धरान (ब्लाष्ट) दोस्रो संस्करणको नव प्रतिभा पुरुष फुटबल प्रतियोगिताको उपाधि बेलबारीको जुरा फुटबल क्लबले उचालेको छ । उपाधिसँगै उसले नगद ५० हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

जुराले प्रतिस्पर्धी टिम कानेपोखरी फुटबल क्लबलाई सडन डेथमा ७-६ गोल अन्तर गोलले हराउँदै उपाधि जितेको हो । उपविजेतामा चित्त बुझाएको कानेपोखरीले नगद ३० हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

दुवै टिमबाट १-१ को बराबरी गोल भएपछि खेल सिधैँ टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ५-५ गोल भएपछि सडन डेथमा ७-६ गोलले हराएको छ ।

खेलमा जुरा फुटबल क्लबका खेलाडीले गोल गरे भने कानेपोखरी फुटबल क्लबका गोल गरे । खेलमा जुराका सन्जय श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता लिए तर केही मिनेट नबित्दै मिक्सन दासले गोल गर्दै बराबरी गोल फर्काए ।

खेलमा विधागत ट्रफीतर्फ सर्वाधिक गोलकर्ता कानेपोखरीका मिक्सन दास घोषित भए । उनले खेल अवधिभर ७ गोल गरे । यस्तै सर्बोत्कृष्ठ खेलाडी जुराका विल्सन गिरी बने । खेलको म्यान अफ दी म्याच जुराका अजय श्रेष्ठ  भए । यस्तै उत्कृष्ट गोलरक्षक जुराका सन्तोष महत  बने । वेस्ट मिल्डफिलडर कानेपोखरीका प्रशान्त प्रधान बनेका छन् । 

खेलको उदयीमान खेलाडी जुराका सन्देस दास बने । विधागत सबै खेलाडीलाई नगद १ हजार ५० रुपैयाँसहित ट्रफी पाए ।

नव प्रतिभा युवा क्लबको आयोजनामा सम्पन्न खेलको उद्घाटन कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले गरेका थिए । उनले नेपाली फुटबललाई विकासमा गाउँ गाउँले भूमिका खेलेको बताए । उनले ग्रासरुट खेललाई अगाडि बढाउन आफूले भूमिका खेल्ने बताए ।

विजेता टिमहरूलाई प्रमुख अतिथि कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई, नव प्रतिभा युवा क्लबका अध्यक्ष जयराज लिम्बू, कानेपोखरी गापाका ३ नम्बर वडाध्यक्ष गोपालबहादुर कार्की,  क्लबका सल्लाहकार गणेश मादेन, क्लबमा सचिव सुमन थोक्लेनलगायतले पुरस्कार वितरण गरे ।