रैथाने नश्लका बाख्राहरूको उत्पादन क्षमता निम्न कोटिको त छ तर, यिनमा उच्च एवम् निम्न तापक्रम सहने क्षमता, रोगहरूसँग लड्न सक्ने क्षमता एवम् निम्नस्तरको हेरचाहमा पनि सहज उत्पादन गर्न सक्ने अद्वितीय क्षमता हुन्छ ।

धेरै ठूलो सङ्ख्यामा मासुका लागि बध गरिँदा पनि प्रतिवर्ष बाख्राको सङ्ख्यामा ३–४ प्रतिशत वृद्धि हुने गर्दछ, जुन यिनको उच्च प्रजनन् क्षमताको द्योतक मानिन्छ । प्रतिवर्ष एउटा बाख्राबाट लगभग ५ सय रुपैयाँको शुद्ध आय दूधबाट प्राप्त हुन सक्छ । बाख्राको भाले पाठाहरू मासु उत्पादनका लागि प्रयोग गरिन्छ । ६ महिनाको उमेरमा एउटा स्वस्थ पाठा पाठीबाट ५ देखि ६ सय रुपैयाँको लाभ प्राप्त गर्न सकिन्छ । दूध, मासु र छालाबाहेक कृषकले बालीनाली भिœयाएपछि बाख्राको बथानलाई आफ्नो खेतबारीमा राख्दछन्, जसले गर्दा बाख्राको बड्कुला एवम् पिसाब जैविक मलको रूपमा उपलब्ध हुन्छ ।

बाख्राको बथान आफ्नो खेतबारीमा राख्न किसानले बाख्रापालकलाई २०–२५ रुपैयाँ प्रतिरातको दरले दिने चलन छ । बाख्रापालन व्यवसाय अपनाएर कृषकले आफ्नो आर्थिक अवस्था धेरै हदसम्म सुधार गर्न सक्छन् । किनकी बाख्रापालनबाट धेरै फाइदा हुने गर्दछ । बाख्राहरूलाई दूध र मासुका लागि उपयुक्त स्रोत मानिन्छ । छाला एवम् रौंबाट अतिरिक्त आम्दानी प्राप्त हुन्छ । यसको बड्कुला र पिसाबले खेतबारीको उर्वराशक्ति बढ्दछ ।

कम आयुमा नै दूध उत्पादन हुने गर्दछ । यसको मासु अन्य पशुभन्दा बढी रुचाइन्छ । एक पटकमा एक भन्दा बढी पाठापाठी जन्माउँछ । कुनै विशेष गोठ खोरको आवश्यकता पर्दैन । वर्षभरि रोजगार प्रदान गर्दछ । धेरै कम खर्चमा पाल्न सकिन्छ । आवासका लागि थोरै ठाउँ चाहिन्छ । बाख्राको दूध अन्य पशुहरूको तुलनामा मानव दूधसँग मिल्दोजुल्दो हुन्छ ।  धेरैजसो विवाहित महिलाहरूलाई बाख्राहरू आफ्नो आमाबाट दाइजोको रूपमा प्राप्त हुन्छ । आफ्नो परिवार पाल्न, केटाकेटी हुर्काउन एवम् विहेवारीमा खर्च गर्न महिलाहरूले बाख्रापालनबाट प्राप्त हुने आम्दानी प्रयोग गर्दछन् ।

महिला एवम् बाख्रा
पशुपालनमा ग्रामीण महिलाहरूको धेरै ठूलो योगदान हुन्छ । कम पुँजी विनियोजन हुनाले आर्थिक रूपले पछाडि परेका एवम् भूमिहीन सीमान्तकृत महिलाहरूका लागि बाख्रापालन वरदानसिद्ध हुन सक्दछ । ठूला पशुहरूको तुलनामा बाख्रालाई सजिलै पाल्न सकिन्छ । एउटी महिलाले एउटा बथानलाई सजिलैसँग हेरचाह गर्न सक्दछिन् । बाख्रापालनबाट आर्थिक लाभका साथसाथै घरमा उपलब्ध अतिरिक्त श्रमको पनि उपयोग हुन्छ । साथै बाख्राको दूध र मासुले ग्रामीण महिलाको पोषणस्तरमा अपेक्षित सुधार हुने गर्दछ । जसले कुपोषणको समस्या रहँदैन, जुन ग्रामीण क्षेत्रहरूमा अनेकौं बिरामीहरूको कारण मानिन्छ । खडेरी एवम् अकालको बेला ती क्षेत्रका महिलाहरू यसलाई विपत्तिको बेलाको बिमा मान्दछन् ।

ग्रामीण महिलाहरूले बाख्रापालन व्यवसायका लागि सरकारद्वारा कम ब्याजमा ऋण प्राप्त गर्न सक्छन्, जुन ग्रामीणस्तरमा सञ्चालित योजना अन्तर्गत दिइन्छ । समग्रमा गरिबीसँग लड्नका लागि बाख्रापालनलाई एउटा राम्रो साधन बनाउन सकिन्छ ।

प्रोटिन एवम् दूधको कमीलाई पूरा गर्नका लागि सबैभन्दा राम्रो एवम् सस्तो माध्यम बाख्रापालनलाई मान्न सकिन्छ । बाख्राको दूधमा प्रोटिनको मात्रा मानव दूधको प्रोटिनसँग मिल्दाजुल्दो हुन्छ एवम् यो मानिसका केटाकेटीका लागि उत्तम मानिन्छ ।

