श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४६ वि.सं. २०८२ साल कात्तिक १२ गते बुधबार, २९ अक्टोबर २०२५,सिद्धार्थीनाम संवत्सर। कार्तिक शुक्लपक्षको अष्टमी तिथि ०४ः५० बजेसम्म, उप्रान्त नवमी, नक्षत्र उत्तराषाढा १३ः४४ बजे सम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि मकर, सूर्योदय ०६ः१३ बजे र सूर्यास्त ०५ः२० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कुनै कामले केही खर्च गर्नुपर्ला । क्रमशः सबै कुराहरू मिल्दै जानेछन् । व्यक्तिगत कामकाज सम्पन्न हुनसक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मित्रवर्गसित रमाइलो भेट हुनसक्छ । आफूले सबैलाई समय दिन पाउँदा मन हर्षित रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सम्भवतः सबै कुराहरू मिल्दै जानेछन् । काम गर्दा विचार गर्नुपर्ने अवस्था छ । संयमित रहनु उचित होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मन खुसी बन्दा सबै कुरा पनि सहज लाग्नेछ । कुनै कुरामा पनि बढी चिन्ता नलिनु राम्रो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय आफू अनुकूल बन्दै जाँदा धेरै सहज हुनेछ । जुनै काम गर्न पनि मन तत्पर रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कसैलाई तपाईंको सहयोगको आवश्यकता पर्ला । परिस्थिति विचारेर चल्नुपर्ने अवस्था छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शारीरिक अवस्था विचार गरी खानपानमा ध्यान दिनुपर्ला । जिम्मेवारीपूर्वक काम गर्दा सजग रहनुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुनेकै भरमा विश्वास नगर्नु उपयुक्त हुनेछ । सम्बन्धित व्यक्तिसित कुरा नगरी कुनै निष्कर्षमा नपुग्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कुनै कामले बाहिर कतै निस्किनुपर्ने हुनसक्छ । समयावस्था विचार गरी काममा लाग्नु पर्ने हुनसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामको पूर्णताले मन ढुक्क हुनेछ । कुनै खास काममा सहभागिता जनाइनेछ । प्रतिस्पर्धीहरू आफै तर्किन थाल्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सवारी साधन खरिदबिक्री गर्ने योग बनेको छ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समाजिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेमसम्बन्धमा सफलता मिल्नेछ । वैदेशिक कामको थालनी अघि बढ्नेछ ।






























