पुष महिनाको बेलुकीको घामको स्पर्शले धर्तीलाई सुम्सुम्याएर सूर्य भर्खरै स्वयम्भु पारिको डाँडाबाट ओझेल प¥यो । सडकछेउमा आफ्नो ठेलागाडीलाई अड्याएर घामको न्यानो पाहार ताप्दै आफ्नो दुवै हत्केलालाई सिरानी हालेर सुतिरहेको धनेको शरीरले अब भने जाडोको महसुस गर्यो ।

बतासिँदै आएको हावाको एउटा चिसो झोंक्काले ऊ ब्युँझियो । उसको ब्युँझाइसँगै नजिकैको सेकुवाघरबाट आएको सेकुवा पोलेको कोइलाको धुँवा र मासुको गन्धले उसको नाकलाई एकपल्ट बेस्सरी गिजोल्यो । उसको पेटभित्र भोक उछित्तोसँग खेल्यो । भोकले अमिल्लिएर उसको अनुहार सोहोरियो, बेस्वादले ।


उसले एकचोटि वरिपरि नियाल्यो र सडकको परपरसम्म आफ्ना आँखाहरुलाई हुत्यायो । बेलुकीको अफिस छुटेर आउनेजानेहरुको भीडभाड र ओहोरदोहोरले सडकलाई छोपेको छ । उसले नजिकै आउँदैजाँदै गरिरहेका मान्छेहरुलाई चिहाउँथ्यो र एउटा आशापूर्ण दृष्टि उनीहरुतिर दौडाउँथ्यो ।

तर जब उसले त्यहाँ कोही त्यस्ता मान्छेहरु भेट्दैनथे, जसलाई उसको ठेलागाडाको आवश्यकता परेको होस् । र, जब बाटोे हिँड्नेहरु उसको ठेलागाडाको छेवैबाट बेपर्वाहसँग अघि बढ्थे, उसको अनुहारमा निराशा छाउँथ्यो ।


धनेको आँखा दिक्दारीपूर्वक माथि उठ्थ्यो र केही पर रहेको एउटा आलिशान घरको बार्दलीमा पुगेर अड्किन्थ्यो । त्यो आलिशान घर, त्यसको चमकदार रङरोगन, हावालाई चुमिरहेको त्यसका झ्यालहरु, आकाशतिर अग्लिदै गइरहेको त्यसको छत, छतबाट खसिरहेको घामको उज्यालो । लोभलाग्दो दृश्य ।

साँच्चै नै त्यो घरको एउटा आकर्षणले धेरैबेरसम्म उसका आँखालाई बाँधेरै राख्थ्यो त्यहाँ सधैं । त्यसैले त प्रत्येक दिनजसो वीर अस्पताल र महाबौद्ध छेउछाउको त्यो सडकको एउटा कुनामा आफ्नो ठेलागाडालाई अड्याएर धनेका आँखाहरुले सधैं त्यसरी नै धितलाग्दोसँग महिनौंदेखि हेर्दै आइरहेको छ त्यो घरलाई । एक किसिमको मुहुनी बाँधिएको छ त्यो घरसँग उसको ।

कहिलेकाँही त्यो घरको छतमा खेल्ने बतासजस्तै धनेको आँखामा बेलगाम भएर उसको कल्पना खेल्थ्यो । सधैं तन्द्रामा हुन्थ्यो ऊ ।


धनेले एकचोटि ती दृश्यहरुलाई विश्वासै गर्न सकेन । पुरै युद्धरत् थियो सुकुम्बासी बस्ती । पुरै हृदयविदारक र मुटु चुड्ने खालको थियो सुकुम्बासी बस्तीभित्र भत्काइएका ती झुप्राहरुको दृश्य । ओहो, आफ्नै नागरिकमाथि सरकारी मान्छेहरुको त्यो हिँस्रक आक्रमण । कति अमानवीय ।

‘यो घरको शौकतले जिन्दगी बाँच्न पाए कस्तो पो हुन्थ्यो ए !’– सोच्थ्यो ।

क्षणभरको लागि उसको आँखा धपक्क बल्यो र फेरि निभ्यो । भर्खरै, ऊ ब्युँझनुअघिको निद्रामा देखेको सपनालाई सम्झ्यो उसले । यो सपनाको आनन्दमा बाँच्न पाउनुको खुसी पनि बेग्लै । सायद मान्छे, आफ्नो जीवनभरि ऊ आधी सपना ९कल्पना० मा बाँच्छ र आधी यथार्थ(वर्तमान)मा ।


साँच्चै, कति फरक थियो केही क्षणअघिको उसको सपना र अहिलेको विपनामा । अघि सपनामा ऊ त्यही आलिशान घरको मालिक थियो । उसको कार थियो । नोकरचाकर थिए । खानेकुराहरुको अनेकौं व्यञ्जन र परिकारहरु थिए । खुसीले फुक्काफाल थियो ऊ ।



