४२ औँ विश्व पर्यटन दिवस टुरिज्म फर इन्क्लुसिभ ग्रोथ नाराको साथ मनाइएको छ । मनोरञ्जन तथा तिर्थट्न गर्ने उद्यश्यले गरिने घुमफिर वा भ्रमण नै पर्यटन हो । अध्ययन, व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रा पर्यटन हो ।

नेपाल प्राकृतिक रूपमा सुन्दर, सांस्कृतिक रूपमा धनी एवम् ऐतिहासिक देश हो । नेपाल एक आकर्षक, रमणीय र सुरक्षित पर्यटकीय गन्तव्य हो । नेपालका अनुपम र अनुरागयुक्त पर्यटकीय गन्तव्यको प्रचारप्रसार, विविधीकरण र विस्तारीकरण गर्ने हो भने नेपाललाई पर्यटनको रोजाइको केन्द्र बनाउन सकिन्छ । नेपालका सुन्दर हिमालहरू, लुम्बिनीलगायतका अमूल्य तीर्थस्थल, स्वर्ग तुल्य ठाउँ त्यस्तै हिमाल, पहाड र तराईका असङ्ख्य अनुपम प्राकृतिक सिर्जनाहरू आफैमा नेपाल माधुर्यता सिद्ध मनोमोहक देश हो ।

यस्तो अपार सम्भावना बोकेको हाम्रो देश र घुम्टोभित्र लुकेझैँ विश्व नजरमा लुकिरहेको त छ नै विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले धरासायी र कमजोर तुल्याएको छ । नेपालको पन्ध्रौ योजनाले पर्यटन आगमनलाई ३५ लाख पु¥याउने लक्ष्य लिएको छ । त्यस्तै पर्यटन बसाइ अवधि १५ दिन पु¥याउने, दैनिक खर्च १०० डलर र कुल गार्हस्थ्य उत्पादनमा १० प्रतिशत योगदान हुने भनेको छ ।

कोरोनाको असर नेपालको पर्यटन क्षेत्रमा झन् धेरै देखिएको छ । सन् २०१९ मा पर्यटन आगमन २.१ प्रतिशतले वृद्धि भई ११ लाख ९७ हजार १९१ थियो तर यो सङ्ख्या घटेर सन् २०२० मा २ लाख ३० हजार ८५ पुगेको छ । यसरी हेर्दा पर्यटन आगमन ८०.८ प्रतिशतले घटेको देखिन्छ । सन् २०२१ को पनि गत ८ महिनाको पर्यटन आगमन ६६ हजार जति रहेको छ । सन् २०१९ को तुलनामा सन् २०२० मा पर्यटन क्षेत्रबाट आर्जित मुन्द्रामा ७० प्रतिशतले गिरावट आएको छ ।

सन् २०२० मा पर्यटकको बसाई अवधि १५.१ दिन पुगेको छ । दैनिक खर्च ६५ डलर पुगेको छ । यो पर्यटकको खर्च भने अघिल्लो वर्षको तुलनमा ३४.४ प्रतिशतले बढी छ । सन्  २०२० मा नेपालमा सबैभन्दा बढी ६०.५ प्रतिशत पर्यटक मनोरञ्जनका लागि आउने गर्छन् । नेपालमा क्रमशः भारतबाट १७.५ प्रतिशत, म्यानमारबाट ९.१ प्रतिशत, थाइल्याण्डबाट ९.० प्रतिशत, चिन ८.४ प्रतिशत र अमेरिकाबाट ७.७ प्रतिशत गरी करिब ५८.४ प्रतिशत पर्यटक पाँचवटा देशबाट आउने गर्छन् । नेपाल आउने अधिकांश पर्यटकले लुम्बिनी भ्रमण गर्ने गरेका छन् । कोरोना महामारीको कारण हिमाल आरोहणको गर्नेको सङ्ख्यामा ९२ प्रतिशतले कमी भई १५३ जना मात्र रहेका थिए ।

नेपालले लामो समयपछि खोपको मात्रा पूरा गरेका विदेशीलाई अन अराइभल भिसा उपलब्ध गराउने भएको छ । अन अराइभल भिसा भनेको नपालमा प्रवेश गरेका विदेशीलाई निश्चित समयका लागि अध्यागमन विभागले उपलब्ध गराउने भिसा हो । नेपाल अथाह पर्यटकीय सम्भावना भएको मुलुक हो । हाम्रो कला संस्कृतिलाई globalization through localization  भन्ने मान्यताअनुसार विश्वाव्यापी प्रचार गर्नु जरुरी छ । वर्तमान प्रविधिको अधिक सदुपयोग र पर्यटकीय स्थलको व्यापक प्रचार, ऐतिहासिक धरोहरको संरक्षण गर्न सकेमा नेपाल विश्वकै उत्कृष्ट गन्तव्य बन्न सक्छ । जसको माध्यमबाट आर्थिक उपार्जन, रोजगारी सिर्जना, गरिबी निवारणको साथै ऐतिहिसक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यावरणीय प्रवद्र्धनमा टेवा पुग्दछ । पर्यटनको शुभकामना । 

लेखकः धरान उपमहानगरपालिकामा कार्यरत कर्मचारी हुन् ।