मानव पोषण एवम् बाख्रा
प्रोटिन एवम् दूधको कमीलाई पूरा गर्नका लागि सबैभन्दा राम्रो र सस्तो माध्यम बाख्रापालनलाई मान्न सकिन्छ । धेरैजसो मानिस जसलाई गाई, भैंसीको दूधबाट एलर्जी हुने गर्दछ या पेटमा घाउ (अल्सर) हुन्छ, तिनका लागि बाख्राको दूध लाभदायक हुने गर्दछ । हाम्रो देशका मांसाहारी समुदायले विभिन्न धार्मिक, सामाजिक एवम् सांस्कृतिक कारणले गर्दा अन्य जनावरको मासुको तुलनामा खसी–बोकाको मासु बढी मन पराउँछन् । किनकी बाख्राको मासुमा प्रोटिनको मात्रा बढी एवम् बोसोको मात्रा कम हुन्छ ।

जुन सन्तुलित आहारको दृष्टिले राम्रो मानिन्छ । बाख्राले प्रतिदिन १ देखि २ लिटरसम्म दूध दिन्छ, जसले एउटा परिवारको दूधको आवश्यकता पूरा गर्न सकिन्छ । साथै अतिरिक्त दूध बेचेर आर्थिक लाभ पनि लिन सकिन्छ । बाख्रालाई यति दूध उत्पादन गर्नका लागि धेरै दाना पनि आवश्यक पर्दैन ।

घर वा घरवरिपरि उपलब्ध घाँस, पराल, स्याउला एवम् अन्य कुराहरू खुवाएर पनि सजिलै बाख्रा पालेर दैनिक आवश्यकता पूरा गर्न सकिन्छ । प्राचीनकालदेखि नै बाख्राको दूध मानव दूधपछि दोस्रो स्थानमा प्रतिस्थापित भएर शिशुको स्वास्थ्यका लागि अति उत्तम मानिएको छ । यहाँसम्म कि वृद्ध वृद्धाहरूका लागि पनि बाख्राको दूध अति पौष्टिक, शीघ्र पच्ने एवम् लाभकारी मानिन्छ । त्यसैले बाख्रालाई मानिसको सौतेनी आमा, धाइआमा मानिन्छ ।

मरुस्थलीकरण अनि बाख्रा
बाख्राहरूबारे यो गलत धारणा छ कि बाख्राले प्रायःजसो हरियाली चरेर खान्छ तथा मरुस्थलीकरणलाई प्रोत्साहन गर्दछन् । अध्ययनहरूबाट थाहा हुन्छ कि यो एउटा गलत धारणा हो । प्रायःजसो समस्या गाई एवम् भेडाले ज्यादा पैदा गर्दछन् ।

किनभने गाई र भेडा प्रजाति यति गहिराइमा चर्ने गर्दछन् कि उनीहरूको चराइबाट माटो उखडिन्छ एवम् माटो कटानको प्रभावमा आउँछ । बाख्राले प्रायःजसो टाउको उठाएर बोटबिरुवा एवम् झाडी आदिको पातहरू मात्र बडो मज्जाले खान्छ । 

बाख्रा स्वभावले नै छानिएको आहार खान्छ तथा तिनलाई रुख बिरुवामाथि अगाडिको खुट्टा राखेर चर्न राम्रो लाग्छ । बाख्राहरू दिनभरि घुमी घुमी खाने गर्दछन् । त्यसले सतहमा उम्रिने हरियालीलाई क्षति हुँदैन । यसको विपरीत गाई र भेडाहरू सधँै तलतिर टाउको गरेर एकातिरबाट चरेर आहार टिप्दछन् । आम धारणाको विपरीत बाख्राहरूले पूरै जमिनमा खाद्य फैलाउँछन् । अनि त्यसलाई उब्जाउयोग्य बनाउँछन् र लवणीय माटोलाई रुख बिरुवाहरूको लवणयुक्त पातहरू खाएर लवणता घटाउँछन् । घाँस झाडीहरू एवम् रुख बिरुवाको बिउहरूलाई टाढा टाढासम्म फैलाउनमा पनि बाख्राले मद्दत गर्दछ ।

बाख्राको बड्कुलाले बिउहरूका लागि उर्वर क्याप्सुलको काम गर्दछ । जसले गर्दा बिउहरूलाई अङ्कुरित हुने बेलामा पर्याप्त पोषण प्राप्त हुन्छ । यसरी पर्यावरण बिगार्ने भयबाट मुक्त भएर मरुभूमिमा बाख्रापालन गरिन्छ । दूध र मासुपछि बाख्राको छाला धेरै महत्वपूर्ण मानिन्छ । यसबाट ज्याकेट, कोट, पर्स, जुत्ता, पञ्जा, कम्मर पेटीहरू तथा घरलाई सजाउने चिजहरू बनाएर बेच्नाले धेरै लाभ लिन सकिन्छ ।

बाख्राको छाला अन्य पशुहरूको छालाभन्दा राम्रो मानिन्छ । बाख्राहरूबाट रौं एवम् पस्मिना प्राप्त हुन्छ । जसबाट विभिन्न प्रकारको ऊनी वस्त्र बनाइन्छ । प्रत्येक बाख्राबाट सालभरिमा लगभग दुई क्विण्टल खाद्य पाइन्छ । सम्बन्धित लघुउद्योग स्थापित गर्न सकिन्छ, जस्तैः दुग्ध उद्योग, मासु एवम् छाला उद्योग, वस्त्र उद्योग आदि । यसबाट रोजगारीको अवसर एवम् साथै बाख्रापालनलाई अपेक्षित स्तरमा ल्याउन सकिन्छ ।