‘थुक्क ! त्यो चिसो बतास !’ एकछिन ऊ बर्बरायो– ‘निद्रै बिथोल्ने गरी यही बेला त्यसलाई मेरो आङमाथि बतास्सिनुपर्ने ।’

नमिठोगरी बिग्रियो उसको मुखमुद्रा ।


त्यो बतासले उसको जिउलाई कहर हुने गरी छोएर नगइदिएको भए यसरी उसको निद्रा बिथोलिने त थिएन । ऊ त्यो निद्राबाट ब्युँझने त थिएन । उसको त्यो सपना टुट्ने त थिएन ।


निद्राबाट ब्युँझदा पहिले त ऊ साँच्चै झस्क्यो । आफ्नो वरिपरिका सबै दृश्यहरुलाई उसले नियाल्यो । मनमा एउटा विस्मात् उठ्यो । सबै कुराहरु खल्लो लाग्यो उसलाई । एउटा हेलुसिनेशनले नजिकैका बस्तुहरु पनि उसलाई खुट्याउनु गाह्रो हुँदै थियो ।


‘निधाराँ नि लेख्नु प¥यो ए । रहरले मात्र हुन्न ।’ एउटा विषाद्ले ऊ एक्लै आफ्नै मनसित बोल्यो । उसको आँखाबाट स्खलित भएर उसको वर्तमान खस्यो ।


०००


‘ए दाइ, ए ठेलागाडावाला दाइ ।’

अनायासै झस्क्यो ऊ । उसको सोचाइका श्रृङखलाहरु भत्किए । उसले देख्यो, उसको अघिल्तिर एउटा विद्यार्थीझैं देखिने अनुहार उभिएको छ ।

‘एउटा खाट र अलिकति सामान छ, लाने हो रु विद्यार्थी अनुहारले सोध्यो

‘काँ सम्म लाने हो रु’ धनेको मनमा आशाले अलिकति अङ्कुरायो ।

‘ठमेलसम्म ।’ विद्यार्थी बोल्यो

‘लाने नि हजुर, किन नलाने ।’

‘कति लिन्छौ रु’

‘तीस रुप्याँ ।’ धनेले भन्यो

‘तीस हैन, बीस दिन्छु ।’ विद्यार्थीले बार्गेनिङ गर्यो ।

‘मर्का पर्छ कि हजुर । टाढै छ ।’ धनेले विद्यार्थीतिर हेर्यो, प्रतिक्रिया बुझ्न ।

‘सक्छ भने लैजाऊ, नत्र अर्को खोजुम्ला ।’ विद्यार्थीले भन्यो ।


विद्यार्थीले धेरै नबोली टुङ्गो लाइदियो । अब के भनेर भाउ दर्याउने, धनेलाई अप्ठ्यारो भो । धेरैबेरसम्म अल्मलिरहे विद्यार्थी हिँडिदेला । बिहानैदेखि आज उसको ठेलागाडा चलेको छैन । आजको आम्दानीको नाउँमा एक रुप्याँ परेको छैन उसको हातमा । ‘त्यै बीस रुप्याँ पनि बेलुकी स्वास्नीको सुत्केरी खर्च उत्रन्थ्यो ।’ उसले सम्झ्यो– ‘भरैलाई कोठामा चामल छैन । तेल, तरकारी त्यसैले किन्नु पर्छ ।’


उसले एउटा विनयभावले विद्यार्थीको अनुहारमा पुलुक्क हेर्यो । सामानलाई ठेलागाडामा राख्यो र गाडालाई अगाडि घचेट्यो । पैतालीस वर्षको हाराहारीमा पुगेको उसको जीवनको लगभग आधी उमेर त उसले यही ठेलागाडी धकेलेरै बितायो ।

गाउँबाट भागेर हिँड्दा अल्लारे थ्यो मन । सहर खोज्न हिँडेको । सहरको सपनाले फेरि गाउँ फर्कन दिएन । सहरमै कुल्ली गर्यो । ढुङ्गामाटो बोक्यो । खोलाका किनारहरुमा गिटीबालुवा चाल्यो । विष्णुमतिको किनारमा गिटी, बालुवा चाल्दाचाल्दै जिस्किएर पूर्व सिन्धुपाल्चोकतिरकी एउटी तामाङ्नी केटीसँग माया बस्यो र उसको विहे भो । त्यहीं विवाहले विष्णुमतिको किनारमा उनीहरुको एउटा झुप्रा बसाल्यो ।


‘सुकुम्बासी बस्तीमा बुल्डोजर लगाइँदै छ ।’

