धरान / धरानस्थित  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने, आफ्नै ट्रमासेन्टर निर्माण गर्नेदेखि सरुवा अस्पताल निर्माणलगायतको विषयमा महत्वपूर्ण निर्णय गदैं ४४ औं सिनेट बैठक आज दिउँसो सम्पन्न भएको छ ।

काठमाण्डौंमा प्रतिष्ठानका सहकुलपति तथा सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रस्ताव पास भएको छ । विश्वविद्यालय रुपान्तरणका प्रतिष्ठानलाई थप विकास र विस्तार, विशिष्टीकृत पूर्ण विश्वविद्यालयमा रुपान्तरणका लागि योजना र नियम तर्जुमा गर्न कार्यदल बनाइएको हो । उपकुलपतिको संयोजकत्वमा छुट्टै कार्यदल बनाइएको हाे । कार्यदलमा प्राडा उपेन्द्र कोइरला, प्राडा मोहनचन्द्र रेग्मी, प्राडा मधुर भट्टराई, प्राडा बालकृष्ण भट्टराई, धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारीलाई जिम्मेवारी दिइएको छ । अन्य तीन जना सदस्य थप्ने गरि कार्यदल बनाइएको हो ।

यस्तै बैठकले प्रतिष्ठानको नियमावली मस्यौदा समितिसमेत गठन गरेको छ । समितिको संयोजकमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा. गुरुप्रसाद खनाललाई संयोजक तोकिएको छ । समितिले प्रतिष्ठानको शैक्षिक,कर्मचारी, आर्थिकलगायतका नियमावाली बनाउने छ ।
यस्तै बैठकले र्आर्थिक बर्ष २०७७/२०७८ का लागि २ अर्व ९८ करोड ६७ लाखको बजेटसमेत पेस भएको प्रतिष्ठानका रजिष्टार प्राडा मोहनचन्द्र रेग्मीले जानकारी दिए ।
प्रतिष्ठानको जग्ग्गालाई उपभोग गर्न सार्वजनिक साझेदारी नीति बनाएर उपभोग गर्नका लागि छुट्टै कार्यदल बनाउनका लागि कार्यकारिणी समितिलाई जिम्मेवारी दिएको छ । सेवा विस्तारका लागि अधययन कार्यदलसमेत बनाएको छ । प्रतिष्ठानको धरान, मोरङ र काठमाडौमा जग्गा रहेको छ । केही दिन अघि नीजि व्यापारीलाई जग्गा दिने निर्णय गर्न लागेको भनेर अफवाह फैलाएको भए पनि त्यस्तो कुनै निर्णय नभएको उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले जानकारी दिए ।

बैठकले प्रतिष्ठानहाता भित्र ट्रमा सेन्टर र मानपव अंग प्रत्यारोपणको अस्पताल निर्माण गर्ने समेत निर्णय गरेको छ । बर्तमान समयमा धेरै मानिस सर्ने रोग भन्दा नसर्ने रोग, मृगौला फेल हुने, मुटुको भल्भ फेर्नु पर्ने, फोक्सो र कलेजोको समस्याबाट ग्रसित हुने, दुर्घटना तथा अन्य कारणबाट मस्तिष्क मृत्यु भई अकालमै ज्यान गुमाउने विरामीहरुको संख्या अत्यधिक बृद्धि भईरहेकाले अव यस्ता समस्या समाधान प्रतिष्ठानबाटै हुने गरि मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गर्न लागिएको हो ।  मानिसहरुमा अंग दान सम्बन्धी बढ्दो चेतनालाई मध्यनजर गर्दै मोफसलबाट सर्वसुलभ ढङ्गले आम सर्वसाधारणहरुलाई मानव अंग प्रत्यारोपण सेवा प्रदान गर्ने उद्देश्य रहेको उपकुलपति गिरीलेबताए ।
यस्तै स्वास्थ्यमन्त्री ढकालको विशेष प्रस्तावमामा मोरङको सुन्दरहरैचामा छुट्टै सरुवारोग अस्पताल निर्माण गर्नेसमेत निर्णय भएको उपकुलपतिका सल्लाहाकार दिलिप भ्टराईले जानकारी दिए ।
बैठकले पुनरावेदन आयोगको रिक्त पदमा प्रदेश १का प्रदेशसभा सदस्य राजकुमार ओझा र प्राडा दिव्यसिंह साहलाई सिफारिस गरेको छ ।

बैठकले प्रतिष्ठानको स्वामित्वमा रहेका चल तथा अचल सम्पतिको उपभोगिय नीति सम्बन्धी प्रस्ताव पनि पारित गरेको छ । प्रतिष्ठानको आर्थिक विकास र समृद्वीमा योगदान पु¥याउन, सार्वजनिक निजी साझेदारीमा निर्माण हुने परियोजनाहरूलाई व्यवस्थित गर्न तथा लगानी सम्बन्धी कानुनी व्यवस्थालाई स्पष्ट गर्न उपकुलपतिको संयोकत्वमा कार्यदल बनाइएको छ । प्रतिष्ठानको मोरङ, सुनसरी रकाठमाडौमा प्रसस्त जग्गारहेको छ ,उक्त जग्गालाई उपयोग गर्न निीति तय गर्न कार्यदल बनाइएको हो ।

सहकुलपति भानुभक्त ढकालको अध्यक्षतामा भएको बैठकमा स्वागत उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले गरेका थिए । बैठकमा शैक्षिक प्रतिवेदन रेक्टर प्राडा गुरु खनालले, आर्थिक प्रतिवेदन रजिष्टार प्राडा मोहनचन्द्र रेग्मी र अस्पताल प्रशासनिक प्रतिवेदन असपताल निर्देशक प्राडा गौरीशंकर साहले प्रस्तुत गरेका थिए ।

बाहिर अफवाह फैलाए जस्तो कुनै निर्णय नभएको र प्रतिष्ठानको हितका लागि महत्वपूर्ण निर्णय भएको उपकुलपति प्राडा गिरीले जानकारी दिए । सिनेट बैठकमा प्रतिष्ठानको जग्गा व्यापारीलाई भाडामा दिन लागेको र सुन्दर हरैचाको जग्गामा मदन भण्डारीको नाममा ट्रमा सेन्टर बनाउन लागेको भन्दै विरोध थियो । बैठक स्थगित गर्न धरानका मेयर तिलक राईसहित कांग्रेसको भातृ संगठनहरुले आन्दोलन नै गरेका थिए ।