असननिर आइपुग्दा धनेको कानमा एउटा अस्पष्ट हल्ला आइपुग्यो ।


भीडबाट अप्रत्यासित रुपमा आएको यो होहल्लाले ठेलागाडा घचेट्दै गरेको धनेका हातहरु एकैछिन् रोकिए । उसका गोडाहरु शिथिल भए । एउटा सम्भावित आशङ्काले उसको मन बेस्सरी अत्तालियो । एउटा भयले यो जाडोका पनि उसको जिउबाट पसिना चिट्चिट् छुट्यो । उसले एकचोटि पछाडि फर्केर हेर्यो ।

सम्भवतः ऊ त्यो अघिको भीडबाट आएको हल्लासँग विश्वस्त हुन चाहन्थ्यो । साँच्चै त्यो खबर यो भीडभित्र कसले ल्यायो होला रु यो हल्लाको वास्तविकता के होला रु त्यो बुल्डोजर लगाएको कुन चैं सुकुम्वासीबस्ती होला रु त्यो भीडमा कसलाई पो के सोध्ने रु त्यो हल्लाको सत्यता बुझ्ने पो अब कसरी रु एउटा दुविधा र अन्तद्र्वन्द्वले ऊ अल्झिरह्यो ।


त्यसैबेला ठेलागाडाको अगाडिपछाडिबाट आएको गाडी र मोटरसाइकलको एकोहोरो हर्नले ऊ झस्क्यो । त्यो कोलाहलले उसको तन्मयतालाई भत्काइदियो । उसले देख्यो, त्यो बीचसडकमा रोकिएको उसको ठेलागाडाले त्यो साँघुरो सडकमा कुदिरहेको गाडीको ओहोरदोहोरलाई नै बन्द गरिदिएको थियो ।

र, त्यहाँ बन्द भएका गाडीका ऐनाबाट चिहाइरहेका एकहुल तीखा आँखाहरुले उसलाई नै घुरिरहेका थिए । त्यो गालबाट बच्न उसले ठेलागाडीलाई अरु बल गरेर घचेट्यो । र, ठेलागाडीलाई किनारा लगायो । तर सधैंजस्तो आफ्नो विराम हुँदा क्षमायाचनाले मुस्काइरहने ओंठको हाँसो यतिबेला उसको अनुहारमा थिएन ।

उसको आँखाको चञ्चलता थिएन । केहीबेर अघिसम्म ‘बिनाभी’ ‘बिनाभी’ भनेर कराइरहेझैं अहिले ऊ कराइरहेको पनि छैन । त्यो भीडको कोलाहल पनि अहिले उसको लागि एकान्त बनिरहेछ । ऊ चुपचाप छ र उसका गोडाहरु भने आतुरतापूर्वक छिट्छिटो ठेलागाडाको पाङ्ग्रासँगै अघिल्तिर धकेलिइरहेको छ ।

अझ भनौं भने उसका हातहरुले ठेलागाडालाई धकेल्दै छ र ठेलागाडाको पाङ्ग्राले उसका पाइतालाहरुलाई अघिल्तिर लतार्दै छ । उसका आँखाहरु अघिल्तिर सुकुम्बासी बस्ती छ । बुल्डोजर छ । उसकी सुत्केरी स्वास्नी छ । र, जाडोले लखेट्दै गरिरहेको उसका भन्ट्याङ्भुन्टुङ केटाकेटीहरु छन् ।


आँखा अघिल्तिर खेलिरहेको आफ्नो सुकुम्बासी बस्तीको एउटा सम्भावित र अत्यासलाग्दो कल्पनाले उसलाई घरीघरी लखेट्छ । क्षणभरमै दर्किहाल्ने मुसलधारे पानी बोकेको बादलजस्तो, अनुहारको उज्यालो हराएको छ उसको । बिजुलीजस्तै प्रश्नहरु उसको मस्तिष्कबाट चम्किन्छन् र हराउँछन् ।

आखिर सुकुम्बासी बस्तीहरु पनि धेरै पो छन् । कहाँको बस्ती परे होलान् रु कतै बुल्डोजरका निर्मम चक्काहरुले उसकै बस्तीहरु त भत्किरहेका छैनन् रु उसकै घर त परिरहेको छैन रु


कठै ! आशङ्कैआशङ्काले जेलिएका उसका जवाफ खोज्ने सबै प्रयत्नहरु यतिखेर असफल बनिदिन्छन् । सम्झँदा मात्रै पनि उसको जिउ जिरिङ्ग भएर फुल्छ । हुँदो हो त ठेलागाडीलाई त्यतै कतै गल्लीको एउटा खाली कुनातिर धेकेलर यतिखेर ऊ आफ्नो बस्ती पुगिसक्दो हो ।

तर अहिले ऊ त्यसो गर्न पनि सक्दैन । अहिले यही ठेलागाडीमा राखेको त्यो सामान पनि उसलाई भारी भएर थिचिरहेझै भएको छ । छाडेर हिँड्न मिल्दैन ।


धनेलाई थाहा छ– उसको छाप्रोमा स्वास्नी सुत्केरी भएर थलिएकी केही दिन भएको छ । भोकले छटपटाइरहेका केटाकेटीहरु उसैलाई पर्खिरहेका छन् । लोग्ने हुनुको दायित्व र बाउ हुनुको कर्तब्य छ उसको सामु ।

आखिर यही ठेलागाडा नै त उसको जहान पाल्ने औजार हो । यही ठेलागाडाको गति छ । र, त उसको परिवारको गति चलेको छ । जीवनको निर्वाह चलेको छ । छाक चलेको छ । त्यही छाक जुराउने भाँडोलाई मिल्काएर कता हिँड्ने रु धनेको मन अनियन्त्रित छ ।


मन किन थामिन्थ्यो र ! मन तुलबुलिन्छ । मन अस्थीर भएर खेल्छ । उसले फेरि बुल्डोजर सम्झ्यो । सुत्केरी स्वास्नी सम्झ्यो । छोराछोरी सम्झ्यो । परिवारप्रतिको जिम्मेवारी सम्झ्यो । र, आफैलाई फेरि सबैभन्दा बढी निरीह सम्झ्यो ।


ठमेलमा पुगेर सामानलाई उसले झटपट भुइँमा बिसायो । ठेलागाडालाई बतोडले विष्णुमतिको किनारतिर ओराल्यो र एउटा ब्यग्र मनले ऊ सुकुम्बासी बस्तीतिर हानियो । अफसोच १ बस्ती नजिकै पुगेका उसका गोडाहरु एकाएक धर्मराए र लुला भए ।

उसका पाइलाहरु रोकिए । उसका आँखाहरु तिर्मिराए । उसले देख्यो, एउटा बडेमानको हात्तीसुँडे बुल्डोजर विष्णुमति किनारमा रहेको पुरै सुकुम्बासी बस्तीमाथि कर्कश ध्वनिहरु फ्याँक्दै एउटा उन्मत्त साँढेलेझैं बस्तीलाई उधिनिरहेको थियो ।

वरिपरि बर्दीधारी प्रहरीको भीडले बस्तीलाई घेरा हालेर बुल्डोजरलाई सुरक्षा दिइरहेका थिए । एउटा आक्रोश र उत्तेजनाले सुकुम्बासी बस्तीको भीडले प्रहरीको घेरालाई धकेल्दै अघि बढ्न खोज्दै थियो । र प्रहरीहरु उनीहरुमाथि लाठी प्रहार गरिरहेका थिए ।


धनेले एकचोटि ती दृश्यहरुलाई विश्वासै गर्न सकेन । पुरै युद्धरत् थियो सुकुम्बासी बस्ती । पुरै हृदयविदारक र मुटु चुड्ने खालको थियो सुकुम्बासी बस्तीभित्र भत्काइएका ती झुप्राहरुको दृश्य । ओहो, आफ्नै नागरिकमाथि सरकारी मान्छेहरुको त्यो हिँस्रक आक्रमण । कति अमानवीय ।

यस्ता दृश्यहरु त उसले टिभीका समाचारहरुमा मात्र देखेका थिए विदेशका, लडाईले ध्वस्त । तर आज आफ्नै देशमा आफ्नै सरकारले आफूहरुमाथि यसरी पिट्दै लखेटिरहेको दृश्यले ऊ भक्कानियो । वर्षौवर्षदेखि आफ्नो रगत र पसिनाले अलिअलि गर्दै साँचेर बनाएका ती सुकुम्बासी झुप्राहरु यसरी कल्पनै नगरीकन भत्कन सक्छ र सपनाहरु क्षणभरमै यसरी टुट्न सक्छ भनेर उसले कहिल्यै सोचेन ।


साँझको धमिलो छायाँ विष्णुमति किनारको सुकुम्बासी बस्तीमाथि पोखियो । बस्तीमा उठेको आर्तनादलाई कुल्चदैं सरकारी बुल्डोजरका घर्रर्रर ध्वनिले अझै पनि वातावरणमा कोलाहल गरिरहेको थियो । धनेले प्रतिक्रियाविहीन मुद्रामा परै उभिएर त्यो उजाड बन्दै गइरहेको बस्तीलाई हेरिरह्यो ।


हठात् बुधेलाई सम्झना आयो आफ्नी सुत्केरी स्वास्नी र केटाकेटीहरुको । एउटा ऐठनबाट मुक्त हुन खोजिरहेझै ऊ जोडले चिच्यायो । र, जोडले उसको एउटा मुठ्ठी हावामा उचालिएर माथि आकाशतिर उठ्यो ।


‘यो जनतामारा सरकार चाहिँदैन ।’ उसको मुखबाट निस्किरहेको थियो । 


साहित्य संसारबाट साभार